mega
global ime bank

१३ लाख बालबालिकालाई पुग्दैन कोरोना विरुद्धको खोप


Thursday, 13 Jan, 2022 11:48 AM

२९पुस, काठमाडौं।    यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशभरका ६० जिल्लाका बालबालिकाहरुलाई कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गरेकोे छ । ६० जिल्लाका सबै स्थानीय तहहरुले आफ्नो मातहतमा रहेका विद्यालयहरुसँग सहकार्य गरेर १२ वर्ष माथि र १८ वर्ष मुनीका बालबालिकाहरुलाई खोप दिइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका ५७ जिल्लाका बालबालिकाहरुलाई मोर्डना खोप लागाइरहेको छ भने काठमाडौँ उपत्यकाका तीन जिल्लाका बालबालिकाहरुलाई फाइजर खोप लगाउने काम भइरहेको छ । स्वास्थ्य मन्त्रालले ५७ जिल्लामा गत पुस ४ गतेबाट मोर्डना खोप दिन थालेको हो भने काठमाडौँ उपत्यकाका बालबालिकाहरुलाई पुस २७ गतेबाट खोप दिन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार फाइजर र मार्डना खोप लगाउने लक्षित बालबालिकाको संख्या करीब ३५ लाख रहेको छ । खोप लागाउने लक्षित बालबालिका संख्या करीब ३५ लाखको भएपनि स्वास्थ्य मन्त्रालयसँग सबै बालबालिकाहरुलाई एकैपटक दुवै डोज दिन सक्ने खोप छैन । मन्त्रालयसँग अहिले करीब ३६ लाख मोर्डना खोप रहेको छ भने ६ लाख ६४ हजार फाइजर खोप रहेको छ । यो हिसाबमा अहिले स्वास्थ्य मन्त्रालयले करीब १८ लाख बालबालिकालाई मोर्डनाको पूर्ण डोज र करिब ३ लाख बालबालिकालाई फाइजरको पूर्ण डोज खोप दिनसक्ने अवस्था रहेको छ ।

अन्य बालबालिकाको लागि माघ दोस्रो सातामा खोप आउँछः निर्देशक दाहाल

अहिले स्वास्थ्य मन्त्रालयसँग उपलब्ध खोपले करिब २२ लाख बालबालिकाई पूर्ण जोड खोप दिन सक्ने भए पनि बाँकी १३ लाख बालबालिकालाई भने केही समय लाग्ने भएको छ । स्वास्य तथा जनसंख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणको खोप अभियानमा खोप लगाउन नपाएका बालबालिकाको लागि खोप ल्याउने तयारी भइरको बताए ।

उनका असार माघ महिना दोस्रो सातामा अन्य बालबालिकाहरुको लागि पनि आवश्यक मात्र खोप आइपुग्ने छ । उनले भने,‘ अहिले अपुग भएका बालबालिकाको लागि आवश्य खोप उत्पादक कम्पनीहरुसँग कुरा भइसकेको छ । उनीहरुले जनवरी तेस्रो हप्ताभित्र उपलब्ध गराउँछौँ भनेका छन् ।’

बाँकी १७ जिल्लाका बालबालिकाहरुलाई खोप आएपछि लगाइने

खोप अभियान सञ्चालन गर्न बाँकी १७ जिल्लाका बालबालिकाहरुलाई खोप आएपछि मात्र लगाइने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले बताइन । खोप र आवश्यक सिरिन्ज आएपछि बाँकी जिल्लाहरुमा खोप अभियान सञ्चालन गरिने उनले बताइन् ।

उनका अनुसार अपुग खोप र सिरिन्ज ल्याउन उत्पादक कम्पनीहरुलाई अर्डर दिइसकेको छ । केही हप्ताभित्रै बाँकी खोप र सिरिन्ज दिने उत्पादक कम्पनीहरुले जनाएको उनले बताइन् ।

यी हुन् खोप अभियान सञ्चालन भएको ६० जिल्ला

स्वास्थ्य मन्त्रालयलेका अनुसार अहिले खोप अभियान सञ्चालन भएका जिल्लाहरुमा प्रदेश १ को ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग,भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, र उदयपुरका बालबालिकाहरुमा कोरोना विरुद्धको खोप लगाउने काम भइरहेको छ ।

यसैगरी प्रदेश २ का बारा, रौतहट,सर्लाही, मोहत्तरी सिराहा र सप्तरीमा पनि खोप लगाउने काम भइरको छ । बाग्मती प्रदेशका रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, भक्तपुर र ललितपुर गरी १० जिल्लामा खोप अभियान सञ्चालन भएको छ । त्यस्तै गण्डकी प्रदेशका म्याग्दी मुस्ताङ,मनाङ पर्वत लमजुङ, स्याङजा, तनहुँ गोरखा र नवलपरासी पूर्व गरी ९ वटा जिल्लामा खोप अभियान चलेको छ ।

लुम्बीनी प्रदेशमा रुकुम पूर्व, रोल्पा, बर्दिया, प्यूठान, अर्घखाँची, गुल्मी, कपिलबस्तु पाल्पा र नवलपरासी पश्चिम र कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट रुकुम पश्चिम र सल्यान दैलेखका लक्षित वर्गका बालबालिकाहरुलाई खोप लगाइरहेका छन् । त्यस्तै सूदुरपश्चिम प्रदेशका दार्चुला, बझाङ, बाजुरा, बैतडी, डोटी,अछाम,कञ्चनपुरमा पनि खोप अभियान सञ्चालन भइरहेको छ ।

यी हुन् खोप अभियान सञ्चालन हुन बाँकी १७ जिल्ला

सुनसरी, मोरङ, झापा, धनुषा,सप्तरी, पर्सा, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक,कास्की बाग्लुङ, बाँके, दाङ्ग र रुपन्देही सुर्खेत, डडेलधुरा र कैलालीका १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाउन बाँकी रहेको छ ।

१७ लाख बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

पुस ४ गतेबाट हालसम्म करिब १७ लाख बालबालिकाले पहिलो जोड खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार बुधवारसम्म १७ लाख ८ हजार ६२६ जना बालबालिको कोरोना भाइरस विरुद्धको पहिलो जोड खोप लगाएका छन् ।

त्यस्तै ३ हजार ७२२ जना बालबालिकाले दुवै डोज खोप लगाएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छ । जम्मा खोप लगाउने बालबालिकाको संख्या १७ लाख १२ हजार ३४८ रहेको छ । जसरमा फाइजर खोप लगाउने बालबालिको संख्या ३५ हजार १७ जना रहेको छ ।

 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना

११ माघ, न्युयोर्क । रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

दूतावासका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको आदेश

१० माघ, न्युयोर्क । अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

९ माघ, काबुल । अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top