कृष्ण रेउलेसँगको अन्तवार्ताः प्रेम प्रस्ताव आएको छ कि छैन ?


Thursday, 8 Oct, 2015 3:52 PM
लोक गायक कृष्ण रेउले लोक संगीतमा अहोरात्र खटिरहेका छन् । उनि गायक मात्र हैन कुशल नृत्यकार अनि लेखक र संगीतकार पनि हुन् । अचेल उनको माग बढ्न थालेको छ बहुमुखी प्रतिभाको धनि भएर होला स्टेज कार्यक्रम अनि महोत्सबहरुमा समेत उनि ब्यस्त हुन् थालेका छन् । त्यसको अलावा उनि आफ्नो प्रतिभा र देशको लोक संस्कृति देखाउन विदेश समेत पुगिरहेका छन् । उनै रेउले सँगे किरण अधिकारीले गरेको कुराकानीः 

के गर्दै हुनुहुन्छ ? .
कलाकार मान्छे, दैनिक कार्यक्रममा व्यस्त छु ।  अनि संगित क्षेत्रमा नै रहेर अघि बढेको छु  । अहिले नयाँ गीतको तयारी मा छु ।

हाल सम्म कति वटा एल्बम बजारमा ल्याउनु भयो ?
हालसम्म मैले आफ्नै लगभग ३०, ३५ वटा एल्बम निकाले होला । त्यस्तै अरुको एल्बममा पनि स्वर दिएको छु ।

कुन कुन एल्बम बजारमा आएको छ ? 
अहिलेको अवस्थामा मेरो आउला दशैमा, रोधी धाउनाले, चिट्ठीमा फोठो पठाउ, देखेपछि माया  पलाउँछ, सरर मलेवा, दिलको ढोका खुल्ल छ, बिना स्वादैको, बाधुकी मायाको डोरिले यहि त होला माया भनेको, लगायत...!

के देखेर लाग्नु भयो गायन यात्रामा ?
सबै भन्दा मानिसको इच्छा ठूलो हो मेरो सपना र इच्छ्याले यो क्षेत्रमा लागे ।

प्रेम के हो ?
प्रेम एउटा भावना होअनि  प्रेम एउटा एक अर्कामा समर्पित भावना हो जस्तो लाग्छ । 

प्रेम प्रस्ताव आएको छ कि छैन ?
हामि कलाकार हौ यस्ता प्रस्ताब त आउछ नै तर त्यो प्रस्ताब मलाई नभईकन मेरो कलाकरिता लाई आएको भन्ने बुझ्छु, किन कि म अलि नराम्रो छु जस्तो लाग्छ हा... हा... ।

अचानक प्रेम प्रस्ताब आयो भने के गर्नु हुन्छ ? 
प्रेम आफैमा राम्रो हो प्रस्ताब आए स्वीकार्छु तर गलत रुपमा प्रयोग गर्दिन..। 

आगामी योजना के छ ? 
एउटा कलासंगीतमा लागेको मान्छेको योजना के हुन्छ र मेरो आगामी योजना नयाँ गीत गर्ने त्यसैको प्रमोड गर्ने अनि यहि क्षेत्रलाई निरन्तरता दिने योजना छ...!

लोक संगीतमा बिकृति आयो भन्छन् नि के छ तपाइको बिचार ?
यदा कदा बिकृतीहरु हरेक क्षेत्रमा छन, अनि हाम्रो गीतसङीतमा पनि छन ती कुराहरुलाई सुधारेर लैजानु हाम्रै जिम्मेवारी हुन्छ...!

बिकृति रोक्न के गर्न पर्ला ? 
बिकृती रोक्न राज्यले चलचित्र बिकास बोर्ड बनाइदिएको छ, त्यस्तैै गीतसङ्गीत बिकासबोर्ड बनाउनु अति आबश्यक छ, तर यो कुरामा हामि सबै एक भएर लाग्नुपर्छ । 

किन होला काठ क्षेत्रका कलाकार अगाडी बढ्न नसकेका ?
यस्को क्षेत्र पनि सानो छ, अनि यो क्षेत्रमा लागेका सर्जकहरु पनि निरन्तर यो क्षेत्रमा लागेर मेहनत गर्नुभएको छैन जस्तो लाग्छ..!

पछिल्लो एल्बमबाट कतिको आशाबादी हुनुहुन्छ ?
सर्जकलाई हरेक सिर्जनाको आशा उतिनै हुन्छ, यो गर्दै गरेको गीतबाट पनि धेरै आशा गरेको छु, बाकी जिम्मा दर्शक स्रोतामा भर पर्छ ।

कलाकारिता  के हो?
यो कुरामा सबैको आआफ्नै भाषा हुन्छन तर  मेरो बिचारमा चाहिँ कलाकारिता भनेको एउटा यस्तो चिज हो जस्को माध्यमबाट, हरेक भावनालाई एउटा कलाको सुन्दर प्रखर भुमिका बाट दर्शक स्रोतामा सजिलै मन मुटु छुनेगरी प्रस्तुत हुन्छ ।

यात्रा गर्दा के छुट्दैन ? 
यात्रा गर्दा आजको जमानामा पर्स र मोबाईल छुट्दैन । 
 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top