​एन्फाद्वारा आफ्ना असन्तुष्ट पदाधिकारी बर्खास्त


Tuesday, 29 Sep, 2015 12:00 AM


१२  असोज, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फा मा एक वर्ष अघिदेखि असन्तुष्ट बन्दै आएका आफ्ना पदाधिकारीलाई बर्खास्त गरेको छ। एन्फा कार्यसमितिको सोमबार बसेको बैठकले असन्तुष्ट चार पदाधिकारीलाई आगामी साधारणसभासम्मका लागि बर्खास्त गर्ने निर्णय गरेको हो। एन्फाले साधारणसभाको मिति भने तय गरेको छैन। बर्खास्त गरिएका पदाधिकारीमा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्बाङ रहेका छन्।चार पदाधिकारीले लामो समयदेखि एन्फामा आर्थिक अनियमितताको छानबिन, सामूहिक नेतृत्व र फुटबललाई विकेन्द्रीकरण गरिनुपर्ने लगायतका माग राख्दै आएका थिए। असन्तुष्ट पदाधिकारीले एन्फामा चरम आर्थिक भ्रष्टाचार रहेको भन्दै छानबिनका लागि संसद्को सार्वजनिक लेखा समिति, सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विश्व फुटबल महासंघलगायतका निकायमा उजुरी पनि दिएका थिए।
अख्तियारले भने एन्फाविरुद्धको मुद्दा केही समयअघि तामेलीमा राखेको थियो।एन्फाको एक महिनाअघि बोलाइएको साधारणसभा नगर्न नगराउनका लागि पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश समेत दिएको थियो। साधारणसभा रोकिएपछि एन्फाले कार्यसमितिको बैठकबाट असन्तुष्ट पदाधिकारीलाई बर्खास्त गरेको हो। बैठकले वरिष्ठ उपाध्यक्षमा नरेन्द्र श्रेष्ठलाई मनोनयन गरेको छ। नरेन्द्र अघिल्लो कार्यसमितिको उपाध्यक्ष थिए। एन्फाका निर्वाचित उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको जेठ २९ गते मृत्यु भएपछि उक्त पद रिक्त थियो।
यसैगरी बैठकले अन्य उपाध्यक्षमा मणि कुँवर, वीरबहादुर खड्का र सन्तोष बानियाँलाई मनोनयन गरेको छ। मणि र वीरबहादुर यसअघि कार्यसमितिका सहमहासचिव थिए । सन्तोष एन्फाको पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष हुन्।
 
पदाधिकारीमा मनोनयन गरिएका कुनै पनि पदाधिकारी निर्वाचित भने होइनन्।सहायक महासचिवमा भने महावीर क्लबका अध्यक्ष दिवाकर घले र एन्फाका विकास निर्देशक सञ्जीव मि श्रलाई मनोनयन गरिएको छ। पूर्वाञ्चलको अध्यक्षमा जलकुमार गुरुङलाई मनोनयन गरिएको छ। जलकुमार झापा जिल्ला फुटबल संघका अध्यक्ष हुन्। बैठकले राष्ट्रिय टोलीको व्यवस्थापकमा सुनीलशमशेर राणा संयोजक, रमेश रायमाझी उपसंयोजक तथा दिवाकर घले, मधुसूदन उपाध्याय र विमला पौडेल सदस्य रहेको समिति बनाएको छ।असन्तुष्ट पदाधिकारीलाई पटकपटक स्पष्टीकरण दिन र चित्त नबुझेको विषय बैठकमा आएर छलफल गर्न समय दिँदासमेत अटेर गरेकाले विधानबमोजिम बर्खास्त गरिएको उपाध्यक्ष नरेन्द्रले बताए। उनले असन्तुष्टको बर्खास्ती आगामी साधारणसभासम्मका लागि भएकाले साधारणसभाले नै अनुमोदन गर्ने स्पष्ट पारे।दुई वर्षअघि भएको चुनावी साधारणसभापछि एन्फाको वार्षिका साधारण सभा हुन सकेको छैन। खेलाडी सम्मान कार्यक्रममा उपस्थित रहेका एन्फा अध्यक्ष गणेश थापा कार्यसमितिले गरेको निर्णय सञ्चारकर्मीलाई सुनाउने समयमा भने बाहिर बसेका थिए।
 
यसैगरी बैठकले एन्फा एकेडेमीलाई व्यवस्थित बनाउन सहकोषाध्यक्ष रवीन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण, पाकिस्तानमा गत वर्ष सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीलाई जनही ५० हजार रुपैयाँ र एएफसी यू(१४ छात्रा क्षेत्रीय ९साउथ एन्ड सेन्ट्रल० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय पनि गरेको छ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top