जनताले नै लखट्ने भए मोर्चाका कार्यकर्तालाई


Monday, 16 May, 2016 11:30 AM
३ जेठ, काठमाडौँ । 
जडिबुटी कोटेश्वरमा बस्ने शारदा पौड्याल माइतीघरमा निकै अतालिदै कुदिरहेकी थिइन् । घरमा १ वर्षको छोरा छाडेर लोकसेवा तयारी कक्षाकालागि बागबजार पुगेकी उनलाई जडिबुटी छिट्टै पुग्नु थियो । तर संघीय गठबन्धनले ९ बज्न नपाउँदै सडक जाम गराएपछि उनि हिडैर जडिबुटी आउन बाध्य भइन् ।

 यता माइतीघरमै कक्षा ११ को परिक्षा दिएर फर्किरहका युवाहरुको अर्को एक जत्था पनि हिडिरहेको थियो ।  ती युवाहरु पनि आन्दोलनबाट वाक्क थिए ।  अफिस टाईममा सुरु गरिएको जामका कारण सर्वसाधरणहरु निकै आक्रोशित देखिन्थ्ये । मानिसहरु दैनिकी  प्रभावित पार्नेगरी आन्दोलनले सर्वसाधरणलाई निकै आक्रोशित बनाएको छ ।
 

पहिचान र अधिकार माग्नेले कहिल्यै आफ्नो क्वालिटी चेक गरेका छन् ?





बाटोमा हिड्ने मानिसहरु आन्दोलनकर्मीलाई लखट्ने  योजनाहरु बनाइरहेको सुनिन्थ्यो । संघीय गठबन्धनले  जनताका यी आवाजहरुलाई ध्यान नदिइ यस्तै आन्दोलन जारि राखे जनताबाट लखटिने निश्चितै छ । जनतालाई अनावश्यक दुख दिने हो भने लखटिने सम्भावना हुन्छ भन्ने कुरा मोर्चाका नेताहरुले यसअघि पनि अनुभव गरिसकेका छन् ।

 केहि महिनाअघि मात्रै पार्टीको कार्यक्रमका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वीरेन्द्रनगरमा यु्वाहरुले लखटेका थिए ।  वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटलमा खाना खान पुगेका उनलाई  एक हुलले लखटेको थियो ।



युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको भारत समेत छाडेर कुलेलम ठोकेका थिए । यसभन्दा अघि पनि उपेन्द्र यादवलाई काठमाडौँको माइतीघरमा राजेन्द्र सापकोटाले लखटेका थिए । यादवलाई लखटेपछि सापकोटालाई धन्यवाद दिने कम थिएनन् । 



मधेसमा आन्दोलन चर्काईरहेको समयमा आन्दोलन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माग पूरा नगरेसम्म राजधानी नफर्किने अडान लिएको मोर्चा आखिरमा आन्दोलन गर्न काठमाडौँमा आएको छ । मधेस आन्दोलनका नाममा देशमा अबौँ रकमको घाटा भयो भने ५० जना भन्दा बढीले ज्यान गुमाए । सरकारले वार्ताको आग्रह गरेपनि मोर्चाले वार्तालाई प्राथमिकता दिएको छैन । यस्तो अवस्थामा आन्दोलन नै गरिरहे र जनतालाई दुख दिइरहे जनताले फेरि नखेद्लान भन्न सकिन्न । 


global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग समकक्षीझैं वार्ता गरेको नेकपा प्रवक्ता श्रेष्ठको आरोप

९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्। 

महाभारतको उदाहरण दिँदै विष्णु रिजालले भने– नेकपाको चाल ‘खोइ के, खोइ के’

८ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता विष्णु रिजालले दुई अध्यक्षको कार्यशैलीले थप अन्यौलता उत्पन्न भएको बताएका छन्। पछिल्लो समय पार्टीभित्र देखिएको विवादलाई लिएर दुई अध्यक्षका छुट्टाछुट्टै विज्ञप्ति र निर्देशनले पार्टीको अवस्था पनि ‘खोइ के, खोइ के’ भन्ने अवस्थामा पुगेको उनको भनाई छ।

नेकपा कर्णालीमा लफडा : दुई अध्यक्षका फरक–फरक पत्राचार, झन् बल्झियो विवाद

८ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलभित्र सुरु भएको किचलो झन् बल्झिएको छ। प्रदेशमा भएको विवाद सुल्झाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएका दुई अध्यक्षले नै पार्टीको प्रदेश कमिटीका नेताहरुलाई फरक–फरक निर्देशनसहितको पत्र पठाएपछि झनै अन्योल बढेको हो।

अन्तर्राष्ट्रिय

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट, कम्तीमा १८ को मृत्यु

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ : पुटिन

८ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन्। विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ।

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top