संक्रमणबाट बच्न यसरी बढाउनुहोस् प्रतिरोधात्मक क्षमता


Thursday, 19 Mar, 2020 9:01 AM
काठमाडौँ ।
प्रतिरक्षाले हामीलाई रोगहरुबाट सुरक्षित राख्छ। प्रतिरोधक क्षमताले हाम्रो शरीरमा भएको जीवाणुहरुको संक्रमणबाट बचाउने भूमिका खेल्छ। रोगसँग लड्नसक्ने क्षमता बढी भएका मानिसहरु कम बिरामी हुन्छन् भने यो क्षमता कम भएका मानिसलाई धेरै रोग लाग्छ ।  

तर, कसरी रोगसँग लड्ने क्षमता बढाउने भन्ने कुरा धेरैलाई थाहा हुँदैन । प्रतिरक्षा शक्ति बढाउन तपाईले दैनिक उपयोग गर्दै आएका खानेकुरालाई मिलाएर खाए मात्र पुग्छ ।

भान्साकोठामा उपयोग गरिने जिरा, धनिया, टिम्मुर, अदुवा, लसुन, बेसारलगायतका विभिन्न मसला, फलफूल सागसब्जीका सन्तुलित र समुचित उपयोगले विभिन्न रोगविरुद्घको शक्ति प्राप्त हुन्छ । खानपानमा बेसारको निरन्तर उपयोगले प्रतिरक्षा क्षमतामा बृद्धि हुन्छ ।

स्वस्थकर जीवनशैली, खानपान र योग व्यायामको समुचित प्रयोगले स्वस्थ भएर बाँच्ने प्रक्रियामा सघाउ पुग्छ ।  



चिनीको लहरोसमेत भनिने गुर्जो रोग प्रतिरोधक क्षमता बढाउन अत्यन्त राम्रो मानिन्छन् । यसले एन्टिअक्सिडेन्टको काम गर्ने भएकोले चियाजस्तै पकाएर खानु उपयोगी हुन्छ । गुर्जोको लहरोका स–साना टुक्रालाई राति पानीमा राखेर बिहान नियमित रूपमा पिउँदासमेत रोग प्रतिरोधक क्षमता बढ्छ । अझ तुलसीको पात र बेसार वा गुर्जा र बेसारलाई चियाजस्तै पकाएर दिनहुँ सेवन गर्नाले ब्याक्टेरिया र भाइरसविरुद्घको शक्ति प्राप्त हुन्छ ।  

टिम्मुर, मरिच, तेजपात, आदिमा समेत इम्युनिटी पावर बढाउने शक्ति रहेको हुन्छ ।

भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ। यसर्थ यस्ता फलफूल दैनिक भोजनमा समावेश गर्नुपर्छ।  

पहेंला फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्।

आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्।

लसुनमा जिंक तत्व हुन्छ।  लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिइन्छ। दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।  

अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।

बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

(अपडेट) लेबनान बिस्फोट : घरहरू क्षतिग्रस्त भएपछि दुई लाख ५० हजार मानिस घरबाहिरै

२२ साउन, काठमाडौं । लेबनानको बेरुतमा भएको बिस्फोटका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरमा बस्न पाएनन्। बिस्फोटका कारण घर क्षतिग्रस्त भएका कारण उनीहरु दोस्रो रात पनि घरबाट बाहिर बस्न बाध्य भएका हुन्। मंगलबार राति बेरुत बन्दरगाहमा बिस्फोटक पदार्थको एक गोदाममा भएको बिस्फोटमा १ सय  ३५ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन्।

मोदीले अयोध्यामा राम मन्दिर शिलान्यास गर्दै, जनकपुरको माटो र चाँदीका इँटा बोकेर गयो नेपाली टोली

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top