१५ प्रश्नको जवाफमा पूर्वयुवराज पारसकी छोरी पूर्णिकाले भनिन्– मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसके


Thursday, 7 May, 2020 8:09 PM
२५ वैशाख, काठमाडौं । राजतन्त्र गएपनि पूर्वराजपरिवारको चर्चा छँदै छ । पूर्वयुवाराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह आफ्नै भूमिकाका कारण चर्चामा छन् । उनीहरुकी जेठी छोरी पूर्णिका शाहमाथि पनि आम नेपालीको नजर छ । उनी अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरेकी छिन् । उनले आफू प्रेममा रहेको संकेत पनि गरेकी छिन् । qooh.me नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका दर्जनौँ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।
  • पूर्णिकासँगका १५ रमाइला प्रश्नोत्तर यस्ता छन्ः

प्रश्नः धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरूलाई तपाईंको सन्देश के छ ?

पूर्णिकाः सबैको माया र साथलाई हामी कदर गर्छौं ।

प्रश्नः तपाईंको प्रेरणा स्रोत को हो ?

पूर्णिकाः मेरी आमा

प्रश्नः तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबाबलाई कसरी सामना गर्नुहुन्छ ?

पूर्णिकाः मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सधैं मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।

प्रश्नः तपाईंले कहिल्यै कसैलाई थप्पड हान्नुभएको छ ?

पूर्णिकाः अँ, हानेकी छु ।

प्रश्नः रोमान्टिक फिल्म कि हरर फिल्म रुचाउनुहुन्छ ?

पूर्णिकाः हरर

प्रश्नः थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ?

पूर्णिकाः मसित कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।

प्रश्नः तपाईं आफ्ना भाइबहिनीसँग कत्तिको झगडा गर्नुहुन्छ ?

पूर्णिकाः हामी त कुकुर र बिरालो जस्तै झगडा गरिरहन्छौं ।

प्रश्नः तपाईंको चम्किलो छालाको रहस्य के हो ?

पूर्णिकाः स्न्यापच्याट फिल्टर !

प्रश्नः तपाईंले आफ्नो भाइका फ्यानगर्लहरूको टिकटक हेर्नुभएको छ ?

पूर्णिकाः हेरेको छु । ‘क्युट’ छ ।

प्रश्नः तपाईं शाकाहारी हो ?

पूर्णिकाः अहिले होइन । भविष्यमा हुन्छु होला ।

प्रश्नः तपाईंको भाइबहिनीको सबैभन्दा राम्रो गुण के हो ?

पूर्णिकाः उनीहरूको हृदय कोमल छ ।

प्रश्नः तपाईं कहिल्यै एकान्तमा रुनुभएको छ ?

पूर्णिकाः रोएको छु ।

प्रश्नः मैले तपाईंका बारेमा दुईवटा कुरा सुनेको छु । तपाईंले संस्कृत पढ्नुभएको छ र तपाईं नेपाली भाषामा राम्रा कविता लेख्नुहुन्छ । यी कुरा सत्य हुन् ?

पूर्णिकाः म संस्कृत जान्दिनँ र नेपालीमा कविता पनि लेख्दिनँ ।

प्रश्नः तपाईंको  ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?

पूर्णिकाःमलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ’ भेटिसकें । 

प्रश्नः तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?

पूर्णिकाः यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?





 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top