महान क्रान्तिकारी आमा र सासुआमा


Monday, 24 Feb, 2020 2:08 PM
- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।
 
बितेका दुई दशकमा मुलुकमा कति आर्थिक र भौतिक विकास भयो त्यो बहसकै विषय हो, तर सामाजिक रूपान्तरणमा देशले ठूलो फड्को मार्‍यो । देशको सामाजिक रूपान्तरणमा आमाहरूको अतुलनीय भूमिका रह्ययो ।
 
हुन त हामी क्रान्ति भन्ने बित्तिकै परिवर्तनका निम्ति भएका विद्रोहहरूलाई बुझ्ने गर्छौँ तर नेपाली आमाहरू साच्चै महान छन् विद्रोह बिना नै परिवर्तनको पथलाई आत्मसाथ गरे ।
 
यस दुई दशकको बिचमा सबैभन्दा परिवर्तनको महसुस गरेका र परिवर्तन भएका कोही हुन भने ती आमाहरू र सासुआमाहरू नै हुन्। यी आमाहरूको समय निकै संक्रमणकालीन भयो र छ पनि।
 
यस लेखमा मुख्यतः ति आमाहरूको कुरा गरिएको छ जो ६०/६५ वर्षको  सेरोफेरोमा  छन् ।
 
आमा र सासुआमा
आमाले घरजम गरेको अहिले ४०/४५ वर्ष बितेको छ । ४०/४५ वर्ष अघिका आमा जब बुहारी बनेर घरमा भित्रदै थिए त्यतीबेला आमाको उमेर करिव १६/१७ वर्षको मात्र थियो। कलकलाउँदो उमेरमा आमा घरजम गर्न आउँदा उनकी सासुको उमेर अहिले उनकै जति ६०/६५ को मात्र थियो। तर समय त्यस्तो थियो, अहिले सुन्दा के सत्य थियो होला र भन्ने लाग्छ ।

आमाले आफै पकाएको खाना खान घण्टौँ कुर्नु पर्दथ्यो । परिवारका सबै सदस्यलाई खाना खुवाईसकेपछि मात्र आमाले बचेकुचेको खाना खान्थिन् । विहानै भालेको डाको सहित उठ्नु पर्ने र बेलुका जुन लागेपछि सुत्नु पर्ने दैनिकी थियो। खाना पकाउने, सबैलाई खुवाउने, भाँडा माझ्ने, खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्ने, गोठका गाई भैंसीको स्याहार गर्ने,  लुगा धुने, घर सरसफाइ गर्ने सबै काम तिनै आमाको हुन्थ्यो । खेताबरीको कामले हात हिलाले खाएर झर्ला जस्तै हुन्थ्ये । खुट्टाका छालाहरू चिरिएर चिराचिरा हुन्थ्ये ।

घाम नअस्तान्जेल सम्म खेतबारीमा दौडथुप गर्नुपर्दथ्यो । घाम अस्ताएपछि घरमा राती अबेर सम्म काम गरिरहनुपर्दथ्यो । दैनिकी त्यसरी नै चलाउनु पर्दथ्यो । बिहानै भालेको डाँकोसँगै हिजो गरेजस्तै कामहरू आज हुन्थे । हात्तीछाप चप्पलका  फिता चुडिएपनि फिताहरू  धागोले बाँधेर काम चलाउँनु पर्दथ्यो । तिनै आमा हुन् जसले काम गर्दा गर्दै खेतमै बच्चा जन्माएकी थिइन् । पानी भर्न जाँदा बाटोमा बच्चा जन्माएकी थिइन । न कोही सहयोगी, न कोही मानिस एक्लै बच्चा जन्माइ सारीको सपेटोले बेरेकी थिइन आमाले।

आमाकी सासुआमा (हजुरआमाका) संघर्षका कथा अझ दर्दनाक छन् । तर हजुरआमाले संघर्ष गरिन् आमाले क्रान्ती ।
२०  वर्ष अघिकी आमा
२० वर्ष अघिकी आमा भर्खरै ४०/४५ वर्षमा प्रवेश गर्दै गरेकी आमा हुन् । करिव १५/१६ वर्ष यताका आमाहरू निकै क्रान्तीकारी रूपमा आफूलाई परिवर्तन गर्न सफल भए। ती आमाहरू हुन् जसले गाउँमा दुःख गरेरै भएपनि छोराछोरीलाई शहरमा पढ्न पठाउनुपर्छ भन्ने मान्यता राखे। आफूहरूले नपढेपनि छोराछोरी पढुन र ठूलो बनून भन्ने आकक्षां राखे । गाँस काटेर छोराछोरीलाई शहरमा पढ्न पठाउन हिम्मत गरे ।
 
यसबिचका सबैजसो छोराछोरीहरू एसएलसी या १० + २ पछि पढ्न भनी सहर केन्द्रित भएका छन् । सहर पढ्ने अधिकांश छोराछोरीको खाजा तिनै आमाले गाउँबाट पठाइदिएका मकै र भट्ट हुने गरेका छन्। तरकारी आमाले पठाइदिएका गुन्द्रुक मुला हुने गरे ।अचार र घिउसँग शहरी चामल निलेका छन्।
 
आमाको क्रान्ति र बाध्यता
जब छोराछोरी जागिरे भए, बिबाह गरी बच्चा जन्माए । आमा हजुरआमा बनिन् । हजुरआमा बनेसँगै आमा परिवर्तनशिल बनिन् । उनले भोगेको पुरै समय परिवर्तन भयो । उनले व्यहोरेका सबै संस्कार परिवर्तन भए। उनको भित्री मनले त सोच्दो हो आफुले गर्दै आएका परम्परागत संकार छोराबुहारी, छोरीज्वाइले पनि गरून ।
 
तर समय बदलियो.....आमा पनि बदलिइन ।  
 
एउटा बच्चा डोकामा र अर्को पेटमा बोकेर भोकभोकै मेलापात गर्ने ती आमा, बुहारीलाई गह्रौ सामान नबोक भन्ने भएकी छिन । महिनाबारी हुँदा गुन्द्री ओच्चाइ भुँइमा सुत्ने ती आमा बुहारीको महिनाबारी हुँदा चुपचाप छिन। बच्चा जन्माउँदा झोलसँग सास राखेकी ति आमा बुहारीलाई पोशिली खाना खुवाउन तल्लिन छिन् । आफ्नी सासुलाई आफुले गरेको सम्मान बुहारीबाट पाउँला भन्ने आश गरिन् कि गरिनन तर व्यक्त गरिनन् । दिनभर मेलापात गरेर बेलुका सासुकी कर्कश सुनेकी ति आमा, दिनभर अफिसमा काम गरेर फर्किएकी बुहारीलाई खाजा बनाउन तल्लिन छिन् ।
 
छोराछोरीको रोजगारीको बाध्यताले आमाहरूलाई शहरमा उनिहरूसँगै जानुपर्ने भएको छ । आमाका लागि अमेरिका, अष्ट्रेलिया, जापानका आलिसान महलहरू जेल भन्दा कठोर छन् ।तर कयौँ नेपाली आमाहरू अहिले विदेशमा छोराछोरीसँगै छन् । ती अनपढ आमा नेपालबाट विदेशमा समेत एक्लै जाने भएकी छिन् ।
 
शहरका फल्याट र कोठाहरू आमालाई नजरबन्द गर्न राखिएका खोर जस्तै छन्।तर ती आमा नाती नातिना लिएर शहरका चोक चोक चहार्ने भएकी छिन् ।
 
आमा परिवर्तन हुँदै छिन् र परिवर्तन हुने कोशिशमा छिन् । मकै र पिठो खादै आधा जीवन बिताएकी ति आमालाई होटलमा मःम खादा कस्तो भएको होला ? त्यै पनि कोशिश गर्दै छिन् ।
 
हिलो र मैलोले चिरा चिरा परेका हातले स्मार्ट फोन चलाउँदै कुरा गर्नु मेसिनगन चलाएभन्दा ठूलो क्रान्ती हो ।
 
आधा दशक चुलो चौको र हसियाँमा बानी परेका ‍औलाहरूलाई टिभीका रिमोट र मोवाइलका किप्याडमा बिस्तारै बानी पर्दै छन् । आमा फेसबुकमा च्याटमा आउन थालेकी छिन् ।  
 
सामाजिक रूपान्तरणमा क्रान्ती गर्ने ती आमा साच्चै महान छिन् । नेपाली समाजको रूपान्तरमा सबैभन्दा महत्वपूर्ण भूमिका आमाको छ ।
 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top