यस कारण मृगौला फेल हुन्छ, यसरी बचाउनुहोस् मृगौला


Monday, 16 Mar, 2020 9:32 AM
काठमाडौँ ।
मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ । जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन ।

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। दुबै मिर्गौलाले बराबर काम गर्छन्। एउटा मिर्गौलाको तौल एकसय ५० ग्राम हुन्छ। मिर्गौलाले एकदिनमा १७ सय लिटर रगत फिल्टर गर्छ। रगत छान्ने प्रकृयामा एक सय ८० लिटर अल्ट्राफिल्ट्रेट आउँछ। त्योमध्ये एकसय ७८ लिटर मिर्गौलाले रिअब्जर्भ गर्छ। यसले कम्तीमा दुई लिटर पिसाब बनाउँछ। मानव शरीरमा जम्मा हुने दुषित पदार्थलाई छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ। रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ। शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो। यी दुईले शरीरलाई चाहिने वातावरण बनाउँछन्।

अत्यधिक पेनकिलरको प्रयोगले गर्दा पनि मिर्गौलाको रोग लाग्न सक्छ। झाडा पखाला, अत्यधिक रक्तश्राव, अरिंगालले टोक्ने, हेपाटाइटिस्, हर्वल औषाधि आदिका कारणले एक्युट किड्नी इन्जुरी हुन्छ। समयमा उपचार गरेमा यो रोग निको हुन्छ। क्रोनिक किड्नी डिजिज मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरुले गर्दा लाग्ने रोग हो। यो रोग लागेमा मिर्गौला वा अन्य अंगमा ढुंगा भेटिन्छ।

अद्यावधिक तथ्यांक अनुसार नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह छ। मधुमेह भएका मध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ। रक्तचाप भएका १५ देखि २० प्रतिशतको मिर्गौला खराब हुन्छ।


यस कारण मृगौला रोग लाग्छ
–शरीरमा पानीको मात्र कम हुँदा
–निरन्तर झाडापखाला लाग्दा वा बान्ता हुँदा
–अत्याधिक गर्मीमा काम गर्दा वा बस्दा
–तत्काल दुखाई कम गर्ने एन्टीबायोटिक औषधीको बढी लिदा
–अरिङ्गाल वा विच्थ्छिले टोक्दा

मृगौला रोगका लक्षण
–पिसाब धमिलो हुने ।
–धेरै पटक वा कम पिसा लाग्ने ।
– रिङ्गटा लाग्ने, लगातार वालवाकी आउने वा झाडा लागिरहने ।
–हात खुट्टा सुन्निने ।
–छातीको पछाडिपट्टीको भाग सुन्निने ।
–भोक नलाग्ने वा बढी भोक लाग्ने ।
–कुनै पनि रोग लाग्यो भने लामो समयसम्म निको नहुने ।
– छाला चिलाउने ।

रोगको रोगथाम
–सर्वप्रथम मृगौला रोग लाग्न नै दिनु हुदैन् ।
–मृगौलामा ९० प्रतिशत रोग लागिसक्दा पनि थाहा नहुँने भएकोले प्रत्येक वर्ष परीक्षण गराउनुपर्छ ।
–मधुमेह वा उच्चरक्त चापबाट बच्नुपर्छ ।
–स्वस्थ्य व्यक्तिले पनि कम्तिमा बर्षको एक चोटी मृगौलाको परीक्षण गर्नु पर्छ ।
–प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधी सेवन गर्नुहुँदैन् ।
–धुम्रपान तथा मद्यपानबाट टाडै रहनुपर्छ ।
–पोषणयुक्त संयमित आहार खानुपर्छ ।
–नियमित व्यायम गर्नुपर्छ ।
–बच्चामा प्रत्येक पटक ज्वरो आउँदा पिसाब चेक गराउनुपर्दछ ।
–विभिन्न परिस्थितिमा एउटा मृगौला झिक्ने गर्दछन, कत्तिपय मानिसले सकेसम्म मृगौला झिक्नु हुँदैन । झिक्नु परे चिकित्सकको सल्लाहा बमोजिम सावधानी अपनाउनुपर्छ ।
–मृगौला रोग लागि हाल्यो भने चिकित्सकको सल्लाहा बमोजिम औषधी सेवान गर्नुपर्छ ।

अचानक मृगौला कसरी बिग्रन्छ
–मृगौलाले काम नगरेको केही घण्टा वा दिन भएको अवस्थालाई अचानक मृगौला बिग्रिएको भनिन्छ ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top