काठमाण्डौं ४ का निर्वमान कांग्रेस सभापतिले के लेखर पठाए इमेलमा


Sunday, 14 Feb, 2016 10:50 AM

नेपाली काँग्रेसको महाधिवेशनका क्रममा देशैभरीका संसदीय चुनाव क्षेत्रमा काँग्रेसको क्षेत्रीय समितिको चुनाव भयो। महाधिवेशनमा हुने पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धाका क्रममा काठमाडौं ४मा पनि दुई पक्षबीच चुनाव भयो। एक पक्षबाट मैले उमेद्वारी दिए। मेरो तर्फबाट टीममा केहि साथीहरु प्रत्यासी थिए।
अर्को टीमको तर्फबाट यसअघीको १२औं महाधिवेशनमा मसँग नै पराजीत उमेद्वार राजु श्रेष्ठ मैदानमा थिए। १३ औं महाधिवेशनका लागि दुई टीम तल वडास्तरदेखि नै चुनावी प्रतिष्पर्धामा थियो। त्यसै अनुसार हामीहरु निर्वाचित हुदै क्षेत्रीय अधिवेशनसम्म आइपुगेका थियौ। क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा पार्टीका स्थानिय नेताहरुको पार्टीका केन्द्रीय नेताहरुसँगको उठबसका आधारमा नाम जोडेर उनीहरुलाई यो पक्ष वा त्यो पक्ष भनेर जोड्ने प्रचलन छ। यो प्रचलनको विरोध गर्दा गर्दै पनि हामीहरुलाई स्वतन्त्र रुपमा काम गर्न नदिने गरि एउटा न एउटा नामको पगरी गुथाइदिने प्रचलन छ।
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सासंद गगन थापा पनि यहि काठमाडौं ४बाटै प्रतिनिधित्व गर्नुहुन्छ। संयोगले मेरै कार्यकालमा नेता थापालाई यस निर्वाचन क्षेत्रबाट सबैभन्दा धेरै मत अन्तरमा जिताएर संसद पुर्‍याउन हामी सफल भयौ मेरो नेतृत्व चयन हुने बेलामा नेता थापाले गर्नुभएको योगदान अहिले पनि स्मरणीय छ। मैले पनि संसदीय चुनावमा जे जती सहयोग गर्न सक्थे गरे। स्थानिय पार्टी पङतिलाई जति सक्थे परिचालित गरे।
 
संसदीय वा अन्य चुनावमा झै नभएपनि पार्टीको आन्तरिक चुनाव नै सहि यहाँ पनि चुनाव अत्यन्तै लागेको थियो। चुनावको परिणाम सार्वजनिक भएपछिका हर्कतहरुलाई हेर्ने हो भने जीतको उन्माद साथीहरुमा धेरै नै देखिएको छ। चुनाव एकजनासँग लडिएको छ तर प्रचार अर्कै भएको छ। चुनाव मसँग लडिएको छ अनि सोहि क्षेत्रबाट निर्वाचित सांसद एवं केन्द्रीय सदस्य थापालाई हराए भनेर प्रचार गराइन्छ। प्रचार गर्नेले पनि के प्रचार गरेका हुन्। काँग्रेसको विधान पढ्नुपनि छैन। निर्वाचित केन्द्रीय सदस्यले स्थानिय तथा क्षेत्रीय चुनावमा भाग लिनु पर्दैन र उनीहरु स्वत महाधिवेशन प्रतिनिधी हुन्छन भनेर हेक्का नराख्दा उनीहरुले नियोजित रुपमा गराइएको हल्लाको हल्कारा मात्र बनेका छन्। हाम्रा सांसद थापा आफ्नै निर्वाचन क्षेत्रबाटै पार्टी अधिवेशनमा पराजित भए भन्ने हल्ला गराइयो। जुन कुरा सत्य हैन त्यो कुरा हल्ला गराएर कस्लाई फाइदा र कस्लाई घाटा लगाउने प्रपञ्च रचिएको हो यो घटनाबाट धेरै कुरा उजागर भएको छ।
 
जस्ले तटस्थता नदेखिने डरले पार्टीको क्षेत्र नम्वर ४को चुनावमा मत हालेनन्। जस्ले सक्रियतापूर्वक नलागी निरपेक्ष भएर क्षेत्रीय सम्मेलन पुरा गराउन सहयोगी बने। उनै नेता गगन थापालाई आफ्नै क्षेत्रमा चुनाव हार्‍यो भनेर प्रचार गराइएछ। हामीलाई सो कुरा सुनेर अत्यन्तै दुःख लाग्यो। तर बिषयलाई नैतिकताको जामा लगाइदिएर सिर्जित दवाव मार्फत गगनजीलाई रक्षात्मक बनाउने योजना यसअघी झै सफल हुदैन भन्नेमा हामी चाहिं ढुक्क छौ।
 
मानौ गगनजी आफै चुनाव लडेको झै बनाएर प्रतिष्पर्धी साथीहरुले चुनावको बारेमा अभियान शुरु गरेका थिए। तर न गगनजी मेरो तर्फबाट चुनाव लड्नुभएको थियो। न मैले मसँग उठेका प्रतिष्पर्धी राजु श्रेष्ठलाई अर्कै काँग्रेसका नेताको छायाँको रुपमा बुझ्नु उपयुक्त हुन्थ्यो। मसँग उठ्नुभएका राजुजी शेर बहादुर देउवा र प्रकाशमानसिंहसँग जोडिएको बारेमा राजनीतिक क्षेत्रका अधिकांशलाई थाहा छ। यसको अर्थ मसँग चुनाव लड्न आएका साथीको केन्द्रीय जो नेतासँग नजिकको सम्वन्ध छ उसैसँग मेरो सोझो प्रतिष्पर्धा भयो भनेर भन्न मिल्छरु मेरो सन्दर्भमा यस्तै भयो। चुनावमा मैले मेरो प्यानलको लागि मत मागे। क्षेत्रको नेताको हैसियतमा त्यस क्षेत्रको रणनीति बनाउन पनि लागे। सासंद गगन थापालाई पनि सहयोग गर्नुपर्ने कर्तव्य पनि छदै थियो। मैले आफू उमेद्वार भएपछि साथीहरुलाई समन्वय गर्दै गएको थिए। सासंद थापालाई पनि मैले सहयोगका लागि भने। उहाँले मेरो नैतिक समर्थन रहेको बताउनुभयो। क्षेत्रबाट उमेद्वार भएको जो भएपनि मेरा लागि बराबर भन्नभयो। मत हाल्न आउनुभएन।
 
तर संयोग यस्तो भयोकी अघिल्लोपटक मैले नै हराएको उमेद्वारले मलाई नै ४ मतले हराए। म संस्थापन पक्षको उमेद्वार भए। राजुजी देउवा पक्षबाट उमेद्वार भए। संस्थापन पक्षबाट अर्का एक जना साथी पनि उमेद्वार भए। हामीहरु दुई जना उमेद्वार भयौ। उनले पनि ८ मत ल्याए। हाम्रो मत बाँडियो। मैले ५० मत ल्याए। राजुजीले ५४ मत ल्याएर सभापति जिते। कार्यसमितिमा क्षेत्रीय अध्यक्ष बाहेक सबै पदमा मैले भने अनुसार नै आयो। महाधिवेशन प्रतिनिधीमा क्षेत्रीय सभापति सहित १२ जनामा हाम्रो पक्षका ८ जना आए। मैले भनेका सबै आए। मैले मत मागेका सबैले जीते। तर मैले मात्र झीनो मतले हारे। तर यत्रो ठूलो हल्ला गरिएछकी मैले चुनाव हारेको बिषयलाई गगनजीसँग जोडेर दुष्प्रचार गरिएछ। जुन कुराको केहि सत्यता थिएन त्यहि कुरालाई मिथ्या प्रचार गरियो।
 
साथीहरुले किन त्यस्तो गरेका हुन उनै जानुन। मैले के मात्र जान्दछु भने पार्टीको क्षेत्र नम्वर ४को चुनावमा जसरी मेरो प्रतिष्पर्धा शेर बहादुर देउवासँग थिएन त्यसैगरि जित्ने राजुजीको प्रतिष्पर्धा गगन थापासँग थिएन। मसँग लड्न आउने राजुजीको प्रतिष्पर्धा मैसँग थियो। गगनजीसँग जोड्नु भनेको आफ्नो उचाइ बढाउन खोज्नुमात्र हो। बरु म उहाँको जीतलाई अंगिकार गर्दै उहाँलाई सफल बनाउन लागिपर्छु। उहाँले पनि जीतको अहंकार नदेखाइ काम गर्न सक्नुभयो भने आगामी दिनमा पार्टीलाई नै हामीहरु मिलेर फाइदा पुर्‍याउन सक्छौ। स्थानिय निकायको चुनाव अब सम्मुखमा छ। अबको हाम्रो ध्यान त्यसतर्फ हुनुपर्छ। गुटगत राजनीति नगरि निष्पक्ष रुपमा जानुपर्छ भनेर मैले नवनिर्वाचित क्षेत्रीय सभापतिलाई भन्ने यहि नै हो। मेरो अनुभवलाई स्थानिय निकायको काममा लगाएर पार्टीलाई फाइदा पुर्‍याउने गरि लाग्न चाहन्छु।
न्हुच्छेनारायण श्रेष्ठ
निवर्तमान सभापति,काठमाडौं क्षेत्र नम्वर ४


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top