norvic
global ime bank

नेपालमा सबैभन्दा ठूलो


Tuesday, 28 Jan, 2020 9:21 PM
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल  दक्षिण एसियाली भूपरिवेष्ठित राष्ट्र हो । नेपालको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।
 
नेपालमा सबैभन्दा ठूलो
प्रदेश                        कर्णाली प्रदेश
जिल्ला                      डोल्पा
राष्ट्रिय निकुञ्ज           शे फोक्सुण्डो
आरक्ष                        ढोरपाटन शिकार आरक्ष
मानव निर्मित जलाशय   इन्द्रसरोवर
ढोका                         नारायणहिटी
ताल                         रारा ताल
प्रदर्शनीस्थल              भृकुटीमण्डप काठमाडौँ
पुस्तकालय                त्रि.वि. पुस्तकालय
विद्युत आयोजना       कालीगण्डकी ए
काठको मन्दिर           काष्ठमाण्डप   
औद्योगिक भवन       हेटौडा सिमेन्ट उद्योग
घण्टाघर                  काठमाडौँ जमलस्थित घण्टाघर
चौर                       चित्लाङको पुरानो भेडाफर्म
     
 
 
 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

अमेरिकाका उपराष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

८ असोज, न्युयोर्क । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो ।

आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने चीनको घोषणा

७ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

वायु प्रदुषण खतरनाक बन्दै गएको डब्लुएचओको चेतावनी

७ असोज, न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको   तथ्याङ्क सार्वजनिक गरेको छ ।

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top