देशले जित्दा मधेसवादी दलका नेताहरुले वधाईसम्म दिएनन्


Tuesday, 16 Feb, 2016 8:31 AM

४,फागुन,काठमाडौं। दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताको पुरुष फुटबलतर्फ नेपालले २३ वर्षपछि स्वर्ण पदक हात पारेको क्षण सम्पूर्ण नेपालीहरुका लागि गर्व र एकताको विषय बन्यो । 
भारतको भूमिमा भारतलाई नै पराजित गर्दै नेपाली फुटबल टिम साग च्याम्पियन बनेकोमा सिंगो मुलुकले गर्व गर्नु स्वाभाविक पनि हो ।
जितको खुसी सडकमा हिन्नेदेखि देश चलाउने नेतासम्म देखियो । 
नेताहरुले सामाजिक संजालका माध्यमबाट नेपाली फुटबल टिमलाई बधाई दिए । तर सामाजिक संजालमा सक्रिय केही मधेसवादी दलका नेताहरुले भने यो खुशीलाई त्यति महत्व दिएनन् । कुनै पनि मधेसवादी नेताले वधाइसम्म लेखेनन् । 

मधेसवादी दलका नेताहरु हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, बृजेशकुमार गुप्ता लगायतका मधेसवादी दलका नेताहरु सामाजिक संजालमा सक्रिय रहे पनि नेपाली फुटबल इतिहासमा थपिएको उत्साहवारे बेखबर जस्तै भए । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले साग फुटबलमा नेपाली टिमको विजयप्रति मुलुक गौरवान्वित भएको बताए। उनले नेपाली टिमको जितलगत्तै ट्वीट गर्दै नेपाली खेलाडीलाई बधाइ दिएका हुन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्दै दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।
एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले साग च्याम्पियन नेपाली फुटबल टिमलाई फेसबुकमार्फत बधाई दिएका छन् ।
उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली फुटबल टिमले दिलाएको जितलाई शब्दमा व्यक्त गर्नै नसकिने जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको जितलाई शब्दमा व्यक्त गर्न सकिन्न । जय होस् मेरो नेपालको, स्याबास टिम नेपाल । सिंगो देशको शीर ठाडो भएको छ । सारा मुलुक आभार व्यक्त गर्दछ ।’
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा। रामशरण महतले भारतीय भूमिमा भारतलाई नै पराजित गर्दै नेपाली फुटबल टिमले स्वर्ण पदक हासिल गरेकोमा सम्पूर्ण नेपाली गौरवान्वित भएको जनाएका छन् । ट्वीट गर्दै उनले नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले पनि नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो राष्ट्रिय फुटबल टिमलाई साग स्वर्ण पदक विजयमा हार्दिक बधाई, यो विजयमा हामी गौरवान्वित भएका छौं ।’
एमाले नेता शंकर पोखरेलले नेपाली फुटबल टिमका प्रशिक्षक राजु शाक्यलाई बधाई दिदैं ट्वीट गरेका छन्, ‘फुटबल खेलमा विशिष्ट स्थान र इतिहास निर्माण गर्न सफल भएकोमा राजु शाक्यलाई धेरै धेरै बधाई ।’

परराष्ट्रविद तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि नेपाली फुटबल टिमलाई बधाई दिदैं फेसबुकमा लेखेका छन्, ‘नाकाबन्दीको पीडा, जोखिममा परेको राष्ट्रिय स्वाभिमानले पिरोलिएका नेपालीहरुलाई नेपाली खेलाडीहरुले प्रसन्न बनाएका छन्, साउथ एसियन गेम्समा भारतलाई फुटबलमा नेपालले हराएको छ । धन्यवाद नेपाली खेलाडीहरु, सबै नेपालीहरु यी खेलाडीहरुको अभिवादन गरौं ।’

एमाले नेतृ रामकुमारी झाँक्रीले फेसबुकमा लेखेकी छन्, ‘गणेश थापा नेपाली फुटबलका क्यान्सर रहेछन् भन्ने प्रमाणित गर्न पर्ने नै थिएन । आफैं प्रमाणित थियो । कलिला खेलाडीलाई आर्थिक प्रलोभनमा पारेर म्याच फिक्सिङ्ग जस्तो अपराधमा सामेल गरी उनीहरुको फुटबल क्यारिअरमात्र होइन, देशको फुटबल क्षेत्रलाई नै धरासायी बनाए । यो क्यान्सर काटेर फालेपछि फुटबल स्वस्थ्य हुँदैछ, बधाई नेपाली फुटबल टिम ।’
संविधानविद निलाम्बर आचार्यले ट्वीट गर्दै साग स्वर्ण पदक विजेता नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘सारा नेपालीलाई खुशी दियौ, धेरै धन्यवाद ।’ देश जित्दा पनि राजनीतिको घेराभन्दा माथी उठ्न नसक्न विडम्वना मात्रै हो । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top