mega
global ime bank

बुटवल मण्डपको नाम फेर्ने मेयरको प्रस्तावको विरोध


Thursday, 23 Jun, 2022 2:08 PM



९ असार, काठमान्डौँ । बुटवल मण्डपको नामको अगाडि गिरिजाप्रसाद कोइराला थप्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावको नेकपा एमाले लगायत दल र विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर खेलराज पाण्डेयले बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्ताव गरेपछि यसको विरोध र आलोचना सुरु भएको हो । उपमहानगरको बुधबारको नगरसभामा मेयर पाण्डेयले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको महत्वपुर्ण योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नामको अगाडि गिरिजा प्रसाद कोइराला थप्न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए । बुटवलमा यो मण्डप औद्योगिक प्रदर्शनी र व्यापार मेला आयोजना हुने थलोको रुपमा परिचित छ ।

उक्त प्रस्तावप्रति नगर सभा बैठकमै एमालेका जनप्रतिनिधिले असहमति जाहेर गरेका थिए । वडा नंं ११ का वडा सदस्य नकुल शाही ठकुरीले बहुमतका आधारमा यस्तो प्रस्ताव पारित गरिए सह्य नहुने र स्वीकार गर्न नसकिने बताएका थिए । एमाले मात्र होइन, स्वयं कांग्रेसकै सक्रिय कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत यो प्रस्तावको विरोध गरेका छन् । कांग्रेस कार्यकर्ता हरि क्षेत्रीले बुटवल मण्डपको नामकरण नेताको नामबाट भन्दा स्थानीय संस्कृति, सम्पदा वा ऐतिहासिक पहिचानबाट राख्दा राम्रो हुने बताए । कांग्रेसकै कार्यकर्ता कृष्णप्रसाद नेपालले बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव निन्दनीय भएको बताएका छन् । उनले भनेका छन्, ‘बुटवल मण्डपको नाम परिवर्तन गर्नु निन्दनीय कार्य हो । यो गलत छ । कुनै नेता विशेषको नाम कहिँ कतै नजोडियोस् । यदि राख्नु नै छ भने ४ जना शहीदको नाममा राखियोस् ।’ नेकपा माओवादी केन्द्रका प्रदेश सांसद दीपा विकले पनि बुटवल मण्डपलाई नाम फेर्न आवश्यक नरहेको बताएकी छन् । नेकपा एमालेको बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले बुटवल मण्डपको नाम फेर्ने प्रस्तावको विरोध गर्दै नगर प्रमुख खेलराज पाण्डेयलाई काम गरेर जिकास निर्माण र समृद्धिले जनताको अवस्था बदल्न लाग्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘पण्डितले झैं नाम फेर्न लाग्दा मेयरको न्वारान पनि अर्कै पण्डितले गरिदेला र अस्तित्वको संकट पर्ला ।’ पत्रकार डीआर घिमिरेले गिरिजाप्रसाद कोइरालाको नाममा कुनै पार्क वा सडकको नाम राख्न सकिने तर बुटवल मण्डपको रनाम फेर्नु उचित नहुने बताए । ‘‘भोलि अर्को कुनै शक्ति सत्तामा आउँदा प्रतिशोध साँध्न सक्छ, गिरिजाप्रसाद कोइरालाजस्तो नायकलाई यसरी विवादमा नपारौं’, उनले भने ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश महासचिव जेपी कंडेलले बुटवल मण्डप कसैको पेवा नभई सबै व्यवसायिक संघ संस्थाको गौरवको विषय हो भन्दै जनप्रतिनिधिलाई विवादित निर्णय नगर्न आग्रह गरे । बुटवलका ऋषिराम ज्ञवालीले बुटवल उपमहानगरपालिकाकै नाम गिरिजाप्रसाद कोइराला उपमहानगर राखौं भनेर ब्यङग्य गरेका छन् । तर कांग्रेस निकट प्राध्यापक नुरजंग केसीले भने बुटवल मण्डपको नाम गिरिजा मण्डप बनाउने मेयर पाण्डेयको प्रस्तावको बचाउ गरेका छन् । उनले महेन्द्र पार्कलाई पुष्पलाल पार्क, हिलपार्क जाने गेटमा जीवराज आश्रित पार्क, मदन भण्डारी लोकमार्ग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नामाकरण गरिएको उदाहरण दिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बुटवल मण्डपको लागि जग्गाको स्वीकृति दिई कम्पाउण्ड वाल लगाउन रकम उपलब्ध गराएकाले उनको नाममा नामाकरण गर्न प्रस्ताव गर्दा विरोध गर्नु नपर्ने उनले तर्क गरे । पूर्वपश्चिम राजमार्गसंगै जोडिएको बुटवल मण्डपको १६ विघा क्षेत्रमा हाल संघीय बजेट अन्तर्गत बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन् । २०७१ सालदेखि यहाँ निर्माणको काम भइरहेको छ । नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपका लागि जग्गा प्राप्तिमा तत्कालीन प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेकाले उनकै नाम राख्न लागेको बताए । उनले बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेकपाका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको प्रतिमासहितको पार्क निर्माण गरिने जनाए ।

 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

१७ असार, काठमान्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमान्डौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

१७ असार, काठमान्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल) ले आयोजना गरेको रथयात्रामा सरिक भएकी राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् । स्कोनकोतर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए । पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै

अन्तर्राष्ट्रिय

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

१४ असार, काठमान्डौँ । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ । धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ । मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गरेका थिए । पछि उनी तथ्य जाँच (फ्याक्ट चेक) गर्दै आएको

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

१४ असार, काठमान्डौँ। अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन


 

​अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त

काठमाडौं ।  नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो। ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ। हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top