स्लिम बन्न यी काम गर्नुभयो भने तपाई अझै मोटाउनुहुनेछ


Thursday, 17 Dec, 2015 12:23 PM
२, मंसिर काठमाडौँ । 
मोटो मानिसहरुलाई एउटै चिन्त हुने गरेको स्लिम बन्ने  । तर स्लिम बन्ने विभिन्न उपाय अपनाउदा मानिसहरु मोटाइरहेका हुन्छन् । स्लिम बन्न यी उपयाहरु अपनाए मानिस झन झन मोटाउने विज्ञहरु बताउँछन् । 
  • स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ। तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ। परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन। खाना कम खाँदा न्युट्रिसन्स र भिटामिन्सजस्ता शरीरलाई निरोगी र बलियो राख्ने तत्वको मात्रा पनि घट्न पुग्छ। यसले अनेक खालका रोग निम्त्याउन सक्छ। स्लिम बन्न खाना घटाउने गल्ती गर्नुको सट्टा पोषणयुक्त खाना सन्तुलित मात्रामा खाने गर्नुपर्छ।
 
  • फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा कम गरेर प्रोटिनजन्य खाना बढी खाने गर्छन्। तर, औसतभन्दा बढी प्रोटिन हाम्रो शरीरले ग्रहण गर्योा भने यो शरीरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ, जसले गर्दा स्लिम हुनुको सट्टा थप मोटाइने जोखिम बढ्छ।
  • ब्रेकफास्टले गर्दा शरीरको वजन अझ बढ्ने डरले डायटिङ गर्नेहरू बिहान एक ग्लास जुस पिएर खाली पेट बसेको भन्ठानी मनमनै रमाउने गर्छन्। तर, यसले उल्टो नतिजा दिन्छ। जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ, जसले गर्दा शरीरमाअतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ। अतिरिक्त इन्सुलिनले भोक लगाइरहने गर्छ, जसको कारण स्लिम बन्नुको सट्टा अझ मोटाइन्छ।
 
  • व्यवस्थित रूपमा डायटिङ गर्न थालेको सुरुको दुई साता वजन उल्लेख्य मात्रामा घट्छ। दुई सातापछि वजन घट्ने क्रम कम हुन्छ। वजन घट्ने क्रम भएपछि ुडायटिङ गरेर पनि स्लिम भइँदैन रहेछु भनेर खिन्न हुने र फेरि पहिलेकै जस्तो खानपान र जीवनशैलीमा फर्किने धेरै हुन्छन्। सुरुको दुई साताजस्तै ह्वात्तै शरीरको वजन कम गर्न सम्भव छैन भन्ने कुरा नबुझ्ने गल्ती धेरैले गर्छन्।
 
  • बढी सुत्नाले वजन बढ्ने डरले डायटिङमा लागेका मानिस कम सुत्ने गर्छन्। तर, स्लिम शरीरका लागि पर्याप्त निद्रा आवश्यक पर्छ। अनिद्राले भोकको स्तर निर्धारण गरिदिने गर्छ। अर्थात्, कम सुत्नुभयो भने तपाईंलाई बढी भोक लाग्छ, जसले गर्दा वजन घट्नुको सट्टा उल्टो बढ्छ।
 
  • व्यस्तताले गर्दा नभ्याएको भन्दै दुब्लाउने अभियानमा लागेकाहरूले कहिलेकाहीँ नियमित व्यायामसमेत नगर्न गर्छन्। दुब्लाउने प्रक्रियाअन्तर्गत रहँदा व्यायाम र खानपानको सन्तुलन मिलाउन सकिएन भने शरीरको वजन उल्टो बढ्नसक्ने भएकाले व्यस्ततालाई बहाना बनाएर व्यायामलाई निरन्तरता नदिने गल्ती भरिसक्के गर्नु हुँदैन।
 
  • स्लिम बन्न चाहनेमध्ये अधिकांशले सधैं एकैखालको व्यायाम गर्ने गर्छन्। कुनै एउटा किसिमको व्यायाम गर्दा यसले शरीरका केही निश्चित भागमा स्टे्रेस पैदा गर्ने र त्यहाँका मांसपेशीलाई चलायमान बनाउने काम गर्छ। तर, सधैं त्यही व्यायाम दोहोर्या उँदा शरीरका अन्य भागमा कसरत पुग्दैन। जसले गर्दा सोचेजति स्लिम बन्न सकिँदैन।
 
  • शरीरको वजन घटाउन चाहने शहरियाहरूले घरभित्रै जडान गरिएका मेसिनहरूमा दगुर्नेलगायत गर्छन्। यसो गर्नु राम्रो हो, तर सधै यसैमा अल्भ्किनु चाहिँ पर्याप्त होइन। कसरतलाई बिस्तारै बढाउँदै लग्न सकियो भने मात्रै वजन घटाउने क्रमलाई निरन्तरता दिन सकिन्छ।
 
  • भोजनको बेला रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुराकानी गर्ने, कसैले पढ्दै गरेको सुन्ने जस्ता काम गर्ने गर्नुभएको छ भने आजैदेखि छोडिहाल्नुस्। किनकि, यस्ता कुरामा मन डुलाएर खान थालियो भने थाहै नपाई बढी खाइन्छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यसरी खाना खाँदा मानिसले १५ प्रतिशत बढी खाने गरेको जनाइएको छ।
 
  • स्लिम बन्ने होडबाजीमा बजारमा पाइने फ्याटफ्री अथवा सुगरफ्री खाद्य परिकार खाएर मख्ख पर्ने गल्ती डायटिङ गर्नेहरूले गर्ने गरेका छन्। तर, कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्ता खानाले सामान्य अवस्थामा खाइने खाना खाँदाभन्दा बढी क्यालोरी ग्रहण गर्ने गरेको तथ्य पत्ता लगाएका थिए। यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक अझ लगाउने गर्छ। जसले गर्दा खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top