norvic
global ime bank

तपाईंको दिसामा संसार बचाउने शक्ति छ


Friday, 6 May, 2022 5:56 PM


काठमाडौं ।  शरीरबाट निस्कने दिसा र पिसाबको कुरा आउँदा मानिसहरूले प्रायः आफ्नो नाक र आँखा खुम्चाउने गर्छन् । यसलाई फोहोरको रूपमा मात्र होइन यसलाई अस्वच्छ पनि मानिन्छ ।

तर, हाम्रो शरीरबाट निस्कने यो फोहोर असाध्यै काम लाग्ने छ । यो यति शक्तिशाली छ कि यसले मानिसको भविष्य बचाउन सक्छ । अचम्म लाग्यो रु आउनुहोस्, यसबारे जानकारी लिऔँ । औसतमा, एक वयस्कले हरेक वर्ष ९१ केजी दिसा र ७३० लिटर पिसाब निकाल्छन्  तर, यो के हुन्छ रु यसलाई प्रयोग गर्न सकिन्छ त ?

यो आज मात्र नभई प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको छ । प्राचीन रोममा पनि मानव मल ९दिसा–पिसाब० खेर फालिँदैनथ्यो । दिसालाई बगैंचामा मलको रूपमा प्रयोग गरिन्थ्यो भने पिसाबको प्रयोग कपडा निर्माणमा हुने गर्दथ्यो ।

इङ्गल्याण्डका राजा हेनरी आठौं ९सन् १५०९ देखि १५४७० को समयमा ‘ग्रुम अफ द स्टूल’, देशको एउटा महत्त्वपूर्ण पदमध्येको एक थियो ।

यस पदमा रहेका व्यक्तिले राजाको दैनिक कार्यमा सहयोग गर्थे । उनलाई राजाको निकै नजिकको व्यक्ति मानिन्थ्यो ।

गोंग किसानहरू ९दिसाको भाँडो खाली गर्नेहरु० ले राती नै खाली गरेरस्थानीय किसानहरूलाई बेच्ने गर्थे ।

पिसाब संकलन गरी छालालाई नरम बनाउन प्रयोग गरिन्थ्यो ।

हामी के गर्ने सक्छौं ?

यसरी हामीले पनि हाम्रा पुर्खाहरूबाट मलमूत्रको उपयोगी विसर्जन बारे सिक्न सक्छौं । यसले हाम्रा धेरै वर्तमान समस्याहरूको समाधान गर्न सक्छ ।

पहिले हाम्रो ऊर्जा आवश्यकताको बारे कुरा गरौँ ।

पेटको राम्रोसँग सफाइका लागि फाइबरयुक्त खानेकुरा बढी खानुपर्छ भन्ने मान्यता छ । यसले कब्जियतको समस्या उत्पन्न गर्दैन ।

अर्थात्, यो एउटा यस्तो स्रोत हो जसको आपूर्ति सधैं कायम राख्न सकिन्छ । यस्तो अवस्थामा ऊर्जाको लागि पानी, हावा वा अन्य स्रोतहरूको निरन्तर आपूर्तिसँग तुलना गर्दा यो बढी भरपर्दो हुन्छ ।

ढल प्रशोधन गरेपछि बाँकी रहेको फोहोर मिथेन उत्पादनको लागि राम्रो कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिन्छ ।

आधुनिक ट्रीटमेन्ट प्लान्टमा पनि यसमा ब्याक्टेरिया मिसाएर घरघरमा पाइपबाट वा सवारी साधनमा इन्धनको रूपमा प्रयोग गरिने बायोग्यास बनाइन्छ ।

यो पेट्रोल वा डिजेल भन्दा धेरै सफा इन्धन हा े।

यसरी हामीले ढलबाट पेट्रोल, डिजेल र ग्यासमाथिको निर्भरता घटाउन सक्छौँ ।

यसले विद्यमान प्राकृतिक स्रोतहरूमाथिको दबाब घटाउने छ भने वातावरणमा कार्बन उत्सर्जनमा पनि कमी ल्याउनेछ ।

पिसाब कति उपयोगी छ रु

त्यसैगरी, पिसाब पनि मानिसको लागि लाभदायक हुन सक्छ ।

वास्तवमा, विश्वको ७२ प्रतिशत पानी कृषिमा प्रयोग गरिन्छ । आगामी दिनमा बढ्दो जनसङ्ख्या र जलवायु परिवर्तनले पानीको माग अझ बढ्नेछ ।

एक दशकमा कतिपय देशमा यस्तो अवस्था आउन सक्छ कि पानीको कमीका कारण मानिसहरूले त्यो ठाउँ छोड्नेछन् ।

बेलायतमा हरेक वयस्कले दैनिक ९० लिटर पिसाब निकाल्छन् । यसबाहेक उनीहरुले घरमा प्रयोग हुने १४० लिटर पानी नालीमा बगाइदिन्छन् ।

के यो पानी पुन ः प्रयोग गर्नाले पृथ्वीलाई खतरनाक खडेरीबाट बचाउन सकिन्छ रु यसको जवाफ हो, सकिन्छ ।

यसका लागि प्रविधि पनि उपलब्ध छन् र यो पहिलेदेखि  नै प्रयोग भइरहेको छ ।

हाल इजराइलले प्रयोग भइसकेको ९० प्रतिशत पानीलाई रिसाइकल गरेर कृषिका लागि वाषिर्क ५६ हजार ओलम्पिक स्विमिङ पुल जति पानी बनाउने गर्छ ।

फोहोर को उपयोग

कृषिको कुरा गर्दा, कुनै पनि जीवित वस्तु बाँच्नको लागि फस्फोरसमा निर्भर हुन्छ ।

तर, अत्यधिक उत्खननका कारण यो द्रुत गतिमा घट्दै गएको छ र यसको पुनःपूर्ति हुन सक्दैन ।

अमेरिका, चीन र भारतले आफ्नो आगामी पुस्तामा यसको कमीको सामना गर्न सक्छन् ।

कृषिमा फस्फोरस नहुँदा मानिसले आजको तुलनामा आधा मात्रै उत्पादन गर्न सक्छ ।

यस अवस्थामा हामी हाम्रा पुर्खाहरूको नक्कल गरेर माटोमा फोहोरको प्रयोग गर्न सक्छौं ।

जस्तै कि कम्पोष्ट शौचालय वा बायो ग्यास उत्पादनबाट बचेको पोषक तत्व युक्त सुख्खा अवशेषहरू प्रयोग गरेर ।

शौचालयमा परिवर्तन

शौचालयको पुनर्निर्माणले सफा दिसाको पहुँच नभएका ४ अर्ब २० करोड मानिसहरूलाई ठूलो फरक पार्न सक्छ ।

पानी बिना चल्ने  शौचालयले हरेक दिन पाँच वर्ष मुनिका झण्डै ८०० बालबालिकालाई मृत्युबाट बचाउन सक्छ ।

माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्सले शौचालयको बढ्दो बजारले जीवन बचाउने मात्र नभई व्यापारिक दृष्टिकोणले पनि फाइदाजनक रहेको बताएका थिए ।

सन् २०३० सम्ममा शौचालयको बजार ६ अर्ब अमेरिकी डलर पुग्नेछ । हरेक डलरमा पाँच डलरको कमाई हुनेछ ।

त्यसैले तपाईंको दिसा हासो वा समस्याको कारण होइन । यदि हामीले अहिलेदेखि नै काम गर्यौँ भने यसले पृथ्वीलाई जोगाउन सक्छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्णः कमल थापा

२ भदौ काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

२ भदौ, काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको
 

दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

२ भदौ,काठमान्डौँ। दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको
 

अन्तर्राष्ट्रिय

भारतमा एक शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

२ भदौँ ,काठमान्डौँ । भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

 काठमाडौं  । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए ।उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि

आत्मघाती विस्फोटमा तालिबानी नेताको मृत्यु

 काठमान्डौँ। अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top