मोबाइलबाट पोर्न सामाग्री हेर्नेमा भारतीय पहिलो नम्बरमा


Thursday, 2 Jan, 2020 4:00 PM
काठमाडौं । विश्वमा इन्टरनेटमा पोर्न हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा पोर्न सामग्री हेर्ने गरेका छन् ।
एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ भने डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या घट्दै गएको छ ।

बितेको वर्ष सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ । यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो । मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ । भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन् ।

दोस्रो स्थानमा अमेरिका छ । अमेरिकामा पोर्न सामाग्रीका दर्शकमध्ये ८१ प्रतिशतले मोबाइलबाट हेर्ने गर्दछन् भने तेस्रो स्थानमा रहेको ब्राजिलमा यो हिस्सा ७९ प्रतिशत रहेको छ । त्यस्तै मोबाइलबाट पोर्न हेर्नेमा बेलायत ७४ प्रतिशतसहित चौथो र जापान ७० प्रतिशतसहित पाँचौं स्थानमा रहेको छ ।

स्मरणरहोस् सन् २०१३ मा विश्वमा इन्टरनेट पोर्नका दर्शकमध्ये केबल ४० प्रतिशतमात्र मोबाइलबाट हेर्नेहरू थिए । पाँच वर्षमै त्यो संख्या दोब्बर भएको छ ।

पोर्नहबको तथ्यांक अनुसार पोर्न सामग्री हेर्ने संख्याको मामिलामा एन्ड्रोइड डिभाइस प्रयोगकर्ताको तुलनामा एप्पल डिभाइस प्रयोगकर्ताहरूको संख्या धेरै छ । योसँगै एप्पलको आईओएस मोबाइल अपरेटिङ सिस्टम पोर्नहब लगइन हुने सबैभन्दा ठूलो मोबाइल अपरेटिङ बनेको छ । एन्ड्रोइडबाट पोर्नहब हेरिने मात्रा भने घट्दै गएको तथ्यांकले देखाएको छ ।

सन् २०१९ मा मोबाइलबाट हेरिएको पोर्नमा ५२.८ प्रतिशत हिस्सा आइओएसको रह्यो भने एन्ड्रोइडको हिस्सा ४६.६ मात्र रह्यो । अर्को रोचक तथ्यांक त के भने सन् २०१९ मा विश्वमा डाउनलोड भएका टप १०० एपहरूमध्ये कुनै पनि पोर्न एप छैनन् । यसको अर्थ अहिले पनि अधिकांश पोर्न दर्शकले इन्टरनेटमा पोर्न हेर्नका लागि पोर्न एप नभै पोर्न साइटमा जान इन्टरनेट ब्राउजर कै प्रयोग गर्दछन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top