norvic
global ime bank

​पोखराका प्राकृतिक सम्पदाको ठेक्काविरुद्धको रिट खारेज


Wednesday, 27 Oct, 2021 12:06 PM

१० कात्तिक, काठमाडौं । पोखरा महानगरपालिकाले ४० बर्षका लागि प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा परेको रिट उच्च अदालतले खारेज गरिदिएको छ । गत साउनमा पहिलो चरणमा सेती नदी र पाताले छाँगोलाई ४० वर्षसम्म सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी कम्पनीलाई दिने सम्झौता महानगरले गरेको थियो ।

प्राकृतिक सम्पदा भाडामा लगाउने निर्णयसँगै सुरक्षाकर्मीहरूले महानगरले विभिन्न बहनामा प्राकृतिक सम्पदा लामो समय सम्मका लागि ठेक्कामा लगाउने कार्य गलत भएको भन्दै सम्झौता खारेजीको माग सहित रिट दर्ता गराएका थिए । अधिवक्ता सविन तिवारी, देवका तिमिल्सिना, अस्मिता तिवारी र मिलन सुवेदीले महानगर र ठेकेदार कम्पनीलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । मंगलबारको दुवै पक्षका वकिलले आफ्नो दाबीसहित बहस गरेपछि अदालतले रिट नै खारेज गरिदिएको हो । मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सम्झौता कानुनविपरीत नभएको भन्दै रिट खारेज गरिदिएको उपरजिस्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार निवेदकले माग गरेअनुसार सम्झौता खारेज गर्नुपर्ने कानूनी आधार नदेखिएकाले रिट खारेज भएको हो । 
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले नगर परिषदबाट पास गराएर बहुमतको आडमा अगाडि बढाएपछि नागरिक समाज, जनअधिकार संरक्षण समिति लगायत सरोकारवालाहरूले चर्को विरोध गर्दै आएका छन् । तर, सरोकारवालाहरुको विरोधलाई बेवास्ता गर्दै सम्झौता अगाडि बढाएपछि उनीहरु अदालत पुगेका थिए । अदालतले समेत ठेक्का रोक्ने कानूनी आधार नदेखिएको भन्दै महानगरकै पक्षमा फैसला गरिदिएपछि अब, सम्झौताअनुसार पोखराका प्राकृतिक सम्पदा ठेकेदारका हातमा पुगेका छन् ।  महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये फेवा ड्याम २४ वर्ष र बाँकी दुईवटा आयोजना ४० वर्षका लागि ठेक्कामा दिने सम्झौता गरिएको छ । 

सानिसा अवधारणामा भएको ठेक्का सम्झौताअनुसार सेती खोँचमा पर्यटकीय पूर्वाधार निर्माण र पाताले छाँगोमा सिसाको पुल निर्माण हुनेछ । महानगरले निजी क्षेत्रलाई ठेक्का दिनका लागि २०७५ फागुन २० गते मनशायपत्र आह्वान गरेर लामो तयारी पछि साउनमा सम्झौता गरेको हो । सम्झौतापत्र अनुसार सेती खोँचमा निजी कम्पनीले १ अर्ब ६१ करोडभन्दा बढी लगानी गर्ने सहमति छ । त्यस्तै पाताले छाँगोमा ६५ करोडभन्दा बढी लगानी हुनेछ । पोखराको सेती नदीको गाइघाटदेखि दोबिल्लासम्मको ८ दशमलव ६८ किलोमिटर क्षेत्र र पाताले छाँगोदेखि फेवा बाँधसम्मको डेढ किलोमिटर क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता गरिएको छ । त्यसैगरी महानगरले पोखराको फेवाताल सिरानमा रहेका खोलाहरूमा सिल्ट्रेसन ड्याम बनाउने ढुंगा‚ गिटी‚ बालुवा बेच्न दिनेगरी फेवा सिल्ट्रेसन र महानगरबीच अर्को सम्झौता समेत गरेको छ ।  फेवा सिल्ट्रेसनविरुद्ध पनि मुद्दा दायर भएको थियो । सिल्ट्रेसनविरुद्ध शिवबहादुर अधिकारी र मीनबहादुर बस्नेतले निवेदन दर्ता गराएका थिए । सिल्ट्रेसनको पक्षमा विष्णु अधिकारीले बहस गरेका थिए ।  २०७७ चैत १७ को कार्यपालिका बैठकले सेती क्यानोनलाई पाताले छाँगो र सेती खोंच ठेक्कामा दिने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनका अध्यक्ष कर्केन कुमार गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top