स्वास्थ्य र स्वाद : रमजानमा खानपान यस्तो राम्रो


Thursday, 8 Jun, 2017 3:59 PM
मुस्लिम समुदायको सबैभन्दा ठूलो चाड रमजान चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानको धार्मिक नियम निकै कडा  हुन्छ । दिनभर भोको बस्नुपर्छ, यसलाई रोजा भनिन्छ । सूर्यास्तपछि मात्रै खाने चलन छ । तर, दिनभर खाली रहेको पेटमा एक्कासी जस्तोपायो त्यस्तै खाना पर्दा स्वास्थ्यमा समस्या निम्तिन सक्छ । रमजानको समयमा कस्तो खानपाने गर्ने भन्नेबारे कमै जानकार हुन्छन् । स्वास्थ्य र स्वाद दुवैलाई उपयुक्त हुने गरी खानपान गर्न चिकित्सकले सुझाव दिएका छन् :



फलफूल र सलाद खानुहोस् 

रोजा सकिएपछि सुरुमा केही फलफूल खानु राम्रो हुन्छ । केरा, खरबुजाजस्ता ताजा फलफूल सेवन गर्दा शरीरमा पानीको मात्रा पनि मिल्छ । फलफूले भोको शरीरलाई दागत दिन्छ । योबेला पानी पिउनुभन्दा पनि फलफूलमै जोड गर्नु राम्रो हो । काँक्रा र गाँजरको सलादले पनि राम्रो गर्छ । यि चिजमा पानीको मात्रा राम्रो पाइन्छ । सीधै पानी पिउँदा फाइदा गर्दैन ।
भाको पेटमा तत्काल धेरै पानी पिउँदा पनि फाइदा गर्दैन । फलफूल र सलादको पानी बिस्तारै शरीरभर सञ्चार भएर उर्जा प्रदान गर्छ । 

कोल्ड ड्रिंक्समा मन नलैजानुहोस् 

पहाडी क्षेत्रमा भन्दा तराईमै मुस्लिम समुदाय बढी छन् । तराईमा अहिले उखरमाउलो गर्मी छ । त्यसैले रोजा सकिएपछि कोल्ड ड्रिंक्स पिउने चलन पाइन्छ । गर्मीमा चिसोले केहीबेर राहत दिएपनि रक्तसञ्चारमा असर पारेर मुटुमा खतरा निम्त्याउन सक्छ । धपडीले गलेको शरीरमा एक्कासी धेरै चिसो पिउन राम्रो होइन । फ्रिजमा राखेको पानी पनि नपिउनुहोस् ।

चिल्लो, पिरो र मसलेदार त्याग्नुहोस्

दिनभर भोको बस्ने व्यक्तिको शरीरमा पानी र उर्जा कम भइरहेको हुन्छ । यस्तो अवस्थामा रोजा सकिएलगत्तै भोक टार्न चिल्लो, पिरो र मसलेदार खाना नै रोज्न मन लाग्छ । भोकपनि मेट्ने र स्वाद पनि दिने भएकाले यस्तो खाना रुचिकर लाग्छ । तर, गर्मी मौसमसमेत भएकाले भोको पेटमा मसलेदार खानाको असर बढी पर्छ । 

मुस्लिम समयुदायमा त चटपटे खालका खाना र मासु खाने प्रचलन छ । भोको बस्दा ग्यास्ट्राइटिसले पनि सताउन सक्छ । यसमाथि मसलेदार खानेकुराले त झन् समस्या थप्छ । माछा–मासुले पनि खासै फाइदा गर्दैन । यस्ता खानाले एसिडिटीको समस्या बढाउने तथा मुटु र नसामा गर्ने खतरा रहन्छ ।

सादा दाल, भात, तरकारी नै ठीक

भोक पनि मेट्न र असर पनि नगरोस् भन्नका लागि सामान्य परिकार नै उपयुक्त हुन्छ । रोटी, दाल, भात र तरकारी नै ठीक हुन्छ । यस्ता खानामा कार्बोहाइड्रेडको मात्रा पनि पर्याप्त पाइन्छ । यसले दिनभरको भोको शरीरलाई उर्जा दिन्छ । सादा खाना पाचन पनि सहजै हुन्छ । 

एकैपटक धेरै नखानुहोस्

दिनभरको भोको पेटले टन्न खाना माग्छ । तर, लामो समयको भोक मेट्न एकैपटक धेरै खाँदा बेफाइदा गर्छ । शारीरिक प्रतिक्रिया उत्पन्न भएर मान्छे बेहोस नै हुनसक्छ । ठोस खानामात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनु हुँदैन । थोरै खाँदै, आराम गर्दै, पटक–पटक खान सकिन्छ । 

चिया र चुरोट छुँदै नछुनुहोस्

चिया र चुरोट स्वास्थ्यका लागि कहिल्यै राम्रो होइन । खाली पेटमा त झन् बिषै हुन् । रोजा बस्दा थुक पनि निल्न हुन्न भन्ने मान्यता छ । त्यसैले धुमपान गर्ने लत भएकाहरुलाई रोजा सकिएपछि तलतलले सताउँछ । यो बेला चिया र चुरोट खाँदा सामान्य अवस्थामा भन्दा धेरै गुणा बढी असर गर्छ । 

बूँदामा खानपान
१. रोजालगत्तै फलफूलको रस
२. शरीरलाई केहिबेर आराम 
३. केहीबेरमा फलफूल
४. खानामा दाल र तरकारीसँग भात या रोटी
५. खानासँग पानीभन्दा सलादमा जोड

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top