पहिरोले निम्त्याएको पिडा : गएरातिदेखि देशभर ३१ जनाको मृत्यु, ३९ बेपत्ता, १६ घाइते


Friday, 10 Jul, 2020 12:10 PM
२६ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ। शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । 
♦ जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा  गएको पहिरो नियाल्दै स्थानीय, यहाँ पहिरोले दुई घर पुरिँदा १२ जना बेपत्ता भएका छन् 

लमजुङको वेशीसहर नगरपालिका–७ मा आएको पहिरोमा परी  तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन्।

कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।

रूकुम पश्चिमको आठबिसकोट–३ मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा पहिरोले दुई घर बगाउँदा १२ जना वेपत्ता भएका छन् । 

पहिरोले ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ।

तराईका जिल्लामा नदीहरूमा पानीको सतहमा बढिरहेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताइन्।

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ। विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र सबैभन्दा धेरै पोखरामा १३६.७ मिलिमिटर वर्षा भएको छ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ६५ हजार बढी कोरोना संक्रमित थपिए

२५ साउन, काठमाडौँ ।
भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै नयाँ रेकर्ड हो ।  भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को मृत्यु भएको छ । यस्तै हिजोमात्र ८ सय ५७ जनाको मृत्यु भएको छ । संक्रमित थपिएकामा सबैभन्दा धेरै महाराष्ट्रका छन् । त्यहाँ १२ हजार ८ सय २२ संक्रमित

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२४ साउन, काठमाडौं । भारतको केरलामा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top