​अलिकति सिर्जनशील बन्दा यसो पनि गर्न सकिन्छ, हामी कहिले बन्छौ सिर्जनशील ?


Thursday, 27 Jul, 2017 9:20 AM

सरकारले केही गरेन त्यो पनि सत्य हो । सरकारमा पुगेकाहरु कसरी कमाउँ भन्नेमै व्यस्त देखिएको पनि बढ्दो भ्रष्टाचारले पुष्टि गरेकै छ । सरकारी कार्यालयहरुमा नियुक्त कर्मचारी काम गर्नेभन्दा काममा कसरी अवरोध सिर्जना गर्ने र कमाउने धन्धामै रहेको सबैको नाङ्गो आँखाले देखिएकै छ । 

तर, हामी सचेत भनिएका जनताचैं यसमा कति दोषी छौ नि ? चोक होस् कि चियापसल यो नेताले केही गरेन । सरकारले त कामै गरेन । यो देशमा बसेर केही पनि हुँदैन । यही होइन अहिलेसम्म गरिरहेको ? तर, अलिकति मात्रै सिर्जशील हुने हो र भने फोहोरबाट पनि मोहोर बनाउन सकिन्छ । नत्र यही उदाहरण मात्रै हेरौं–

कम्बोडियाको राजधानी नोमपेन्हमा हरेक दिन जति फोहोर निस्कन्छ, यूक वान्डीले त्यसबाट केही नयाँ काम गर्ने सोचे । उनको दिमागमा एउटा अनौठो तरिका आयो, त्यही फोहोरबाट विद्यालय बनाउने ।

राजधानी नोमपेन्हको बाहिरी क्षेत्रमा कोह डाख द्वीपमा बनेको छ यो कोकोनट स्कुल । यहाँ पानीको बोतललाई निकै राम्रोसँग काटेर अलगअलग रंगले रङ्ग्याइएको छ। फेरी यसमा कम्बोडियाको झण्डाको आकार दिइएको छ। 

भित्ता र भूँइलाई टायलले ढाक्नु निकै महंगो पर्दछ । त्यसो साटो विद्यालयमा खाली भइसकेको बियरको बेकारका बोत्तलको भित्ता सजाइएको छ। भूँइमा त्यही बियरको बोत्तलको बिर्को प्रयोग गरिएको छ।

विद्यार्थीहरुले पनि यो विद्यालयमा फोहोर व्यवस्थापन र प्रशोनसम्बन्धी विशेष कक्षा लिने गर्दछन् । र, खेर जाने बस्तुलाई पुनःप्रयोग गर्ने तरिका सिक्छन् । विद्यालयका संस्थापक ऊक भन्छन्–यसबाट विद्यार्थी सिर्जनशील बन्छन् र पर्यावरण पनि सफा रहन्छ ।

विद्यालय सञ्चालक वान्डी विद्यालयबाट कुनै पैसा कमाउँदैनन् उनी आफूले चिनेकाहरुसँग चन्दा लिन्छन् । केही स्थानीय क्याफेले विद्यालयलाई दानका रुपमा प्रयोग गरिएका प्लास्टिकका चम्चा र कप पनि दिन्छन् । जसबाट विद्यालयको छाना छापिएको छ।

बालबालिकाहरुले फूल उमार्ने पनि सिर्जनशील तरिका निकालेका छन् । कोकोनट स्कुलमा पूराना टायरको प्रयोग गरेर रंगीविरंगी कन्टेनर बनाएका छन् । त्यसमा विद्यालयलाई सुन्दर बनाउन फूल लगाइएको छ।

कोकोनट विद्यालयमा कुनै पनि वस्तुलाई खेर फ्याँक्न दिइँदैन । शिक्षक र विद्यार्थी सधैं खेर जाने वस्तुलाई पुनःप्रयोग गर्ने नयाँ नयाँ तरिका खोजिरहन्छन् । र, ्रत्यस्ता वस्तुलाई कुनै न कुनै रुपमा प्रयोग गर्न लायक बनाउँछन् ।

विद्यालय निर्माणकर्ता वान्डी भन्छन्–कम्बोडियालाई सफा राख्न र युवाहरुलाई पर्यावरणसम्बन्धी शिक्षा दिन जरुरी छ । जब सबैले यस्ता साना साना कदम चाल्नेछन् र आफू वरपर परिवर्तन ल्याउनेछन् तब यो परिवर्तनले पर्यावरणका साथै जीवनमा परिवर्तन ल्याउनेछ । 

नेपाल नयाँ संविधान अनुसार संघीय ढाँचामा गएको छ । त्यसअन्तर्गत स्थानीय तहको चुनाव पनि भएको छ । सिंहदरबारको अधिकार पनि स्थानीय तहमा पुगेको बताइन्छ । अब हाम्रा स्थानीय तहहरुले आआफ्नो स्थानमा यस्तो सोच अघि सारे देशको मुहार फर्ने समय लाग्ने छैन । देशका आधा स्थानीय तहले मात्रै पनि यसप्रकारको सोच कार्यान्वयन गर्ने हो भने देश विकासले सिर्जनशील प्रयोगसहित फड्को मार्नेछ । त्यसपछि विकासका लागि न त विदेशीसँग भिख नै माग्नुपर्नेछ न त सरकारले यो गरेन र त्यो गरेन भन्दै आफै विदेशमा जोखिमपूर्ण कामका लागि लाम लाग्नुपर्नेछ । त्यसका लागि सोचाईमा थोरै सिर्जनशीलताको विकास भने जरुरी छ । एजेन्सीको सहयोगमा ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top