लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?


Thursday, 22 Mar, 2018 12:16 PM
कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् । त्यसैमा घिउ थपेको छ प्रदेश सरकारका मुख्यमन्त्रीको भनाइले । मुख्यमन्त्रीहरुले कर्मचारीवृत्तबाट आफूहरुले सहयोग नपाएको र उनीहरु दक्ष पनि नभएको गुनासो प्रधानमन्त्री समक्ष गरेका छन् । समग्र परिस्थितिलाई हर्दा यस्तो लाग्छ सरकार सबै कुरा ठिकठाक रुपले अघि बढाउन चाहेको छ तर अवरोध कर्मचारीहरुले गरिरहेका छन् । दोष अहिले एकपक्षीय रुपमा कर्मचारीतन्त्रतर्फ सोझ्याइदैछ । 

असन्तुलित प्रधानमन्त्री : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कार्यभार सम्हालेपछि प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुको भेला डाके । उनले कर्मचारीतन्त्र विगतको पाराले चल्न नसक्ने भन्दै यसमा सुधार गर्नु पर्ने बताए । कर्मचारीतन्त्र भित्रको साहेब साहेबनीको युग अव समाप्त भएको भन्दै उनले प्रशासन संयन्त्रभित्रको ढिलासुस्ती आफूलाई सह्य नहुने स्पस्ट पारे । प्रधानमन्त्रीको यो भनाई स्वभाविक थियो । किनभने नेपालको कर्मचारी प्रशासनको काम गराइबाट कोही पनि सन्तुष्ट छैनन् । केही गरौं भन्ने भावका कर्मचारी आफैमा पनि प्रशासनिक पद्वति र व्यवहारबाट सन्तुष्ट छैनन । त्यसैले कर्मचारी प्रशासनलाई सुधार गर्छु भन्ने नवनियुक्त प्रधानमन्त्रीको चाहनालाई कदर गर्नै पर्छ । तर कर्मचारी प्रशासन सुध्रनको लागि कर्मचारी मात्रै सुध्रिए पुग्ने हो की कर्मचारी प्रशानलाई हाँक्ने नेतृत्व पनि सुध्रिन आवश्यक छ ? यो विषयमा प्रधानमन्त्री ओली पक्षपाति देखिएका छन् । उनले सार्वजनिक समारोहरुमा जसरी पछिल्ला दिन कर्मचारी संयन्त्रको हुर्मत लिने काम गरेका छन् । त्यसले सुखद सन्देश दिएको छैन । उनले भन्न सक्नुपथ्र्यो, नेतृत्वकर्ताको हैसियतले मन्त्रीहरुलाई गल्ती गर्ने छुट छैन ।

मन्त्रीहरु नै सच्चिएपछि तिमीहरु पनि सच्चिनुको विकल्प छैन । सारा प्रशासनिक बेथितिको जिम्मेवारी एकाहोरो रुपमा कर्मचारीतन्त्रलाई मात्र थोपरेर सरकार पानी माथिको ओभानो बन्न सक्दैन । प्रधानमन्त्रीले गरेको यो टिप्पणीले सरकारप्रति जनताको विश्वास बढाउँदैन । बरु आशंका जन्माउँछ, कर्मचारीतन्त्र र सरकारबीचको यो द्वन्द यसरी नै कायम रहे समृद्वि र विकासका लागि प्रधानमन्त्री ओलीले बोलेका प्रतिवद्वता पुरा होलान या नहोलान भनेर । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति सरकार र कर्मचारी भनेका दुई अलग–अलग पक्ष हुन भन्ने खालको छ । वास्तवमा कर्मचारी भनेको सरकारकै एक प्रतिनिधि हो । हरेक कर्मचारीभित्र जनताले ओलीलाई देख्छ । कर्मचारीले राम्रो गरे प्रधानमन्त्रीले ठिक गरे भन्ने छ । नराम्रो काम गरे ओलीले खत्तमै गरे भन्नेछ । आफ्नै प्रतिनिधिलाई दोषी देखाएर प्रधानमन्त्रीले राम्रो कामको सुरुवात गर्न सक्ने छैनन् । कर्मचारीलाई सतर्क गराउन हुन्छ तर मानसिक रुपमै दोषि देखाएर त्रसित गराउनु सरकारको हितमा छैन । 

लोकप्रिय हुने मोह : अघिल्लो पटक सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका लालबाबु पण्डितले संयोगबस अहिले पनि सामान्य प्रशासन मन्त्रालय हाँक्ने जिम्मेवारी पाएका छन् । कर्मचारीको गल्ती, कमजोरी, र बलियो पक्षबारे उनलाई यथेष्ट जानकारी छ । उनमा नयाँ केही गरौं भन्ने भावना पनि छ । शायद त्यसैले होला धेरै मन्त्रीहरुले नपाउने चर्चा उनले पाए एक खालको सेलिब्रेटी नै बने उनी । संचारमाध्यम पनि उनको पक्षमा देखियो । तर पछिल्लो सयम स्वेच्छिक अवकाशको विषयलाई लिएर उनले कर्मचारीप्रति गरेको टिप्पणी शोभनीय छैन । मन्त्री पण्डितले पनि हरेक कार्यक्रममा कर्मचारीको हुर्मत लिने अभिव्यक्ति दिएका छन् ।  स्वेच्छिक अवकाश कुनै पनि हालतमा कार्यान्वयनमा जाँदैन भन्दै मन्त्री पण्डितले मानसिक असन्तुलन भएका र रोगी कर्मचारीलाई अवकाश दिइने भन्दैछन् । 

झट्ट हेर्दा कर्मचारीहरुलाई निकै माया गरेर बोलेजस्तो सुनिए पनि मन्त्री पण्डितको यो अभिव्यक्ति व्यक्तिको मर्यादामाथिको भद्दा मजाक हो । उनको यो भनाइले कर्मचारीहरुलाई उत्साहित हैन निरुत्साहित पारेको छ । के मानसिक असन्तुलन भएका व्यक्तले पनि निजामति सेवमा काम गरिरहेका छन् ? छन् भने त्यस्ता व्यक्तिलाई सरकारले किन उपचार नगरेर काममा लगाइरहेको छ ? के स्वेच्छिक अवकाशमा जान चाहनेहरु सबै मानसिक अवस्था ठिक नभएका कर्मचारी हुन ? लोकप्रिय हुने नाममा दिइने अभिव्यक्तिले कालान्तरमा व्यक्तिको विश्वसनियतामाथि नै प्रश्न उठाउँछ । 
स्वेच्छिक अवकाशको चुरो :कर्मचारी समायोजन ऐनले २० बर्ष सेवा अवधि पार गरेको र ५० वर्ष उमेर पुगेको कर्मचारीले अवकाश रोज्न सक्ने बाटो खुला गरिदिएको छ । निजामति सेवामा २० बर्ष सेवा अवधि पुरा गरेका ५० वर्षभन्दा माथिका कर्मचारीहरुको संख्या २० देखि २३ हजार रहेको अनुमान गरिएको छ । अहिले स्वेच्छिक अवकाशका लागि ५ जना सचिव, ३८ सहसचिव, २ सय उपसचिव, १ हजार ४४५ शाखा अधिकृत, १ हजार ९९० नायव सुब्बा, ८ सय ७ खरिदार र २ हजार ८४३ कार्यालय सहयोगीले निवेदन दिएका छन् । यसरी हेर्दा ऐनले तोकेको मापदण्डभित्र पर्ने आधाले पनि समायोजनमा रुची देखाएका छैनन् । 

वर्तमान सरकार कुनै पनि हालतमा स्वेच्छिक अवकाश लागु नगर्ने पक्षमा देखिएको छ । ठिक छ, सरकार कर्मचारीको संख्या अपुग भइरहेको यस्तो विषम परिस्थितिमा स्वेच्छिक अवकाश लागु गर्ने पक्षमा छैन भने उसले तत्काल कर्मचारी समायोजन ऐन संशोधन गर्नुपर्छ । संसद चालु रहेको अवस्थामा ऐन परिवर्तनका लागि कुनै सरकारलाई कुनै बाधा छैन । दुई तिहाइको सरकार हो । तर, ऐन संशोधनको प्रक्रिया पनि सुरु नगर्ने एकोहोरो स्वेच्छिक अवकाश हुँदैन भनेर रटान लगाउनुको कुनै अर्थ छैन । जुनसुकै सरकारको पालामा बनेको ऐन भएपनि त्यो आखिर सरकारकै निर्णय हो । अघिल्लो सरकारले बनाएको ऐन मैले मान्दिन भन्न पाइन्न । नमान्ने हो भने त्यसको विधि र प्रक्रिया सरकारले पुरा गर्नुपर्छ त्यसको छुट यो सरकारलाई पनि छ । यदि साँच्चै नै सरकार स्वेच्छिक अवकाशको पक्षमा छैन भने भने कर्मचारीहरुसँग जुहारी खेल्नुको साटो आजै ऐन परिवर्तन गर्नुपर्छ । ऐन नै परिवर्तन गरेपछि कर्मचारीको बोल्ने बाटो पनि बन्द हुन्छ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top