अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

समीक्षा


Sunday, 28 Jan, 2018 3:46 PM
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले काठमाडौंमा गरेको एक संयुक्त पत्रकार सम्मेलनमा दुबै पार्टीका अध्यक्षले निकै गर्वका साथ आफूहरुलाई पदको कुनै लोभ नभएको बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई देखाउँदै भने, ‘म प्रधानमन्त्री भइसकेको मान्छे उहाँ पनि प्रधानमन्त्री भइसकेको मलाई पद ठूलो कुरा होइन ।’ प्रचण्ड पनि के कम उनी त्यतिबेला झन् त्यागी बने र भने,‘ म पनि पार्टी अध्यक्ष, उहाँ पनि पार्टी अध्यक्ष, मलाई पनि पद ठूलो कुरा होइन ।’ त्यस दिन दुबै नेता निकै उदार र त्यागी देखिए, मानौ उनीहरुलाई कुनै पदको लोभ र आशा छैन । छ त केवल देशको चिन्ता । दुबै नेताहरुले त्यस दिन आफूहरु कुनै पदको लागि पार्टी एकता गर्न खोजेको नभई देशलाई समृद्विको दिशातर्फ लैजान एकता गर्न लागेको बताएका थिए । निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । दुबै पार्टीका दोस्रो तहका नेताहरु ‘यस्तै हो भने पार्टी एकीकरण हुन नसक्ने’ सम्मका अभिव्यक्ति दिन थालेका छन् । यसले एकता प्रक्रियाप्रति नै शंका उब्जाएको छ । 

अध्यक्षहरुलाई अध्यक्ष नै बन्ने चाहना
पार्टी एकता संयोजन समितिको बैठक पनि बसिसकेको छ । एकता संयोजन समितिले पनि विभिन्न चरण वार्ता र छलफल गरिसकेको छ तर, कुरा मिल्न सकेको छैन । नयाँ पार्टीको राजनीतिक विचार के हुने भन्नेमा एमाले र माओवादीबिच ठूलो विवाद नभए पनि सांगठनिक स्वरुप र केन्द्रीय नेतृत्वमै ठूलो सकस देखिएको छ । त्यसमा पनि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयले नै एकता प्रक्रियालाई अघि बढ्न दिएको छैन । पत्रकार सम्मेलनमा भनेझैँ दुबै नेताहरुले आफूहरुलाई पदको कुनै आकांक्षा नभएको बताए पनि एकीकृत पार्टीको अध्यक्ष बन्ने रहर ओली र प्रचण्ड दुबैलाई लागेको छ । एकता प्रक्रियाका लागि संयोजन समिति र कार्यदल बने पनि त्यसले पार्टी अध्यक्ष को बन्ने भन्ने विषयको छिनोफानो लगाउन सक्दैन । यसमा ओली र प्रचण्डकै अन्तिम सहमति चाहिन्छ । त्यसैले विगत दुई दिनयता ओली र प्रचण्डले ‘वान टू वान’ वार्ता गरिरहेका छन् । तर, दुबै नेताले एक अर्कालाई कन्भिन्स गर्न सकिरहेका छैन । अर्थात् एकीकृत पार्टीको अध्यक्ष आफू नै हुनुपर्ने अडानमा छन् । 

ओली रणनीति
ओलीको रणनीति पार्टी एकतापछि प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष आफैं बन्ने छ । ठूलो पार्टीको अध्यक्षको नाताले उनले कार्यकारी अधिकारयुक्त प्रधानमन्त्रीको लागि व्यक्त गरेको आकांक्षालाई कसैले पनि अन्यथा लिएका छैनन् । स्वयम् माओवादी अध्यक्ष प्रचण्डले पनि भावी प्रधानमन्त्रीे ओली नै हुने बताउँदै आएका छन् । प्रधानमन्त्री पद पक्का भइसकेका ओलीले प्रधानमन्त्रीमा मात्र चित्त बुझाउन चाहिरहेका छैनन् । उनी पार्टी अध्यक्ष पनि बन्न चाहन्छन् । ओलीले आफ्नो यो भित्री चाहना धेरै अघि पार्टी महासचिव ईश्वर पोखरेलमार्फत् व्यक्त गरेका थिए । पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुँदा अनेक शक्ति केन्द्र बन्ने र यसले सरकार र पार्टी सञ्चालन गर्न कठिनाइ हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । पोखरेलको यो भनाईसँगै माओवादी वृतमा ठूलै खैलाबैला मच्चिएको थियो । पोखरेलको भनाईको माओवादीका केही नेताहरुले प्रतिवाद गरे । पोखरेलको भनाईले नकारात्मक तरंग पैदा गरेपछि ओलीले पार्टी एकताको विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरुलाई सचेतसमेत गराएका थिए । एमाले अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्ष सकेसम्म आफै बन्ने नभए प्रचण्डलाई बनाउने पक्षमा समेत देखिन्छन् । तर, उनी खेमाका नेताहरु प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन तयार देखिदैनन् र त्यस अनुरुप सहमति नगर्न ओलीलाई दवाव दिइरहेका छन् । ओली खेमाका दोस्रो तहका नेताहरुको तर्क दुईटा देखिन्छ । उनीहरु एमाले ठूलो पार्टी भएको र समग्र जनमतको नतिजामा माओवादी आफूहरु भन्दा निकै पछाडि रहेकाले अध्यक्ष पद दिइरहनु नपर्ने बताउँछन् । एमालेको ठूलो कार्यकर्ता पंक्तिले प्रचण्डलाई अध्यक्षको रुपमा स्विकार गर्न गाह्रो हुने उनीहरुको भनाई छ । ओली खेमाका दोस्रो तहका नेताहरुलाई अर्को के पनि डर छ भने पार्टी एकता भएर प्रचण्ड अध्यक्ष बने भने माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफूहरुलाई पेल्छ । त्यसका लागि पनि प्रचण्डलाई रोक्नु पर्छ भन्ने बुझाई देखिन्छ । प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष भए भने पार्टी र सरकारमा आफूहरुको पकड कमजोर हुने ठानेर नै ओली खेमाका दोस्रो तहका नेताहरुले ओलीलाई अध्यक्ष पद नछाड्न दवाव बनाइरहेका छन् । महाधिवेनसम्म ओलीलाई नै पार्टी अध्यक्षको रुपमा कायम गर्न सकियो भने नयाँ अधिवेशनमा पनि आफ्नो खेमाको बर्चस्व कायम राख्न सकिने उनीहरुको आँकनल छ । ओली खेमाका नेताहरु प्रचण्डलाई पार्टीको सह–अध्यक्षको रुपमा राख्नुपर्ने निष्कर्षमा देखिन्छन् । 
 
प्रचण्ड रणनीति
प्रचण्ड पार्टी एकतापछि आफ्नो पद सुरक्षित गर्न चाहन्छन्, त्यो पनि पार्टी अध्यक्षको रुपमा । निकै अघिदेखि छरिएर रहेका वाम शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताउँदै आएका प्रचण्ड कम्युनिष्टहरुको साझा नेता बन्ने चाहना राखेका छन् । १० बर्षे लामो जनयुद्व हाँकेका प्रचण्ड त्यो जनयुद्वका क्रममा लागेका आफ्ना कतिपय गम्भीर आरोपहरुलाई पार्टी एकतापछि अध्यक्ष बनेर मेट्न चाहन्छन् । पार्टी एकतापछि अध्यक्ष बन्न सकियो भने ठूलो वाम जनमतको समर्थनबाट विगतमा जनयुद्वका विषयमा लाग्ने गरेका तिखा आरोपबाट मुक्ति पाइने उनको विश्वास छ । त्यसैले पनि उनी अध्यक्ष पदका आफ्नो दावी कायम राखिरहेका छन् । अहिलेको परिवर्तनको सूत्रधार, कुनै समयको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका प्रचण्डलाई खाली हात पार्टी एकता गर्न सजिलो छैन । अहिले पार्टी अध्यक्ष बन्न सकियो भने अब हुने महाधिवेशनमा पुनः पार्टी अध्यक्ष बन्न सजिलो हुने र त्यसपछि हुने संसदीय निर्वाचनपछि प्रधानमन्त्रीको पद पनि सुरक्षित गर्न सकिने प्रचण्डको रणनीति छ । पार्टी अध्यक्ष बनियो भने पार्टी सञ्चालनका क्रममा आउने ओली पक्षको अवरोधहरुलाई माधव नेपाल र झलनाथ खनालको सहयोग म्यानेज गर्न सकिनेमा प्रचण्ड विश्वस्त देखिन्छन् । हुन त प्रचण्डलाई ओली पक्षबाट अर्को महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउने प्रस्ताव पनि आएको छ, तर यसलाई मान्न प्रचण्ड तयार छैनन् । उनकै पार्टीका नेताहरुले पनि यस्तो उधारो सम्झौता नगर्न दवाव दिइरहेका छन् । लिखित सहमति त पालना नहुने नेपाली राजनीतिको चरित्र राम्ररी बुझेका प्रचण्डले ओली पक्षको यस्तो प्रस्तावलाई विश्वास गर्ने आधार देखिदैन । स्वयम् प्रचण्ड पनि आफ्नै पार्टीका नेताहरुको दवावमा छन् । प्रधानमन्त्री र अध्यक्ष दुबै पद एमालेलाई दिँदा आफ्नो पार्टी एमालेमा विलय भएजस्तो मात्र हुने भएकाले त्यसरी एकता नगर्न दोस्रो तहका नेताहरुले प्रचण्डलाई भनिरहेका छन् । प्रचण्डले अध्यक्ष पद नपाउने हो भने एकीकृत पार्टीमा आफूहरुको भूमिका कमजोर हुने दोस्रो तहका नेताहरुको बुझाई छ । 

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top