इन्टरनेट प्रयोग गर्दा डाटा चोरीने डर, यसरी हुन सकिन्छ सुरक्षित


Tuesday, 9 Feb, 2021 3:30 PM
काठमाडौं । इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना मानिसको दैनिकीमा नै प्रभाव पार्न थालेको छ । आजको समयमा इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । विश्वमा साइबर सुरक्षालाई लिएर विभिन्न नीति बनाइएका छन् । हामीले प्रयोग गर्ने मोबाइल तथा ग्याजेटबाट डाटा चोरी हुने सम्भावना हुन्छ । यस्ता चुनौतीलाई हामीले सामना भने गर्न सकिन्छ । तपाईं अनलाइन आउँदा, मोबाइल प्रयोग गर्दा, तस्वीरहरु खिच्दा, कुनै चीज सर्च गर्दा पनि डाटा चोरी भइरहेको हुनसक्छ । त्यसैले गुगल या अन्य ब्राउजरमा केही खोजी गर्दै हुनुहुन्छ भने सुरक्षित रहन पनि सकिन्छ । डाटा चोरी हुन नदिनबाट कसरी जोगिने ?ब्राउजिङ गर्दा इंकोग्निटो मोड प्रयोग गर्ने हरेक ब्राउजरमा इंकोग्निटो मोड हुन्छ । कुनै ब्राउजरमा प्राइभेट मोड भनेर नाम दिइएको हुन्छ । इन्टरनेटमा कुनै चीज खोजी गर्दा इंकोग्निेटो या प्राइभेट ब्राउजर प्रयोग गर्दा डाटा चोरी हुने सम्भावना कम हुन्छ ।
पप–अपबाट डाटा चोरिने डर
हामीले कुनै साइट खोल्दा या मोबाइलमा ब्राउज गर्दा पप–अप एडहरु देखिन्छन् । ती एडहरुमा आकर्षक कुरा लेखिएका हुन्छन् । कुनैले रकम जितेको भन्दै लोभ्याउँछन् । यस्ता पप–अप स्क्रिनमा आइरहन्छन् । त्यसैले यस्ता ट्याबहरु तत्काल बन्द गर्नुपर्छ । यसले सिस्टम नै स्लो गर्ने कार्य पनि गर्छन् । 
हरेक साइटका लागि फरक फरक पासवर्ड राख्ने 
हामीमध्ये धेरैको बानी भुल्न सकिन्छ भनेर हरेक साइटमा एउटै पासवर्ड राख्ने गरिन्छ । यदि कुनै तरिकाले एक ठाउँको पासवर्ड राखियो भने अर्को साइटको पासवर्ड पनि गेस गरेरै अरुले प्रयोग गरिदिन सक्छन् । त्यसैले पासवर्ड राख्दा फरक फरक पासवर्ड राख्ने गर्दा इन्टरनेट ह्याकिङमा सहज हुन्छ ।
लोकसन शेयर नगर्ने 
स्मार्टफोनमा हामीले आफ्नो लोकेशन शेयर गरिरहेका हुन्छौं । यसो गर्दा कसैले कुनै एपका माध्यमबाट हामीलाई पछ्याइरहन पनि सक्छन् । एप प्रयोग गर्दा जरुरीबाहेक अरु प्रयोजनका लागि लोकेशन शेयर नगर्नुस् । शेयर नगर्न मोबाइलको सेटिङ ट्याबमा गएर लोकेशनलाई डिसेबल गर्न सकिन्छ ।बेवसाइटमा आफ्नो डेबिट र क्रेडिट कार्ड शेयर नगर्ने कुनै अनलाइन साइटमा शपिङ गरेपछि आफ्नो क्रेडिट या डेबिट कार्डको जानकारी दिनुपर्ने हुन्छ । तर, यही मौका पारेर कतिपय साइटहरुले डेबिट–क्रेडिट कार्डको जानकारी मागिरहेका हुन्छन् । यसरी डाटा दिँदा आफ्नो कार्डमा भएको रकम चोरी हुने प्रबल सम्भावना हुन्छ । त्यसैले विश्वसनीय नलागेका साइट या सामाजिक सञ्जालमा आफ्नो डेबिट या क्रेडिट कार्ड कहिल्यै शेयर नगरौं । 
विज्ञापनमा देखिएका जथाभावी लिंक नखोल्ने
इन्टरनेटको प्रयोग गर्दा हामीले विभिन्न विज्ञापनहरु देख्ने गर्छौं । ती विज्ञापनका माध्यमबाट कसैले सामाजिक सञ्जालको पासवर्ड पनि मागेका हुन्छन् भने कसैले अनेक अफरको बहानामा डाटा चोरी गर्ने गर्छन् । त्यसैले आफूले विश्वास गरेका लिंकहरु मात्र खोल्ने अरुलाई हटाउने गर्नुपर्छ ।
शंका लागेमा ब्लक गर्ने
यदि तपाईंलाई कसैले सामाजिक सञ्जालमार्फत अनेक बहाना बनाएर पासवर्ड, बैंक खाता माग्ने गरेको छ भने त्यस्तालाई ब्लक गरिदिनुस् । कसैले सामाजिक सञ्जालका माध्यमबाट लिंक पठाएर पनि तपाईंको डाटा चोरी गर्न सक्छ । त्यसैले आफूले विश्वास गर्ने बाहेक अरु लिंक खोल्दा या उनीहरुका कुरा पत्याउँदा ख्याल गर्ने गर्नुस् ।


global ime

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ ।
अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको 

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

अमेरिकाले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै अन्यथा ‘उचित कदम’ चाल्ने चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारकी नेत्री आङ सान सुचीसहित अन्य नेतालाई गिरफ्तार गरेर देशको शासन हातमा लिएकामा त्यहाँका सेनाविरुद्ध गम्भीर आपत्ति प्रकट गरेका हुन्। बीबीसीका अनुसार बाइडेनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् र अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन्। यसैबीच म्यानमारमा भएको 

ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top