प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला


Friday, 3 Jul, 2020 9:45 AM
१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटतिर अगाडि बढिरहेको शंका गरेका छन् । बिहिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएछि प्रचण्डले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै  संसद अधिवेशन अन्त्य नगर्न आफूहरुले गरेको आग्रहलाई अस्वीकार गरेको र राजनीतिक दल विभाजनका लागि सहज बनाउने अध्यादेश ल्याउन तयारी गरिरहेको शंका व्यक्त गरेका थिए । प्रधानमन्त्रीकै निवासमा बसिरहेको बैठकमा प्रचण्डको आग्रह बिच प्रधानमन्त्री बैठकमा सहभागी भएनन् । 
पार्टी एकतालाई जोगाउन आफूह प्रयास गरिरहेको प्रचण्डले बताएका थिए । उनले भनेका थिए, पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?



उनले आज हुने सम्वादमा समस्या समाधानलाई पहल गर्ने संकेत समेत गरेका छन् । एकता जोगाउन अध्यक्ष ओलीसहितका नेताहरूसँग सम्वाद गर्न समय चाहिएको भन्दै प्रचण्डले स्थायी कमिटी बैठक पर्सि ११ बजेसम्मका लागि स्थगित गरेका छन् । 
प्रचण्डले आजका सम्वाद निर्णायक हुने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएर बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि पार्टीमा प्रधानमन्त्रीमाथी थप शंका सिर्जना भएको नेताहरू बताउँछन् ।  मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नै संसद्को दुवै सदनको बैठक अन्त्य गरेकी छिन् । 

प्रचण्डले प्रधानमन्त्रीले १२ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेको खबर पाउनेबित्तिकै फोन गरेर बैठकको एजेन्डा के हो र ११ बजे नै स्थायी कमिटी बैठक डाकिएको पृष्ठभूमिमा फेरि किन मन्त्रिपरिषद् बैठक डाक्नुभएको हो भनेर सोधेका थिए । यद्यपी ओलीले सरकारको नियमित एजेन्डा भएकाले बैठक डाकिएको र संसद् अधिवेशनलाई एजेन्डाका रूपमा नराखिएको बताइ प्रचण्डलाई झुक्काएका थिए । 

बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को सिफारिसको निर्णयको खबर सुन्नेबित्तिकै अध्यक्ष दाहाल बैठक रोकेर प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए । ओलीले प्रचण्डलाई स्थायी कमिटी बैठक केही दिन स्थगित गर्न प्रस्ताव गरेका थिए । ओलीसँगको छलफललगत्तै प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे । राष्ट्रपति भण्डारीलाई भेटेर फर्किएपछि करिब १५ मिनेट स्थायी कमिटी बैठक डाकेर अध्यक्ष प्रचण्डले भण्डारी र प्रधानमन्त्री ओलीसँग छुट्टाछुट्टै भएको छलफलबारे जानकारी गराएका थिए । 

प्रचण्डले शुक्रबार अध्यक्ष र अरू नेताहरूका बीचमा सघन छलफल गर्ने भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरेका छन् । आज अध्यक्षद्वयको छुट्टै र सचिवालयका सदस्यहरू पनि समूह–समूहमा बसेर छलफल गर्ने तयारी रहेको छ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ​भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका १३ नेता तथा कार्यकर्ता समातिए

२९ साउन, काठमाडौं । सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द ९विप्लव० समूहका नेतारकार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईरदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो।

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

अन्तर्राष्ट्रिय

भुटानमा राष्ट्रव्यापी लकडाउन

२८ साउन, काठमाडौँ । 
भुटानले कोरोना भाइरस नियन्त्रणका लागी राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन गरेको हो ।  सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।
सरकारले लकडाउन 

डोनल्ड ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको विपक्षी उम्मेदवारको आरोप

२९ साउन, काठमाडौँ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकालाई जीर्ण बनाएको दाबी गरेका छन् । उनीहरुले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा आलोचना गरेका छन् । उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले अमेरिका नेतृत्वका लागि रोइरहेको बताएकी छन् । उनले भनिन्, अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् 

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको खबर परिवारद्वारा खण्डन

२८ साउन, काठमाडौँ । 
भारतमा सोसल मिडियामा लगातार आइरहेको भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।   प्रणब मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमा लेखेकी छिन्मे मेरो पितासँग जोडिएको अफवाह गलत हुन् । विशेषगरी मिडियाकर्मी, मलाई फोन नगर्नुहोस् । अस्पतालबाट आउने सूचनाका लागि मैले फोनलाई फ्रि राख्न आवश्यक छ । प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले आफ्ना पिता प्रणब मुखर्जी

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top