राष्ट्रियता दुख्ने प्रधानमन्त्रीलाई जनताका आँशु नदुखेपछि......


Monday, 29 Jun, 2020 9:54 AM
-सन्दिप पौडेल 

राष्ट्रियता दुख्ने प्रधानमन्त्रीलाई जनताका आँशु नदुखेपछि.........


 
  • खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा बिरामी परेका धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदाले अस्पतालको आइसोलेसन वार्डको भुइँमा अन्तिम सास फेरे । भारतबाट कोरोनालाई छल्न आफ्नै देश आएका सदा आखिर उपचार नै नपाएर सधैका लागि अस्ताए।
 
  • बाँके नरैनापुरका २५ वर्षीय युवकले दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा अन्तिम सास फेरे । कोरोना भाइरस ९कोभिड–१९०को संक्रमित ति युवामा स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भयो । 
 
  • रामेछापको मन्थली घर भई काठमाडौं, जडीबुटी बस्ने ३४ वर्षीय सानुबहादुर कार्की काठमाडौं–भक्तपुरको सिमानामा रहेको मनोहरा खोलामा हामफाले । दुई वर्षअघि किस्ताबन्दीमा गाडी किनेका सानुले लकडाउनसँगै गाडी थन्किएका थिए । गाडी बेच्ने कम्पनीले उनलाई चैत महिना यताको सबै किस्ता तिर्न बाध्य पारेपछि उनि आफैंलाई सिध्याउन खोलामा हेलिए । 
 
  • अछामको बयलपाटा अस्पतालमा कार्यरत २७ वर्षीय सिद्धार्थ आउजी कामबाट निकालिए । गरिखाने बाटो बन्द भएपछिको तनाव झेल्न नसकेर विक्षिप्त बनेका सिद्धार्थले जेठ २६ मा आफ्नै शरीरमा आगो झोसे । 
 
  • असार ८ मा बझाङको छबिस पाथीभेरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३२ वर्षीय रमेश धामीले क्वारेन्टाइनभित्रै आत्महत्या गरे । 
 
  • चैत ११ देखि असार ६ गतेसम्म आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या १४ सय ९८ पुगेको छ । 

एकातिर कोरोनाले लपटिरहेको छ भने अर्कातिर देशमा सलह किराले आक्रमण गरेको छ । सरकारले नै साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने अनुमान गरेको छ । कोरोनाको कहरमा साउनमै बाढी र पहिरोले थप दुःख दिने निश्चित छ ।

जनताको आर्थिक अवस्था निकै नाजुक बनेपनि सरकारले ठोस कदम चाल्न सकेको छैन । दैनिक काम नगरे सम्म हात मुख जोड्न नसक्ने जनता लकडाउनका कारण निकै समस्या छन् । 

तर
राष्ट्रियता दुख्ने प्रधानमन्त्रीलाई जनताका आँशु नदुखेपछि........
प्रधानमन्त्री केपी ओलीले आफू बसिरहेको कुर्सी हल्लीरहेको बताइदिन्छन् । कोरोना रूघा जस्तै भएको भन्दै हाच्युउ गरेर उडाइदिन सल्लाह दिन्छन् । 

प्रधानमन्त्रीले दावी गर्दै भने राष्ट्रियताका सवालमा आफू अडिग रहेका कारण भारत आफूलाई हटाउन लागि परेको जनतालाई बताइदिन्छन् । निराश भएका जनताले आलोचना गरे भने भारतबाट निर्देशित भनिदिन्छन । 

जनताबाटै आलोचित प्रधानमन्त्रीले आफ्ना सबै आलोचकहरूलाई भारतबाट निर्देशित तत्वका रूपमा साबित गर्न खोजेका छन् । जनता भोकभोकै मर्नुपर्ने स्थितिको सिर्जना भएको वखत ओलीले राष्ट्रियताको पछ्यौरीले सबैलाई छोप्न खोजे । 

अहिलेको यस्तो विषम परिस्थितिलाई आफ्नो पक्षमा पार्न ओलीले भारतले आफूलाई हटाउन लागेको भन्दै आफ्नै पक्षमा बहस पार्न खोजेका । अहिलेको कोरोनाभाइरस महामारी नियन्त्रणदेखि विभिन्न अनियमिततासम्मका विषयमा अहिले सत्तारूढ दलभित्रै एक मत छैन । पार्टीभित्रै प्रधानमन्त्रीको चर्को विरोध भइरहेका बेला ओली बहसलाई भारततिर हुत्ताइदिएका छन् । 

देश आक्रान्त भएका बेला प्रधानमन्त्री भने कार्पेट र बिलासी गाडिमै अल्झेका छन् । राष्ट्रियता दुख्ने प्रधानमन्त्रीलाई जनताका आँशु नदुखेपछि.................... जनता भोकै मर्न बाध्य भएका छन् । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top