norvic
global ime bank

कडकनाथ पालेर मनग्य आम्दानी


Thursday, 14 Oct, 2021 9:59 AM
२८ असोज, बनेपा ।  व्यावसायिकरूपले कडकनाथ (कालो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उहाँको दिन बित्दै आएको छ ।

विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट  हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला रु २०० का दरले बिक्री हुँदै आएको छ । “यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ ।  अब जिल्लाभर कडकनाथलाई विस्तार  गर्ने योजनामा छु ।” उहाँले भन्नुभयो, “पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र  अब बृहत्रुपमा गर्दैछु ।” यसअघि बजारमा चल्ला बिक्री भइसकेको,  मासुका लागि बजारमा रु तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उहाँले प्रतिगोटा रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ । व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि  कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताउनुभयो ।

अमर भूमण्डली बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जिल्लामा नै पहिलो पटक व्यावसायिक कडकनाथ पाल्न सुरु गर्नुभएका उहाँले मासु र अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताउनुभयो । फार्ममा अहिले ६०० मलेसियन कडकनाथ जातको कालो कुखुराका साथै ब्रोइलर कुखुरा, बाख्रा र गाईसमेत पालिएको छ । अहिले फार्ममा ५०० कुखुरा  छ । आठ महिना अगाडि चितवनबाट चल्ला ल्याएर पाल्न थालिएकामा  अहिले अण्डा उत्पादन गरी त्यसबाट चल्ला निकालेर बिक्री गर्ने तयारीमा रहेको व्यवसयी विष्टको भनाइ थियोे ।

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहनुभएका उहाँ पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आउनुभएको छ  । “पार्टीले कुनै पनि मान्छे उत्पादनसँग जोडिएन भने त्यसको राजनीतिक भविष्य छैन भनेर भनिसकेको अवस्थामा अब आफू मात्रै नभई सबै नेता तथा कार्यकर्ता कुनै न कुनै व्यवसायमा आबद्ध हुनैपर्ने अवस्था सिर्जना हुने नै छ, त्यसैले म त पहिलादेखि नै गर्दै आएको कामलाई थप व्यवस्थित पार्दै व्यावसायिक रुपमा नै अगाडि बढिरहेको छु। ” उहाँले भन्नुभयो ।

आफैँ रेखदेखका लागि खटिनुभएका  विष्टले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । कृषि व्यवसायसँगै घरजग्गा कारोबारसँग आबद्ध भएर त्रिमूर्ति डेभेलपर्ससमेत सञ्चालन गर्दै आउनुभएका उहाँले भन्नुभयो, “किसानको छोरालाई करोडौँ रुपैयाँ हिसाब गर्दाको आनन्दभन्दा गाईलाई घाँस हाल्दाखेरीको आनन्द छुट्टै हुन्छ ।” त्यससँगै विष्टले गिरिराज कुखुरा २००, लोकल कुखुरा ५०÷६०, चार गाई र दश बाख्रा  पनि पाल्दै  आउनुभएको छ । चरापालन व्यवसायलाई अगाडि बढाउन ‘वर्ड पार्क’ निर्माण गर्नाका साथै रिसोर्टसमेत सञ्चालन गरेर पर्यापर्यटनको रुपमा विकास गर्दै अगाडि बढ्ने योजनाका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

राजनीतिक व्यक्ति समाजसेवामा राम्रो नभईकन जनताका बीचमा जानाको कुनै अर्थ नरहने भएकाले जोसुकै राजनीतिक व्यक्तिले कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्ने व्यवसायी विष्टको तर्क छ । जस्को कुनै पेसा वा व्यवसाय छैन, त्यस्तो व्यक्ति नेता बनेपछि जनताले पनि राम्रो नजरले नहेर्ने उहाँको भनाइ छ ।कोरोना महामारीको समयमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गुर्जो वितरण गरेर देशैँभरि परिचित हुनुभएका विष्ट पछिल्लो समयमा कडकनाथ कुखुरापालन व्यवसायमा लाग्नुभएकोे हो । –पेमा लामा,रासस


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top