खानुहोस् लौका, हटाउनुहोस् तनाव र अनिन्द्रा


Wednesday, 5 Aug, 2020 11:39 AM
काठमाडौँ । 
लौका बारी खेतमा सजिलै फल्ने तरकारी हो । लौकालाई तरकारी मात्र नभई बर्फी, हलुवा, रायता बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा विभिन्न किसिमको पोषक तत्वको भण्डार हुन्छ । 

लौकाले गर्मीमा थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम यसले गर्छ । शरीरभित्रको फोहोर फाल्ने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सरजस्तो रोगविरुद्ध लड्नको लागि पनि लौकाले सहयोग पुर्‍याउँछ ।



लौकामा प्रशस्त मात्रामा पानी हुन्छ । यसले शरीरलाई ताजा राख्छ, जसले तनावबाट मुक्ति दिलाउँछ । यसमा कयौँ यस्ता पोषक तत्व हुन्छ, जसले शरीरलाई मानसिक रूपमै स्वस्थ राख्छ, जसले तनाव र चिन्ता जस्ता समस्याहरूबाट आराम दिलाउँछ ।

हरेक दिन बिहान खाली पेट लौकाको जूस पिउँदा मधुमेहको रोगीहरूलाई  आराम मिल्छ । लौकाले मोटोपन, डिप्रेशन जस्ता कयौँ रोगहरूलाई निको पार्दछ । लौकाले अनिन्द्राको समस्याबाट आराम दिलाउँछ । लौकाको जूसमा तिलको तेल मिलाएर पिउँदा अनिन्द्राको समस्याबाट निकै हदसम्म आराम दिन्छ ।

 लौकाको सेवनले पेटको भित्री सफाई हुन्छ । यसले अनुहारको चमक बनाई राख्छ । लौकाको जूसमा निकै मात्रामा फाइबर पाईन्छ । यो पाचन सम्बन्धि हरेक समस्याको राम्रो निवारण हो । एसिडिटी, कब्जियत आदि समस्याहरूमा लौकीको जूस पिउनु निकै लाभकारी हुन्छ ।

लौकामा भिटामीन सी, भिटामीन बी, भिटामीन के, भिटामीन ए, भिटामीन ई, फलाम, फोलेट र म्यानग्यानीजजस्ता खनिज पदार्थहरु पनि पाइन्छन् । खासमा लौका भिटामीन सीको एउटा मुख्य स्रोत नै हो । २५० ग्राम लौकाबाट २५ मिलिग्राम भिटामीन सी प्राप्त गर्न सकिन्छ । 

एण्टीअक्सिडेन्टको पनि काम गर्ने हुनाले लौकाले हाम्रो शरीरको कोषहरुलाई खराब हुनबाट जोगाउँछ, रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ, र मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ । यति मात्र होइन, भिटामीन सी र यसमा पाइने जिंकले चाउरीपना र बुढ्यौलीपनाबाट पनि जोगाउँछ । 

लौकाले तौल घटाउन पनि मद्दत गर्छ । १०० ग्राम लौका खाँदा यसले शरीरलाई १५ क्यालोरी मात्र दिन्छ । यसमा हुने भिटामीन, खनिज र फाइबरले शरीरलाई उचित पोषण प्रदान गर्छ । कलेजोको लागि पनि यो अत्यन्तै फाइदाजनक छ । 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ ।
अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको 

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

अमेरिकाले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै अन्यथा ‘उचित कदम’ चाल्ने चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारकी नेत्री आङ सान सुचीसहित अन्य नेतालाई गिरफ्तार गरेर देशको शासन हातमा लिएकामा त्यहाँका सेनाविरुद्ध गम्भीर आपत्ति प्रकट गरेका हुन्। बीबीसीका अनुसार बाइडेनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् र अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन्। यसैबीच म्यानमारमा भएको 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top