norvic
global ime bank

नबिल बैंकको नाफा करिब ५ अर्ब


Friday, 5 Aug, 2022 12:54 PM



२० साउन, काठमान्डौँ । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८र७९ मा चार अर्ब ९७ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा चार अर्ब ५२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवमा ९।८३ प्रतिशतले नाफा बढाएको हो । गत आवमा खुद ब्याज आम्दानी १६।७९ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४३ करोड २० लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन ८२ करोड ७५ लाख घटेर ७० करोड ३६ लाख रुपैयाँ गरेको छ ।

नेपाल बंगलाबदेश बैंकलाई गाभ्दा बैंकको कर्जा लगानी तीन खर्ब १ अर्ब ७ करोड ३१ लाख पुगेको छ । त्यस्तै निक्षेप ३ खर्ब २६ अर्ब २२ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) बढाएको छ । जसले गर्दा बैंकको खुद बयाज आम्दानी पनि वृद्धि देखिएको हो । अघिल्लो आवमा ३।७९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आवमा ४।२२ प्रतिशत पुगेको छ । आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी ३।६९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड १८ लाख पुगेको छ । यता बैंक्को कर्मचारी खर्च भने घटेको छ । बैंकको कर्मचारी खर्च २०।११ प्रतिशतले घटेर २ अर्ब ७२ करोड ५६ लाखमा झरेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धि तथा कर्मचारी खर्चमा भएको गिरावटले बैंकको सञ्चालन मुनाफा १३।९८ प्रतिशतले वृद्धि भएर सात अर्ब ९ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आवमा बोनस सेयर तथा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्दा चुक्ता पूँजी ६४।९२ प्रतिशतले बढेको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाखबाट २२ अर्ब ८३ करोड २९ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा ३ अर्ब ३७ करोड १४ लाख र जगेडा कोषमा २६ अर्ब ३७ करोड ९१ लाख छ ।

मर्जरले पूँजी बढेपनि मर्जर अगाडीको नेपाल बंगलादेश बैंकको नाफा समावेश नहुँदा र गत आवमा बोनस सेयरमार्फत पुँजी वृद्धिले बैंकको प्रतिसेयर आम्दानी घटेको छ । तर नेपाल बंगलादेश बैंकलाई गाभ्दा आएको वार्गेन पर्चेज गेन जगेडाकोषमा जम्मा हुँदा पनि बैंकको नेटवर्थ घटेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसाबाट बढेर २६ रुपैयाँ ८० पैसामा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ४१ पैसाबाट २३० रुपैयाँ ३० पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३७।८३ गुणा छ । यता बैंकको कोषको लागत बढेसँगै बेसरेट ५।८६ प्रतिशतबाट ८।७७ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा ०।८४ प्रतिशतबाट १।५४ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १२।७७ प्रतिशतबाट १३।४४ प्रतिशत पुगेको छ । यस्तै बैंकको कर्जा– निक्षेप अनुपात ८९।७९ प्रतिशत छ । यस अवधिमा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ वितरणयोग्य आम्दानी रहेको बैंकको नेपाल बंगलादेश बैंकलाई प्राप्ति पछिको ‘बार्गेन पर्चेज गेन’ समेत गरेर ९ अर्ब १२ करोड १ लाख रुपैयाँ सेयरधनीलाई वितरण डगर्न उपलब्ध रहेको छ ।

 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्णः कमल थापा

२ भदौ काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

२ भदौ, काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको
 

दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

२ भदौ,काठमान्डौँ। दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको
 

अन्तर्राष्ट्रिय

भारतमा एक शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

२ भदौँ ,काठमान्डौँ । भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

 काठमाडौं  । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए ।उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि

आत्मघाती विस्फोटमा तालिबानी नेताको मृत्यु

 काठमान्डौँ। अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top