‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे


Tuesday, 22 Sep, 2020 12:13 PM
६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

​एकता प्रक्रिया सुरू भएको ६ महिनापछि टुङ्गो लागेको चुनाव चिन्हमा पार्टीका तीन अध्यक्षमध्येका एक कमल थापा भने सन्तुष्ट नभएको देखिएको छ। मंगलबार बिहान पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएको भन्दै ट्विट गरेका उनले सोमबार गरेका दुई ट्विटले ‘हलो’मा जुटाइएको सहमति उनका लागि पिडादायक भएको देखाउँछ।

असन्तुष्टि पोख्ने क्रममा उनले एक घण्टाको अन्तरमा दुई वटा ट्विट गरेका छन्।

‘समुहमा बसेपछि आफ्नो मात्र चाहना अनुसार काम गर्न सकिन्न। पाइला पाइलामा सम्झौता गर्नुपर्ने हुन्छ। सक्षम नेतृत्वले सम्झौता÷प्रतिकुलतालाई अवसरमा परिणतगर्दै सफलताको शिखर चुम्दछ। राप्रपाको एकिकरण सम्झौता हो। एकताको जगमा हिन्दुराष्ट्र÷राजसंस्थासहितको लोकतन्त्र स्थापनागर्ने अभियान जारी रहनेछ-, पहिलो ट्विटमा उनले भनेका छन्। यस्तै दोस्रो ट्विटमा ‘रगत पसिनाको धरातलमा गाँसिएको भावना र कायम गरिएको ‘चिनो’ तर्क र आधार विना केही व्यक्तिहरूको हठ तुष्टिकरण र प्रतिष्ठा राखिदिन परित्याग गर्नुपर्ने विवशताको पिडा स्वभावतः असहज हुन्छ’ भनेका छन्। दुबै ट्विटमा उनले गाई अंकित झण्डा समेत पोस्ट गरेका छन्। उनको दोश्रो ट्विटमा पार्टीका अर्का नेता मोहन श्रेष्ठले ‘रुन मिल्ने भएँ आज क्वाँ क्वाँ रुन्थें’ भनेर प्रतिक्रिया दिएका छन्।

उनको सो प्रतिक्रियामा के भयो भनेर राखिएको जिज्ञासामा नेता श्रेष्ठले ‘सन्दर्भः पार्टी एकता जोगाउन केही विषयमा सम्झौता गर्नुपरेको अवस्थामा मनमा उर्लिएको भावना।’ भनेका छन्।

 


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

प्रतिपक्षी कांग्रेसको निर्णयपछि सत्तारुढ नेकपाका सांसदले पनि दसैँ भत्ता एकमुष्ट फिर्ता गर्ने

३ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पनि दसैँ भत्ता नलिने भएका छन् । कोरोना महामारीका जनता उपचार र खान नपाएर बेहाल बनेका बेला सांसदहरुले भत्ता लिने निर्णयको व्यापक विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । 

कांग्रेसका ६३ सांसदले ४० लाख ३६ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता एकमुष्ठ फिर्ता गर्ने

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। सांसदहरुले भत्ता एकमुष्ट फिर्ता गर्ने भएका छन् । 

दसैं भत्ता फिर्ता गर्न आफ्ना सबै सांसदहरुलाई कांग्रेसको निर्देशन

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। ‘पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिइसक्नुभएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

अन्तर्राष्ट्रिय

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

आफ्नो राजीनामा माग्दै एक ठाउँ उभिने विपक्षीहरुलाई इमरानले भने– डाँकुहरुको एकता

२६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्। आफूविरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले भने ‘डाँकुहरूको एकता’को संज्ञा दिएका छन् । असोज ५ गते पाकिस्तानमा पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

१७ असोज, काठमाडौं ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको छ ।  शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top