mega
global ime bank

​देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्ः प्रचण्ड


Thursday, 23 Jun, 2022 1:56 PM

९ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन्। बिहीबार ललितपुरमा स्थनीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ।

‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ । एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौं । एक सय २२ पालिका जित्यौं । यो भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीको यत्रो आयो भन्ने ठानेका छन्,’ प्रचण्डले भने, ‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु थियो । यसले संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा जसले जिते पनि माओवादीले जितेको देख्छु म । यो जित परिवर्तन विरोधीको हो । देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन्।’

गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुत्ताले जितेको उनले बताए । तर, ललितपुरमा भिने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ । ‘गठबन्धन छ भनेर रिल्याक्स ढंगले पार्टीका नेता कार्यकर्ता लागे । त्यसले मार खायो,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने कुरा महत्वपूर्ण हो । आफ्नै बलमा उभिने प्रयास गर्नुपर्छ ।’ प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै अहिलेदेखि नै लाग्न निर्देशन दिए। प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनस्र्थापना भएकोसमेत बताए । ‘त्यसले निर्वाचन हुने वातावरण भयो । तर स्थानीय तहको निर्वाचन सम्पन्न हुने अवस्था आयो । संविधानको रक्षा गर्ने सबैभन्दा ठूलो दायित्व माओवादीकै हो । समावेशी समानुपातिक प्रणालीको रक्षा भयो । ०७४ पछि ०७९ मा निर्वाचन सफलतापूर्वक भयो,’ उनले भने।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

१७ असार, काठमान्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमान्डौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

१७ असार, काठमान्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल) ले आयोजना गरेको रथयात्रामा सरिक भएकी राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् । स्कोनकोतर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए । पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै

अन्तर्राष्ट्रिय

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

१४ असार, काठमान्डौँ । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ । धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ । मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गरेका थिए । पछि उनी तथ्य जाँच (फ्याक्ट चेक) गर्दै आएको

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

१४ असार, काठमान्डौँ। अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन


 

​अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त

काठमाडौं ।  नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो। ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ। हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top