mega
global ime bank

मिरुनाले माफी माग्नुपर्ने भन्दै लामा समुदायद्वारा विरोध प्रदर्शन, च्याते फिल्म पोस्टर


Tuesday, 31 May, 2022 12:14 PM

१७ जेठ, काठमाडौं ।‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।