१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

वविता शर्मा


Monday, 22 Jan, 2018 1:11 PM
आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ? यति भन्दा नै उनले त्यो आवाज चिनिसकेकी थिईन् । हजुर सर हो म बोल्दैछु । फेरी उताबाट आवाज आयो कसरी चिन्नु भो मलाई ? सर बोलीबाट चिनेँ , दिपाले जवाफ दिईन । अनि फेरी उतावाट हाँस्दै आराम हुनुहुन्छ ? अनि हजुरको नाम सिफारिस भएको संघको लागि कि प्रदेशको लागि ? दीपाले जवाफ दिईन प्रदेशको लागि हो सर । ए सवै डकुमेन्टहरु वुझाईसक्नु भो नि ? हजुर सर सबै जिल्ला पार्टीमा वुझाएकी छु, दिपाले जवाफ दिईन् । अनि उतावाट ल ठिक छ त्यसो भए ढुक्क हुनुस् भन्दै फोन राखियो ।

त्यो फोन र त्यो आवाज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को थियो । १२ वर्ष पछि प्रचण्डले शहीद तथा दलित परिवारकी दिपालाई सम्झे । ‘उहाँको फोन आउँदा एकछिन् त म पनि अचम्ममा परेँ, भावुक पनि भएछु, नव निर्वाचित सांसद् दिपाले भनिन् । जतिवेला समानुपातिकतर्फको प्रदेश सभा सदस्यहरुको नामावाली आफ्नो जिल्ला पार्टीले निर्णय गरेर केन्द्रमा पढाउने समय थियो ।’ प्रचण्डको फोन आउदा दिलमाया रोका दिपाको नाम जिल्ला पार्टीले दलित महिलाको सुचिवाट १ नम्वरमा पढाएको थियो । त्यसको एक हप्ता पछि फाईनल नामावलि प्रकाशित भएको थियो ।   

भनिन्छ नि १२ वर्षमा त खोला पनि फर्किन्छ भनेर । हो दिपाको जीवनमा पनि त्यस्तै भयो । माओवादीको पछिल्ला गतिविधि हेर्दा नेताहरुले हामीलाई बिर्सिए होलान् भन्ने लागेको थियो तर सम्झिनु भयो’ दिपाले सुनाइन् । दलित परिवारकी दिलामाया रोका दिपा अहिले नेकपा माओवादी केन्द्रवाट ४ नम्वर प्रदेश सांसद निर्वाचित भएकि छन् ।

सानै उमेरमा युद्धमा होमिएकी दिपा प्रतिरोध सांस्कृतिक परिवारमा थिईन् । युद्धमा हिँड्दा नै जनमुक्ति सेनाका एक योद्धा चित्रबहादुर घर्तीसँग प्रेममा परिन र २०५८ मा दुवैले विवाह गरे । २०६१ को दोस्रो खारा आक्रमणमा दिपाका पति घर्तिले सहादत प्राप्त गरे । त्यतिवेला घर्ती सहायक वटालियन कमाण्डर थिइन् ।  विवाह गरेको केहि वर्षमै खारा लडाईमा दिपाले श्रीमान गुमाईन, दुवै जनाले देखेका मिठा सपना सवै चकनाचुर भए । त्यहि वेला उनीहरुको छोरी जन्मिसकेकी थिइन् ।  दिपाले श्रीमानलाई गुमाएको पिडा, सानो वच्चा र चर्किरहेको युद्ध त्यसमा पनि पार्टीका ठुला नेताहरु भित्रको विवादले एकखालको निरासा पैदा गरेको थियो । तर गाउँ फर्किने अवस्था पनि थिएन । दिपाले श्रीमानको वलिदान लाई खेर जान नदिने प्रण गरिसकेकी थिईन् ।

२०६२ असोजमा चुनुबाङ वैठक पछि कलाकार टिमले सांस्कृतिक कार्यक्रम गरेका थियो । त्यसलाई अपेरा नाम दिईएको थियो । त्यतिवेला पार्टीका सवै ठुला नेता तथा धेरै कार्यकर्ता एकै ठाउमा थिए । उनीहरुको बीचमा विविध सांगीतिक कार्यक्रम देखाईएको थियो । जहाँ शहीद परिवारको भावनालाई समेटेर गाईएको गीत, जुन गीतमा १४ महिनाको छोरी बोकेर दिपाले अभिनए गरेकी थिईन् । त्यो हेर्दा र सुन्दा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता बाबुराम भट्टराई, राम बहादुर थापा बादल लगाएतका केन्द्रीय नेता तथा कार्यकर्ताहरु रोएका थिए । अझ वढि भक्कानीएका थिए प्रचण्ड । शान्तिप्रक्रिया पछि त्यो भिडियो वाहिर आउदाँ सवै रोएको दृष्यले निकै चर्चा पायो ।

‘गोली वारुदसँग जुधेर आएका हाम्रा नेता कठोर छन् भन्नि लागेको थियो तर त्यो गीत र मेरो अभिनयले कसरी भावुक वनायो म पनि अचम्म परेँ । अभिनय गर्दा मेरो १४ महिनाको छोरी पिठ्युमा बोकेको थिएँ । मलाई त्यो क्षणको जहिले सम्झना आउंछ । मैले शहीद परिवारको तर्फवाट सन्देश दिने हिसावले अभिनय गर्दै थिएँ, अघि बसेका नेताहरु रुनु भयो, त्यहाँ भएका सवै जसो रोएको देख्दा मेरो मन भक्कानिएको थियो तर पनि वल्लतल्ल मेरो नाच सकाए, पछि छोरी समातेर बेस्सरी रोएँ,’ दिपाले भनिन् ।

‘मलाई लाग्छ त्यो दिन देखाईएको सांस्कृतिक कार्यक्रमले भावनात्मक हिसावले सवै नेतालाई एक ठाउँमा ल्याएको थियो, त्यो हामी कलाकार र सिंगो युद्धमा होमिएका सवै योद्धाका लागि ऐतिहासिक दिन थियो’, उनले भनिन् ।

हो, दिपाको उत्कृष्ठ अभिनयले प्रचण्ड लगाएतका सवै नेताहरु रोएको भिडियो अहिले पनि चर्चित छ । स्व. जनकलाकार खुशीराम पाख्रीनको शब्द संगीत, प्रेमकुमारी रामदामको स्वर र दिलमाया रोका दिपाको मुख्य अभिनय रहेको थियो । त्यो गित वास्तमा दिपाको जीवनमा व्यक्त भएको थियो ।

‘म सानै उमेरमा युद्धमा होमिए त्यहाँ मेरो भुमिका कलाकारको थियो ।  माओवादी शान्ति प्रक्रियामा आईसकेपछि पछिल्लो समय माओवादीलाई युद्धकालिन सहयोद्धा, शहिद, घाइते, वेपत्ता परिवारलाई बिर्सिएको  जस्तो लागेको थियो तर १२ वर्ष पछि प्रचण्डले सम्झीदा म खुशि छु । उहांको फोन आउंदा पुन म युद्धका घटना मेरो दिमागमा ताजा भएका छन्’, उनले भनिन् ।  

माओवादी १० वर्षे जनयुद्धमा सवै भन्दा चर्चित रहयो रुकुमको चुुनवाङ। २०६२ सालमा चुनवाङ बैठक चलिरहेको थियो । चुनुबाङ वैठक अघि माओवादीभित्र केहि महत्वपुर्ण घटना घटेका थिए । लोकतान्त्रिक गणतन्त्रको विषय पार्टीभित्र उडाउने डा. बाबुराम भट्टराईलाई त्यहि कारण कारवाही गरिएको थियो । पाटीभित्र चरम विवाद सूरु भएको थियो । अर्का नेता दीनानाथ शर्माको राजिनामा मागियो । नेताहरु खुल्लारुपमा नै एकले अर्कालाई आरोप प्रत्यारोप गर्थे । अर्का नेता रामबहादुर थापा वादललाई लिन प्याओको आरोप लागेको थियो । पार्टी विभाजन हुने अवस्थासम्म पुगेको थियो । दुवै समुहले छुट्टछुट्टै खाका सम्म तयार पारीसकेका थिए । नेताहरु विचको यो द्धन्द्धात्मक अवस्थाले संगै हिडेंका कार्यकर्तामा एक खालको निरासा वढेको थियो । २०६२ सालमा रुकुमको चुनवाङ वैठक लगत्तै भएको सांस्कृतिक कार्यक्रमले अझ नेताहरुलाई नाटकिय रुपमा एक वनाएको थियो ।

२०४१ सालमा बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नंम्वर २ अर्गलमा जन्मिएकी दिलमाया रोका, सानै उमेरमा माओवादी जनयुद्धमा होमिईन । प्रतिरोध सांस्कृतिक परिवारमा रहेर सांस्कृतिक प्रस्तुति र संगठन विस्तारका लागि नेपालका धेरै जसो जिल्लामा पुगेर आफ्नो भुमिका निर्वाह गरिन् । युद्धमैदानमै हुंदा छिमेकीसँग प्रेम विवाह गरेकी दिपाले विवाहको केहि वर्षमै खारा आर्कमणका बेला श्रीमान् गुमाउनु पर्यो । श्रीमान् गुमाएको पिडामा केहि मल्हम लगाउने माध्यम थिईन् एक वर्षको छोरी ।

१ वर्षकै उमेरमा बावु गुमाएकि छोरी र श्रीमानको  यादले दिपालाई कमजोर वनाईसकेको थियो । घर फर्किउ भने वस्नको लागि घर थिएन । २०५९ सालमा दिपाको माइतीतर्फको र श्रीमानको घर नेपाली सेनाले वम विस्पोटबाट ध्वस्त  बनाएको थियो । जनतन आफुंलाई समालेर माओवादी आन्दोलनमै रहिन् , त्यहां रहंदा संगै यात्रा गर्ने साथिसंगि वाट उनलाई पुन विहे गर्न सुझाउदथे । पछि उनले छोरीको भविष्य र सानै उमेरमा एकल जिवन विताउदा आएका कठिनाईबाट मुक्ति पाउन अन्तत विहे गर्ने निर्यय गरिन् । २०६४ सालमा बागलुङ जिल्लाको मल्म घर भएका सामना सांस्कृतिक परिवारका जनवादी गाएक कर्ण परियार विद्रोहीसँग विवाह गरिन् । जनयुद्धको घोषणा पछि गाउँ गांउमा जनवादी गित गाउदै युद्धमा होमिएका विद्रोहिले प्रचण्डपथका धेरै गित गाएका छन् ।

२०६२ मा चुनुबाङ वैठक पछि एउटा गीत अपेरा गाएका थिए । शहीद परिवारको भावना समेटेर दिपाले नृत्य गर्दा प्रेमकुमारी संगै विद्रोहिले पनि गाएका थिए । युद्धभुमिवाट फर्कदा नामको अपेरा गाउदा अध्यक्ष प्रचण्ड, डा बावुराम भट्टराई लगाएतका सवै नेता तथा कार्यकर्ता भक्कानिएर रुवाउने गरी गीत गाउने मध्य विद्रोही पनि थिए ।

पार्टी शान्ति प्रक्रियामा आएपछि विवाह पश्चात विभिन्न आरोह अवरोह पार गर्दे जनतन जिन्दगिको गुजारा गरिरहेका छन् । उनका पहिलाको १ र पछिल्लो २ गरि ३ सन्तान छन् । शान्ति प्रक्रियापछि भने दिपा राजनितिमा पुरै क्रियाशिल रहिनन् । आर्थिक अवस्था र सामाजिक अवस्थाले उनलाई निश्कृय  वनाउन वाध्य भयो । प्रचण्डबाट असन्तुष्टि राख्दै छुटिएका वैद्य समुहसंगै केहि समय उनको राजनिति पनि त्यतै रह्यो । वैद्यबाट फुटेर पुन रामवहादुर थापा वादलको नेतृत्वको समुह पुन माओवादी पार्टीमै फर्किदा जिल्लाको समिति मार्फत उनी पनि संगै फर्किएकि हुन । उनी अहिले माओवादीको केन्द्रिय सदस्य रहेकि छिन् । ७ कक्षा पढ्दा माओवादी आन्दोलनमा होमिएकि दिपा शान्ति प्रक्रिया पछि १०+२ सम्मको अध्ययन गरेकि छिन् । पछिल्लो समय विगत ४ वर्ष देखि सदरमुकामको बोर्डिङ स्कुलमा पढाउदै आएकि थिईन् । ४ नंम्वर प्रदेश सांसदको सपथ खाए लगत्तै उनले जिल्लाको विकास, जनयुद्धका शहिद, घाईते, वेपत्ता परिवारको हितका लागि काम गर्ने बताइन् । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

(अपडेट) लेबनान बिस्फोट : घरहरू क्षतिग्रस्त भएपछि दुई लाख ५० हजार मानिस घरबाहिरै

२२ साउन, काठमाडौं । लेबनानको बेरुतमा भएको बिस्फोटका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरमा बस्न पाएनन्। बिस्फोटका कारण घर क्षतिग्रस्त भएका कारण उनीहरु दोस्रो रात पनि घरबाट बाहिर बस्न बाध्य भएका हुन्। मंगलबार राति बेरुत बन्दरगाहमा बिस्फोटक पदार्थको एक गोदाममा भएको बिस्फोटमा १ सय  ३५ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन्।

मोदीले अयोध्यामा राम मन्दिर शिलान्यास गर्दै, जनकपुरको माटो र चाँदीका इँटा बोकेर गयो नेपाली टोली

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top