किन पिउने तामाको भाँडामा रखिएको पानी ?


Sunday, 27 Sep, 2015 1:01 PM

१० असोज,  हामीले पानी नियमित रूपमा पिउने गर्छौ, तर पानी पिउनुका फाइदाहरूबारे हामीमध्ये धेरै नै निकै अनभिज्ञ नै छौ । पानीले दिने फाइदाहरूबारे जानकारी लिनु शरिरलाई स्वस्थ राख्ने एउटा उपाय हुन सक्छ । मानिसलाई स्वस्थ रहनका लागि दिनमा कम्तिमा ८९१० गिलास पानी खानै पर्छ । आयुर्वेदमा भनिएको छ की बिहान तामाको भाँडोमा राखिएको पानी पिउनु निकै लाभदायक हुन्छ । तामाको भाँडोमा राखिएको पानी पिउनाले शरिरको कयौ रोगहरू बिना औषधी नै ठिक हुन्छ । साथै, पानीले शरिरको विषलाई समेत बाहिर निकाल्न सक्ने हुनाले पनि पानीको नियमित र प्रचुरमात्रामा प्रयोग आवश्यक हुन्छ ।
तामाको भाँडामा कम्तिमा ८ घण्टा राखिएको पानी निकै लाभदायक हुन्छ । जुन मानिसहरूलाई कफको समस्या बढि हुन्छ, उनीहरूले पानीमा तुलसीको केही पात राखेर पानी पिउनु राम्रो हुन्छ । तामाको भाँडामा राखेको पानी खानुको फाईदा केही मानिसलाई मात्र थाहा छ । तामाको भाँडामा राखेको पानी खानुका केही फाइदाहरू यस्ता छन्‘
१। पानी धेरै पिउने मानिसको छालामा हुने चाउरीपना कमी आऊँछ । मृत छालाहरू शरिरबाट चाडो निस्किने हुनाले छाला मुलायम र राम्रो देखिन्छ ।
२। थाइरोक्सिन हर्मोनको असन्तुलनको कारण थाइराइडको बिमारी हुने गर्छ । थाइराइडको प्रमुख लक्षण तिव्र रूपले तौल बढ्नु या घट्नु, धेरै थकाई लाग्नु, आदि हुन् । थाइराइड विशेषज्ञका अनुसार तामाको भाँडामा राखिएको पानीले थाइरोक्सिन हर्मोनलाई सन्तुलित गर्छ । यसले ग्रन्थीको कार्यप्रणालीलाई समेत नियन्त्रित गर्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले रोगको नियन्त्रण गर्न मद्धत गर्छ ।
३। आजकल धेरै मानिसहरूलाई कम उमेरमा नै जोर्नी दुख्ने समस्याले सताउने गर्छ । यस्तो अवस्थामा पनि तामाको भाँडामा राखिएको पानी पिउनु फाइदाजनक हुन्छ । तामामा राखिएको पानीले शरिरमा रहेको युरिक एसिडलाई कमी गर्न सहयोग गर्छ र केही आराम पाउन सकिन्छ ।
४। मानिसले आफ्नो राम्रो छालाको लागि विभिन्न किसिमका कस्मेटिक सामानको उपयोग गर्ने गर्छन् । उनीहरू राम्रो कस्मेटिक सामानको प्रयोगले छाला राम्रो हुन्छ, तर यो साँचो होइन । छालामा सबैभन्दा धेरै प्रभाव दैनिक खानपानले पार्ने गर्छ । त्यसैले यदी तपाई छालालाई स्वस्थ बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा राखिएको पानी बिहानीपख पिउनु राम्रो हुन्छ । नियमित रूपले यसरी नै पानी पिउने गरे छालामा चाउरीपनामा कमी आउने र चमकतामा बृद्धी हुन्छ ।
५। एनीमिया वा रगतको कमी एउटा यस्तो समस्या हो जसले ३० वर्षभन्दा बढि उमेरका महिलालाई निकै दुःख दिने गर्छ । तामाको भाँडामा राखिएको पानीले आवश्यक पोषक तत्व अवशोषित गर्ने कार्य गर्छ । यस कारण तामाको भाँडामा राखिएको पानी पिउनाले रगतको कमी या विकारलाई हटाउने काम गर्छ ।
६। तनावका कारण आजकल मानिसमा मुटुको रोगको समस्या निकै धेरै देखिएको छ । तनावका कारण मानिसमा मुटुको समस्या निकै तिव्र रूपले बढ्दै गएको छ । तनावमा धेरै रहने मानिसले पनि तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरिरमा रक्तसञ्चार निकै सहज र सुचारू हुन्छ । यसले कोलस्टेरोललाई नियन्त्रित गर्छ र मुटुको रोगलाई कम गर्न मद्धत गर्छ ।
७। क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्नका लागि पनि तामाको भाँडामा राखिएको पानी पिउनु फाइदाजनक हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा पित्त, कफको समस्यामा कमी आउँछ । पानीमा एण्टी९अक्सिडेन्ट पनि हुने गर्छ, जसले यो रोगबाट लड्ने शक्ति प्रदान गर्छ । अमेरिकी क्यान्सर समाजले तामाले कयौ तरिकाले क्यान्सरको बिरामीलाई फाइदा पुर्याउने बताउँछन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

​प्रधानमन्त्रीलाई भेटेलगत्तै शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौँ । 
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । ओली र प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्। ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय 

नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ता हुने

१८ असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक  स्थगित भएको छ । केहीबेर बसेर स्थायी कमिटी बैठक  स्थगित भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको तयारी भएको छ ।  नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

अन्तर्राष्ट्रिय

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

भारतको कानपुरमा प्रहरीको हत्या, १ डिएसपी, ३ इन्सपेक्टर सहित ८ प्रहरी मारिए

१९ असार, काठमाडौं । 
भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको 

टेक्सासमा मास्क अनिवार्य, नलगाउनेलाई जरिवाना

१९ असार, काठमाडौँ ।
अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क अनिवार्य गरेको हो ।  सुरुमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गरेका छन् । 

विचार / ब्लग

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।
Top