​नेपालका सन्की राजाहरु : तरुनी केटी लिएर वनतिर जानेदेखि छाडा बोल्नेसम्म

पृथ्वीनारायण शाहले जँगिँदै भनेका थिए “काले, लडाइँ कति वेला लड्ने भनेर तिमीले सिकाउने होइन”


Thursday, 15 Jun, 2017 6:13 PM
इतिहासमा नेपाल एकीकरण अभियानका नायकका रूपमा चिनिएका राजा पृथ्वीनारायण शाहको डरलाग्दो रुप कतिपयलाई थाहा नहुन सक्छ  । उनी एकदमै क्रुर स्वभावका पनि थिए । आफूले भनेको काम पूरा नभए घनघोर रिसको ज्वाला प्रकट गर्दथे । राज्य चलाउन कुशल र निडर व्यक्तित्वको धनी भए पनि उनी रिस उठेको वेला कसैलाई बाँकी राख्दैनथे । आफ्ना नातागोतालाई त तथानाम भन्ने नै भए, रिसाएको वेला सेनापति कालु पाण्डेलाई समेत ‘काले’ भनेर बोलाउँने गरेका थिए उनले । रिस उठेका वेला उनी आदर अनादर केही पनि जान्दैनथे । कीर्तिपुरसित तीनपटक हारेका उनले अन्ततः कीर्तिपुर जितिछाडे । र, कीर्तिपुरवासीका नाक र चुल्ठो काटेर आफ्नो क्रोध र सनकको अद्भूत उदाहरण दिएका थिए ।
पृथ्वीनारायणका पिता नरभूपाल शाहले पहिलोपटक नुवाकोट आक्रमण गर्दा दुईजना सेनापति खटाएका थिए, जयन्त राना र अमर पन्त । काठमाडौं राज्यअन्तर्गत पर्ने नुवाकोटको लडाइँमा हार भएपछि नरभूपालले अमरलाई आफ्नो प्रियपात्र पनि बनाए । उता, जयन्तलाई भने वास्तै गर्नै छाडिदिए । यसले जयन्तको चित्त दुख्यो । त्यसपछि उनले काठमाडौंका राजा जयप्रकाश मल्ललाई साथ दिए । जयप्रकाशले उनलाई सेनापतिकै जिम्मेवारी दिएका थिए । पृथ्वीनारायण शाहले अर्कोपटक नुवाकोट हमला गर्दा जयन्तलाई गोर्खाली फौजमा र्फकन चिठी समेत पठाए । जयन्तले आफूले जयप्रकाशको नुन खाएकाले फिर्ता नहुने जवाफ फर्काए । यसले गर्दा पृथ्वीनारायण शाहलाई निकै रिस उठाएको थियो । गोर्खाली फौजको कमान्डर नै दुस्मन फौजतिर लागेको भनेर ।


पृथ्वीनारायण शाहले वि।सं। १८०१ मा नुवाकोटमा विजय प्राप्त गरे । त्यसपछि बेलकोटमा बसेको जयन्तलाई जित्न लडाइँको तयारी गरेँ । कालु पाण्डेले फौज तयारी अवस्थामा नभएकाले लडाइँ नगर्ने सल्लाह दिए । पृथ्वीनारायण शाहले जँगिँदै भनेका थिए ‘काले, लडाइँ कति वेला लड्ने भनेर तिमीले सिकाउने होइन । फौज ठीक पार’ भने भन्ने केही इतिहासकारले उल्लेख गरेका छन् । लडाइँमा गोर्खाली सेनातर्फ निकै क्षति पुगे पनि अन्त्यमा जित गोर्खाकै भयो । त्यसपछि उनले जयन्तलाई नियन्त्रणमा लिएर छाला काढेर मारे भने जयन्तका छोरा शंखमणिलाई पनि काटे ।

उनको सनकसँग जोडिएको अर्को पनि रोचक प्रसंग छ । उनले भक्तपुरकी नेवार्नी्सित बिहे गरेका थिए । कम उमेरमै उनी क्षयरोगले थलिइन् । त्यसपछि उनलाई कासी लैजाने सल्लाह भएछ । डोलीमा राखेर कासी पठाइयो । देवघाटको बाटोबाट लैजाँदै गर्दा पाल्पाका राजा त्रिविक्रमले पुथ्वीनारायणकी रानीको घुम्टो खोलेर अनुहार हेरे रे भन्ने सुनेपछि त्रिविक्रमलाई जेल हालेका थिए, पृथ्वीनारायण शाहले ।
उनका पिता नरभूपालको मगजै गडबड् थियो । आफ्नो जीवनको अन्तिम समयमा उनी तरुनी केटी लिएर वनतिर डुल्ने गर्थे । एकहोरो स्वभावका उनी वेला–वेला असाध्यै रिसाउने गर्थे ।

नुवाकोट र तनहुँसँग पराजय भएपछि उनमा तनाव चुलिएको पाइन्छ । पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाह भने अरू कसैको सनकको नराम्रो सिकार भए । नेपालको राज्य विस्तारमा ठूलो योगदान र्पुयाएका उनी दरबारिया षड्यन्त्रमा परे । नायवी रूपमा शासन चलाएका उनको अन्त्य अत्यन्त हृदयविदारक रह्यो । उनलाई तेल खन्याएर मारिएको थियो ।


राजा रणबहादुर शाहलाई बौलाहा राजा भनिन्थ्यो । हुन पनि उनी मानसिक सन्तुलन नभएका राजा थिए । कहाँ, कहिले र कसलाई के गर्थे, केही भन्न सकिन्नथ्यो । स्वेच्छाचारिता उनको व्यक्तित्वको अभिन्न हिस्सा थियो । जे मन लाग्यो त्यही गर्थे । छाडा थिए । उनीमाथि कसैले अंकुश लगाउन सक्दैनथ्यो । क्षणमै रिसाउने, क्षणमै खुसाउने  ठेगानै नभएको मान्छे थिए, उनी ।केही वर्षसम्म राजा भएपछि उनले छोरालाई धर्मपत्र गरी राज्य सुम्पिए । त्यसको केही समयपछि फेरि राजा हुने इच्छा जनाए । निर्माणानन्द स्वामी नाम राखेर केही भारदारलाई साथमा लिएर कासीतिर पनि हिँडे । तर, त्यहाँ धेरै दिन टिक्न सकेनन् । यस्तैखाले व्यवहारले उनलाई नोक्सान पुगेको पाइन्छ ।

रणबहादुरले खर्च बढी गरे भन्ने विषयमा हालको रणमुक्तेश्वरको एक घरमा कचहरी चल्दै थियो । सो कचहरीमा सहभागी थिए९ भीमसेन थापा, काजी त्रिभुवन प्रधान, शेरबहादुर शाह, बालनरसिंह कुँवर आदि ।  कचहरीमा भनाभन बढ्दै गएपछि रणबहादुरका सहोदर भाइ शेरबहादुरले उनलाई ठाउँको ठाउँ तरबारले दुई टुक्रा पारिदिए । यो कस्तो आक्रोश रु चित्त नबुझे रेटिहाल्ने । सत्ता प्राप्ति र पदमा पुग्न यस्ताखाले घटना त्यतिबेला ख्याल९ख्याल हुन्थे । राजाहरू मात्र होइनन, सेनापति, चौतरियाजस्ता शक्तिशाली ओहदामा रहेकाहरू पनि आफ्ना विपक्षीलाई तह लगाइछाड्थे । उनीहरूको आवेग र सनक कहाँ कसरी प्रकट हुन्थ्यो, अनुमानै गर्न सकिन्नथ्यो ।

राजेन्द्रविक्रम भलादमी राजा भए पनि कहिलेकाहीँ उनी पनि सनक प्रदर्शन गर्थे । उनको भलादमीपनको फाइदा सुरुमा भीमसेन थापाले उठाए भने, पछि जंगबहादुरले । उनको कमजोर शासकीय शैलीकै कारण कोतपर्व, भण्डारखालजस्ता घटना भए । राणाशासनको जन्म भयो । राजा आफै नजरबन्दमा परे । उनलाई कहिले भक्तपुर त कहिले हनुमानढोकामा राखिएको थियो । नजरबन्दमै उनलाई फकाउन राम्री तरुनी पठाइन्थ्यो । उनले बन्दी अवस्थामै इतिहासमा आफ्ना पुर्खालाई कति ‘श्री’को दर्जा दिने भनेर लेखेका थिए । उनले पृथ्वीनारायण शाहलाई श्री ५२ भनेर लेखेका थिए भने कसैलाई श्री ८ त, कसैलाई श्री ५ ठीक हुने भनेर लेखेका थिए । उनकी रानी राज्यलक्ष्मीलाई देश निकाला गरियो । राजेन्द्रका छोरा देवेन्द्रलाई विष पिलाएको झुटो आरोप भीमसेन थापामाथि लगाइयो । त्यसवेला राजाले केही प्रतिकार गर्न सकेनन् । त्यो झुटो लान्छनाको अपमान सहन नसकेर भीमसेन जेलको झ्यालको सिसाले रेटिए र घाइते भए । त्यसको केही दिनपछि मात्र उनको मृत्यु भयो । लास विष्णुमतीमा फालियो । कसैले वास्ता गरेनन् ।

इतिहासका अर्का सनकी राजा हुन् सुरेन्द्रविक्रम शाह । वास्तवामा उनलाई सनकीहरूको सरदार नै भनिदिए पनि हुन्छ । रिसाएको वेला बाबुलाई समेत कुट्न पछि नपर्ने १ आफूले चाहेको कुरा हुनैपर्ने, पाउनैपर्ने । वेला९वेला राजगद्धी छाड्दिन्छु भनेर जंगबहादुरलाई धम्क्याउँथे । जंगबहादुर उनलाई फकाउन पिठ्युँमा बोक्ने गर्थे । युवा अवस्थामा एकदमै जोशिला जंगबहादुर सुरेन्द्रले भनेका कुरा सबै र्पुयाइदिन्थे  ।  सुरेन्द्र उनलाई कहिले जिउँदै हात्ती पक्रन लगाउँथे भने कहिले त्रिशूलीमा हामफाल्न लगाउँथे । धरहराबाट हामफालेर जंगबहादुरले बहादुरी देखाएकै थिए ।  यी सबै काम सुरेन्द्रलाई खुसी पार्न गरेका थिए, जंगबहादुरले ।

त्रैलोक्य विक्रमको कलिलो उमेरमै मृत्यु भएपछि उनका जेठा छोरा पृथ्वीविक्रम राजा भए । उनले चारपटक बिहे गरेका थिए । उनका दुईजना रानी भारतीय थिए भने दुईजनाचाहिँ वीरशमशेरका छोरी थिए । निडर स्वभावका पृथ्वीविक्रम मदिराप्रेमी थिए  । उनकी आमा जंगबहादुरकी छोरी भएकाले सम्बन्ध राणासँग जोडिएको थियो । त्यसैले उनलाई कड्किन र रिस पोख्नबाट कसैले रोक्न सक्दैनथ्यो । उनी तथानाम भन्न कसैलाई बाँकी राख्दैनथे । प्रधानमन्त्रीले मागेजति पैसा दरबार नपठाएको भनेर उनले पठाइएको पैसा जलाइदिएका थिए । पछि मागेजति पैसा र्पुयाइएको थियो ।

सनकी त राणाहरू पनि थिए । राजाहरूभन्दा कम्ती सनकी थिएनन् । प्रधानमन्त्रीको रोलक्रममा आफ्नो पालो नआउने बनायो भनेर प्रधानमन्त्री रणोद्वीपलाई वीरशमशेर पक्षका राणाहरूले गोली हानेर मारे । भाइ पक्षलाई बाइपास गरेको भन्नेमा वीरलगायत खड्ग, डम्बर, भीम आदि थिए । नेपालको इतिहासमा कार्यकालमै गोली हानी हत्या गरिएका प्रधानमन्त्री रणोद्वीप नै थिए । यो वि।सं। १९४२ सालको घटना हो ।
राजा त्रिभुवन निकै दूरदर्शी थिए । शाहवंशको गुमेको शक्ति फर्काउनु नै उनको मुख्य धेय थियो । त्यसका लागि भारतमा निर्वासनमा बसेर प्रजातन्त्र ल्याइछाडे । उनको सनक सही कुराका लागि हुने गरेको पाइन्छ । पढेलेखेका भएकाले उनी त्यति घमण्डी थिएनन् ।

पृथ्वीनारायण शाहपछिका शक्तिशाली राजा हुन्, महेन्द्र । उनी एक अर्थमा दम्भी पनि थिए । र, राज्य गर्ने नीति थियो, उनमा । कतिले अधिकारको दुरुपयोग गरेर पञ्चायत लादेको भन्ने पनि गर्छन् । शाहवंश शक्तिशाली भइरहोस् भन्ने ध्येय देखिन्थ्यो उनको । स्वाभवाले त हठी थिए, उनी । आफूले चाहेको पूरा हुनैपर्ने । रत्नसितको बिहे त्रिभुवनले चाहेका थिएनन् । तर, महेन्द्रले रत्नै चाहिन्छ भनेर मरिहत्ते गरेका थिए । इतिहासका अन्तिम राजा ज्ञानेन्द्रलाई धेरैले पनि सन्की राजाको रुपमा चिनिन्छ

 
 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top