norvic
global ime bank

​बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ


Wednesday, 15 Sep, 2021 11:26 AM
३० भदौ, काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलबार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पुर्याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो । बालिकालाई गन्तव्यसम्म नपुर्याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । 

घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

अमेरिकाका उपराष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

८ असोज, न्युयोर्क । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो ।

आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने चीनको घोषणा

७ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

वायु प्रदुषण खतरनाक बन्दै गएको डब्लुएचओको चेतावनी

७ असोज, न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको   तथ्याङ्क सार्वजनिक गरेको छ ।

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top