एआईजीद्वय प्रचण्ड निवास छिरेपछि प्रहरीमा हंगामा


Thursday, 3 Dec, 2015 2:58 PM
१७, मंसिर काठमाडौँ । 
नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याललाई हटाउन भन्दै एआईजीहरु नेताहरुको घरमा पुगेपछि प्रहरीमा हंगामा मच्चिएको छ । स्रोतका अनुसार एआईजीद्वय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह दुई साताअघि आईजीपी अर्याललाई हटाउन भन्दै लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेका थिए ।

                

उक्त घटनापछि आइजीपी अर्याल एआईजीहरुसँग रुष्ट भएका छन् भने प्रहरी नेतृत्वमा चरम गुटबन्दी बढेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । दुवै जना एकपटक जाँदा प्रचण्डलाई प्रभावमा पार्न सकिने भन्दै उनीहरु त्यसरी राजनीतिक लबिङमा लागेका थिए । जुन कुरा प्रचण्डकै एक सहयोगीबाट आईजीपी अर्यालले थाहा पाए । सोही घटनापछि दुवै एआईजीले असहयोग गरेको भन्दै आईजीपी अर्यालले उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएनन् ।

 चेन अफ कमाण्ड नमान्नेहरुलाई महत्वपूर्ण जिम्मेवारी दिंदा संगठनमा समस्या हुने भन्दै गत साताको एआईजी सरुवामा सरकारले भण्डारीलाई राष्ट्रिय सुरक्षा परिषद् तथा शाहलाई प्रहरी एकेडेमीमा सरुवा गरेको हो ।सरुवापछि पनि उनीहरुको चलखेल रोकिएको छैन । हालका गृहमन्त्री शक्ति बस्नेत प्रचण्डका बिशेष व्यक्ति भएकाले उनीहरु त्यसरी प्रचण्ड निवास पुगेर लबिङ गरेका हुन् ।

भण्डारीलाई प्रयोग गर्दै शाह

आचारसंहितासम्बन्धि परिपत्रलाई लिएर पछिल्लो समय प्रहरी नेतृत्वमा गुटबन्दी बढेको छ । अर्यालले बिदेशीलाई भेट्दा तथा बाहिरी संस्थाहरुलाई मिलेर कुनै प्रोजेक्ट गर्दा अनुमती लिनुपर्ने भन्दै सबैलाई परिपत्र गरेका थिए । सुरक्षा जस्तो संगठनमा जथाभावी बिदेशीहरुसँग मिलेर काम गर्न थालेपछि यस्तो परिपत्र भएको थियो । तर, जथाभावी बिदेशीसँग मिलेर काम गर्दै आएका शाह र भण्डारीलाई उक्त कुरा मन परेन । शाहलाई यो विषयलाई योजनाबद्ध रुपमा बाहिर लैजान भण्डारीले उक्साए ।

 सोहीअनुसार भण्डारीले आफु निकट कान्तिपुरमा समाचार लेखाएर मनभित्रको कुण्ठा पोख्ने काम गरे । जुन घटनामा भण्डारी विवादमा मात्र तानिएनन् उनीमाथि गृह मन्त्रालयले कारबाहीको समेत तयारी गरेको छ । तर, शाह भने मौन बसेर आईजीपीविरुद्ध संघर्ष गर्दै आएका छन् । एआईजी शाहको माओवादी नेताहरुसँग राम्रो सम्बन्ध छ । रुकुम घर भएको र द्वन्द्वकालमा राज्यलाई धोका दिई गोप्य सूचना दिएर माओवादीलाई सहयोग गरेकाले उनले माओवादी नेताहरुसँग सम्बन्ध बलियो बनाएका हुन् ।

 अहिले उनी त्यसैको आधारमा आईजीपी हुने दाउमा छन् । स्रोतका अनुसार संघीय प्रहरीको अवधारणाअनुसार आईजीपी अर्याललाई प्रहरी महानिर्देशक बनाएर आफु आईजीपी हुने खेलमा उनी लागेका छन् । जसका लागि उनले प्रधानमन्त्री केपी ओलीलाई समेत भेटिसकेको स्रोत बताउँछ । तर, गृहमन्त्री बस्नेत शाहसँग सकारात्मक भएपनि ओली आईजीपी फेर्ने खेलमा छैनन् ।

आफ्नो स्वार्थका लागि उनले एआईजी भण्डारीलाई प्रयोग गर्दै आएका छन् । भण्डारीलाई आईजीपी विरुद्ध बोल्न उकासेर संगठनमा चेन अफ कमाण्ड खुस्किएको भनेर आईजीपी फेर्न राजनीतिक नेतृत्वलाई मनाउन शाह दौडधुपमा लागेका छन् ।  त्यसका लागि आफु निकट केही प्रहरीलाई समेत उनले परिचालन गरेका छन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top