यी हुन् स्वघोषित सुपरहिट फिल्म


Tuesday, 6 Oct, 2015 1:46 PM
१९, असोज काठमाडौं । 
नेपाली फिल्महरू बन्न कुनै छेकवार छैन । निर्वाध रुपमा निर्माण भइरहेका छन्, आफ्नै कथा, आफ्नै पैसा र आफै कलाकार । सबै फिल्महरु यसरी नै निर्माण भएका हुनभन्दा फरक नपार्ला । चलेका कलाकारदेखि नयाँ भित्रने कलाकारहरू सबैले आफै पैसा लगाएर फिल्म बनाउने गर्छन् र खेल्छन् पनि । आफै पैसा लगाएर खेल्ने परम्परालाई पच्छ्याउँदै चकलेट हिरो निखिल उप्रेती, हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, रोज राणा, रेखा थापा आदि थुप्रैको सूची छ ।  त्यत्ति मात्रै कहाँ हो र आफूले बनाएका फिल्म सुपरहिट भनेर प्रचार पनि गर्ने गरिन्छ ।  चल्दै नचलेका फिल्म पनि सुपरहिटको सूचीमा छन् । कुनै जमानाको स्टार एफएमका मालिक तथा फिल्म वितरक प्रदीप उदय पनि आफ्ना फिल्महरू सुपरहिट भएको भनेर दावी गर्छन् । फिल्म बनाउन साथीभाइसँग ऋण लिने तर काम गर्नेहरूलाई पैसा नदिने मजदुरमाराका रुपमा चिनिएका प्रदीपको ‘अर्धकट्टी’ लाई पनि सुपरहिटको सूचीमा राखेर प्रचार गरेको पाइन्छ ।

कसैले नपत्याएपछि लामो समय गुमनाम बसेका दुई पत्नीका पति नायक निखिल उप्रेतीले पनि आफ्नै लगानीमा फिल्म बनाए । फिल्म हो ‘भैरब’ । दर्शकले औसतमा मन पनि पराइदिए ‘भैरब’लाई । तर भूकम्पपछि नेपाली फिल्म हेर्न नपाएका दर्शकले निखिलको फिल्म हेर्न जानु स्वभाविक नै थियो । दर्शक अलि बढी आएको देख्ने वित्तिकै निखिलले भन्न थालिहाले ‘मेरो फिल्म सुपरहिट’ । उनलाई के थाहा फिल्म नचलेपछि राजधानीका अधिकांश हलबाट दोस्रो हप्तामै ‘भैरब’ हटाइएको थियो । दोस्रो हप्तामा हलबाट गलहत्याइएको फिल्म कसरी सुपरहिट भयो रु कसरी करोड क्लवमा सहभागी भयो रु फिल्म हलबाट सञ्चालकहरूले निकालेपछि डराएका निखिल मुद्दामामिला गर्न सम्म भ्याए ।

त्यतिले नचेतेका निखिलले अहिले पनि आफ्नो फिल्म ‘भैरब’ लाई प्रचार सामाग्रीहरूमा सुपरहिट भनेर प्रचार गरिरहेका छन् । सुपरहिटको उपाधि दिने संस्था वा आधिकारिक निकाय नभए पनि निखिलले आफू खुसी ‘भैरब’ लाई सुपरहिटको संज्ञा दिइरहेका छन् ।उता, दीपक गिरी र दीपाश्री निरौला पनि के कम । आफ्नो फिल्मको बढाइचढाइ गर्न भ्याईनभ्याई छ । उनीहरू जत्तिका कलाकारले दर्शकलाई समाचारहरूमार्फत गुमराहमा राखेर हलसम्म तान्ने गरेको आरोप छ ।

 गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वडा नम्बर ६’ले शनिबारसम्म एक करोडको कारोबार गरेको हावा फिजाई रहेको छ दीपक र दीपाको जोडीले । दीपा र दीपकको जोडीको हल्लाको पछि केही पत्रकारहरू पनि टुप्पी कसेर सहयोग गर्न लागेका छन् ।‘वडा नम्बर ६’ फिल्ममा चलेका हास्यकलाकारको भूमिका छ । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । तर, फिल्म कस्तो बनेको छ भन्ने विषयमा ध्यान दिनुपर्छ । फिल्मले एक करोड कमाउने कुरा चानचुने होइन ।

   यदि ‘वडा नम्बर ६’ ले एक करोड कमाएको छ भने दीपा र दीपकले राज्यलाई कति कर तिरे रु यदि उनीहरूले कर तिरेको रसिद देखाए भने मानौला ‘वडा नम्बर ६’ ले करोड रुपियाँ कमाए छ । र निखिलले पनि आफ्नो फिल्म सुपरहिट हो भने राज्यलाई कति कर तिरेका छन् रु त्यसको रसिद देखाउनुपर्छ । होइन भने जनतालाई बेवकुफ बनाउन पाइदैन । राप्रपा नेपालका कोषाध्यक्ष उद्धब पौडलको फिल्म हल गोपीकृष्ण मुभिजमा ‘वडा नम्बर ६’ नयाँ इतिहाँस रचेको दाबी गरिएको छ । त्यो के भने एउटै फिल्म दुई हलमा लागेको । हो धेरै हास्यकलाकार भएको फिल्म हेर्न दर्शक आउनु स्वभाविक हो । एउटा शो दुई वटा हलमा चल्यो भन्दैमा सुपरहिट हुने वा एक करोड कमाउने विषय कदापि तथ्यपरक भन्न मिल्दैन  । 

यूनाइटेड पोस्ट साप्ताहिकबाट 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top