​जब सद्दाम हुसेनलाई फाँसी दिइयो, अमेरिकी सैनिक भक्कानो छुटाउँदै रुन थाले


Friday, 9 Jun, 2017 1:57 PM
तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश प्रशासनको बुझाईमा इराकले आमविनाशकारी हतियारको निर्माण गरिरहेको छ । इराकी राष्ट्रपति सद्दाम हुसेनले आफ्नै जनता विरुद्ध रासायननिक हतियार प्रयोग गरेका छन् । इराकमाथि तत्काल आक्रमण नगर्ने हो भने त्यो अमेरिकाका र उसका सहयोगी मुलुकहरुका लागि गम्भीर खतरा हुनेछ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अमेरिकाले यस्तो तर्क प्रस्तुत गर्दै इराक विरुद्ध आक्रमणको तयारी गर्यो । अमेरिकाको पछि पछि दगुर्ने सहयोगी राष्ट्रहरुका लागि बुस जे बोल्छन्, त्यो ब्रम्ह् वाक्य हुने नै भयो । 

इराकमा अमेरिकाको नेतृत्वमा आक्रमण सुरु भयो । सद्दाम हुसेनलाई सत्ताच्यूत गर्न लाखौं अमेरिकी सैनिकहरु इराक पठाइए । सद्दामका सेना र अमेरिकी गठबन्धन सेनाबीच भीषण लडाईं सुरु भयो । तर, इराकमा नत आणविक हतियार थियो, आमविनाशकारी रासायनिक हतियार नै । यदि, भएको हुँदो हो त सद्दामले ती हतियार प्रयोग गर्थे होला सायद । अमेरिका सद्दामलाई सत्ताच्युत गरेर आफ्नो पपेट सरकार बनाउन मात्र आतुर थियो । जर्ज बुशका लागि बगदादको सत्ता र बगदादको स्वामित्वमा रहेको तेलखानीहरू कब्जा गर्नुथियो । दोस्रो खाडी युद्धको रुपमा चिनिएको त्यो युद्धमा सद्धाम हुसेनको सत्ता पतन भयो । बगदादमा सद्दामको शालिक ढलेको केही महिना पछि क्रिकुकमा रहेको भूमिगत सुरुङभित्र लुकेको अवस्थामा अमेरिकी सैनिकको नियन्त्रणमा पुगे सद्दाम । 

सद्दामलाई कस्तो फैसला हुनेछ त्यो विश्वले बुझिसकेको थियो । त्यसको तय ह्वाईट हाउसले गरिसकेको थियो मुखौटा खाली इराकी नयाँ सरकार थियो । सद्दामलाई सन् २००६ को ३० डिसेम्बर बिहान बिहानै फाँसी दिइयो ।  तर, जति समयसम्म सद्दाम अमेरिकी सैनिकको नियन्त्रणमा रहे, ती सैनिकहरुले कहिल्यै सद्दाममा हिंस्रक व्यवहारको व्यक्तित्व पाएनन् बरु, एक असल हजुरबाको रुपमा टिप्पणी गरे । ती अमेरिकी सैनिकहरुलाई  'सुपर टुवेल्थ' भनिन्थ्यो । ति मध्ये एक वार्डेनवर्परले सद्दामसँगको दिनलाई आधारित मानेर एक पुस्तक प्रकाशित गरेका छन् । बीबीसी संवाददाता रेहन फजालले यो पुस्तकका आधारमा यौटा लामो फिचर लेखेका छन् :




सद्दाम हुसेनको सुरक्षामा तैनाथ १२ अमेरिकी सैनिक उनको जिन्दगीको खास मित्र त थिएन तर अन्तिम मित्र भने अवश्य थिए । सद्दामको अन्तिम क्षणसम्म सँगै रहेका ५५१ सैन्य कम्पनीबाट चुनिएका यी सैनिकलाई सुपर टुवेल्भ भनिन्थ्यो । 

यिनीहरुमध्ये एक विल वार्डेन वर्परले एक किताब लेखेका छन् ‘द प्रिजनर इन हिज प्यालेस, हिज अमेरिकन गार्डस एण्ड ह्वाट हिस्ट्री लेफ्ट अनसेन्ड’ । जसमा उनले सद्दामको सुरक्षा गर्ने समय र अन्तिम दिनको विवरण प्रस्तुत गरेका छन् । 

बार्डेनवर्पर ले पुस्तकमा लेखेअनुसार जब सद्दामलाई फाँसी दिने व्यक्तिहरुलाई सुम्पिँदै थियो, त्यस समय, सद्दामको सुरक्षामा लगाइका सबै अमेरिकी सैनिकको आँखामा आँसु थियो । 

हजुरबा जस्तै देखिन्थे सद्दाम 




बार्डेनवर्पर आफ्ना एक साथी एडम रोजरसनलाई उदृध गर्दै किताबमा लेख्छन्, ‘हामीले सद्दामलाई मनोविकृत हत्याराको रुपमा कतै देखेनौं । हामीले त उनलाई आफ्नै हजुरबा जस्तै देख्यौं । सद्दाममाथि १४८ जना विरोधीलाई हत्या गर्ने आदेश दिएको अभियोगमा मुद्दा चलाइएको थियो ।’ 
सद्दामले जेलमा आफ्नो अन्तिम दिन अमेरिकी गाईका मेरी जे व्लाइजाको गीत सुन्दै बिताए । उनी आफ्नो पुरानो एक्सरसाइज बाइक मा बस्न मन पराउँथे । जसलाई उनी पोनी नाम राखेका थिए । 

सद्दामलाई गुलियो खानेकुराको एकदमै रुची थियो । त्यसैले मफनी खानको लागि उनी सधैं हतार गर्थे । 

बार्डेनवर्पर लेख्छन्, ‘आफ्नो अन्तिम दिनमा सद्दामले अरुप्रति विनम्र व्यवहारमै प्रस्तुत भए । उनको यो व्यवहारबाट कतै आभाष हुँदैनथ्यो की उनी आफ्नो शासनकालमा क्रुर थिए । 


फिडेल क्यास्त्रोले सिकाए सिगार पिउन 



सद्दामलाई ‘कोहिबा’ सिगार पिउने खुब सोख थियो । जसलाई उनले नरम वाइप्सको डिब्बामा राख्दथे । उनले बताउने गर्थे कि कैयौं वर्ष पहिले फिडेल क्यास्त्रोले उनलाई सिगार पिउन सिकाएका थिए । 

वार्डेनवर्पर थप लेख्छन् सद्दामलाई बोटबिरुवाप्रति असाध्यै सोख थियो । त्यसैले, उनले जेल परिसरमा रहेका बेकारको झाडीलाई सुन्दर फूल जस्तै मान्थे । 
सद्दाम आफ्नो खानपिनमा एकदमै संवेदनशील हुन्थे । उनी नास्ताई टुक्रा बनाउँथे । पहिला अमलेट, त्यसपछि मफनी र त्यसपछि ताजा फल । केहीगरी भुलबस अमलेट टुक्रा पर्यो भने उनले खान अस्वीकार गर्थे । 

बार्डेनवर्पर पुस्तका सम्झिन्छन्, ‘सद्दाम आफ्नो छोरा उदयको क्रुरताको बारेमा भयानक किस्सा सुनाउने गर्थे । उदयले एक पार्टीमा जथाभावी गोली चलाएका रहेछन् जहाँ कैयौं मानिसको मृत्यु भएको थियो भने कैयौं घाइते । उदयको त्यस हर्कतबाट चिन्तित सद्दामले उदयका सबै कारमा आगो लगाइदिन आदेश दिएका थिए । सद्दामले उदयको महंगा राल्यरायस, फरासी एवं पोर्श कारमा आगो लगाइदिएका थिए ।’ 


दिलदार सद्दाम



सद्दामको सुरक्षामा रहेका एक अमेरिकी सैनिकले बार्डेनवर्परलाई बताएका थिए कि भाइको मृत्युको खबर सुनेपछि विक्षिप्त भएका सद्दामले उनलाई अंगालो मारेर आजबाट आफुलाई दाइ सम्झिन आग्रह गरेका थिए । 

सद्दामले एक अर्को सैनिकलाई बताएका थिए, ‘यदि मेरो धनसम्पती मलाई प्रयोग गर्ने अनुमति मिल्यो भने मैले तिम्रो छोरालाई कलेजको शिक्षाका लागि हुनेखर्च सबै व्यहोर्नेछु ।’ 

एक रात सबै सैनिकले २० वर्षको सैनिक डान्सनलाई यौटा अमिल्दो सुट लगाएर घुमेको देखे । पछि थाहा भयो कि त्यो सुट त सद्दामले डान्सनलाई उपहार पो दिएका रहेछन् । बार्डेनवर्पर लेख्छन्, ‘कयौं दिनसम्म हामी डान्सनलाई इल्लिबिल्ली पार्यौं । किनकी उले त्यो सुट लगाएर यसरी हिँड्थ्यो कि मानौं ऊ फेसन शोमा क्याटवाक गर्दैछ ।’ 

सद्दामको सुरक्षामा रहेका गार्डबीचको मित्रता लुकिलुकि चल्यो । किनकी, सैनिकहरुलाई कडा आदेश थियो सद्दामको नजिक जाने विल्कुल कोशिस नगर्नु । 

सद्दाम हुसेनलाई मुद्दाको समय दुई वटा जेलमा राखिएको थियो । एक बगदादमा अन्तर्राष्ट्रीय ट्राइब्यूनलको जेल थियो दोस्रो, उत्तरी बगदादमा उनकै एक द्वीप माथि महल थियो  जहाँ पुग्न एक पुलको प्रयोग गर्नुपथ्र्यो । 

बार्डेनवर्पर लेख्छन्, ‘हामीले सद्दामलाई केही पनि दिएनौं जसको हकदार उनी स्वयं थिए । तर, उनको गरिमालाई कहिँ आघात पु-याउने काम भने गरेनौं ।’ 

स्टीव हचिन्सन, क्रिस टास्कर एवं अर्का एक गार्डले एक स्टोर रुमलाई सद्दाम बस्ने कोठा बनाइदिएका थिए । 


सद्दामको दरबार बनाउने काशिस



एक दिन सद्दामलाई सरप्राइज दिने योजना बन्यो । पुरानो कवाडखानाबाट एक छोटो कुर्ची र छालाको कभर भएको टेबुल निकालियो । टेबुलमाथि इराकको सानो झण्डा लगाइयो । बार्डेनवर्पर आफ्नो पुस्तकमा अघि लेख्छन्, ‘यो सबै गर्नुको पछाडि सद्दामलाई जेलमा पनि शासनाध्यक्षकै जस्तो माहोल पैदा गर्नु थियो । जब सद्दाम त्यस कोठामा पहिलो पटक पुगे, एक सैनिकले टेबुलमा लागेको धुलोलाई कपडाले सफा गर्दै थिए । सद्दामले यस ‘जेस्चर’ लाई नोट गरे र पछि कुर्चीमा बसेपछि मज्जाले मुस्कुराए ।’ 

सद्दाम हरेक दिन त्यस कुर्चीमा आएर बस्न थाले । उनको सुरक्षामा रहेका सैनिक अगाडि भैको कुर्चीमा बस्दथे । माहोल यस्तो थियो कि उनी आफ्नो दरबारमै छन् । 

बार्डेनवर्पर बताउँछन् कि सैनिकको सबै कोशिस सद्दामलाई कसरी खुशी राख्ने भन्ने मै थियो । त्यसको बदलामा सद्दाम पनि उनीहरुसँग हाँसीमजाक गरेर वातावरणलाई खुशी बनाउँथे । 

केही सैनिकले पछि बार्डेनवर्परलाई बताएका थिए कि उनीहरुलाई पुरा विश्वास यो थियो कि यदि सैनिकहरुलाई कथंकदाचित कतैबाट हमला भैहाल्यो भने पनि आफुहरुलाई बचाउको लागि सद्दाम आफ्नो ज्यान दिनको लागि तयार हुनेछन् । सद्दामले मौका मिल्ने वित्तिकै सैनिकहरुका परिवारको बारेमा सोधपुछ गर्दथे । 

यस किताबमा सबैभन्दा चकित बनाउने किस्सा त्यो हो, ‘सद्दामलाई फाँसी दिएपछि उनको सुरक्षामा रहेका अमेरिकी सैनिकहरुले शोक मनाएका थिए । जबकी अमेरिका सद्दामको कट्टर दुश्मन मान्थ्यो ।’ 

सैनिकहरुमध्ये एक एडम रौजरसनले विल बार्डेनवर्परलाई बताएका थिए, ‘सद्दामलाई फाँसी दिएपछि हामीले उनीप्ति गद्दारी गर्यौं । हामी आफैलाई हत्यारा सम्झेका छौं । यस्तो लाग्दैछ हामीले त्यस्तो व्यक्तिको हत्या गर्यौं जो हाम्रो अत्यन्त नजिकको मान्छे थियो ।’ 

सद्दामलाई फाँसी दिएपछि जब उनको शवलाई बाहिर ल्याइयो जहाँ उपस्थित भीडले सद्दामलाई अपमान गर्यो थुक्यो । 


अमरीकी सैनिक चिन्तित थिए 



बार्डेनवर्पर लेख्छन् कि शवप्रतिको यस्तो अममान देखेर सद्दामसँग अन्तिम दिनसम्मसँगै रहेका सैनिकहरु अत्यन्त चिन्तित र आक्रोशित समेत बनेका थिए । 

उनीहरु मध्य एक सैनिकले त भीडमा रहेका एकदुई जनासँग झगडा नै गर्न खोजेका थिए तर उनका अन्य साथीहरुले त्यसो गर्नबाट रोके । ती सैनिकमध्ये एक स्टीव हचिन्सनले सद्दाम हुसेनलाई फाँसी दिएपछि अमेरिकी सेनाबाटै राजिनामा दिए । हचिन्सन यस समय जर्जियामा बन्दुक एवं टैक्टिकल ट्रेनिङको कारोबार गर्छन् । उनलाई अझै पनि यस्तो लाग्छ कि ती इराकीहरुलाई कारवाही गर्न किन दिइएन जसले सद्दामको शवलाई अपमान गरेका थिए । 

सद्दामले आफ्नो अन्तिम दिनसम्म पनि यो सोचेका थिए कि उनलाई फाँसी दिइने छैन । एक सैनिक एडम रोजरसनले बार्डेनवर्परलाई बताएका थिए, ‘एकपटक सद्दामले उनीसँग भनेका थिए कि जेलबाट छुटेपछि कुनै महिलासँग प्रेमविवाह गर्ने मन छ ।’

तर, ३० दिसम्बर २००६ बिहान ३ बजे सद्दामलाई उठाइयो । उनलाई बताइयो की केही बेरमा उनलाई फाँसी दिईंदैछ । यो सुनेर सद्दाम निकै नर्भस भए । उनले चुपचाप नुहाए अनि आँफै फाँसीको लागि तयार भए । त्यस समय पनि उनको एउटै चिन्ता थियो ‘के सुपर टुवेल्भलाई निद आयो ?’ 

आफ्नो फाँसीभन्दा केही मिनेट पहिला सद्दामले स्टीव हचिन्सनलाई जेलको कोठाबाट बाहिर बोलाएर आफुले लगाएको रेमण्ड वील घडी दिए । हचिन्सनले जब यसलाई अस्वीकार गर्न खोजे, सद्दामले जवरजस्ती त्यो घडी उनको हातमा लगाइदिए । 

हचिन्सनको जर्जियास्थित घरमा रहेको सेफभित्र अझै पनि त्यो घडीले टिक टिक गरिरहेको छ । 

-बीबीसी


 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top