कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन


Wednesday, 21 Jul, 2021 11:46 AM

६ साउन, काठमाडौं । कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन् ।
आन्तरिक राजश्व कार्यालय कैलालीले गत आव २०७७÷७८ मा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई गत आवमा आन्तरिक राजश्व विभागले रु चार अर्ब ५० करोड राजश्व उठाउने लक्ष्य दिएकामा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिए ।

उनले भने, “यो राजश्व लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो । यस वर्ष लक्ष्यभन्दा राजश्व राम्रो सङ्कलन भएको छ ।” कैलालीको लम्कीस्थित करदाता सेवा कार्यालयबाट पनि गत आवमा रु ५१ करोड ७४ लाख १० हजार राजश्व सङ्कलन भएको छ । आयकरतर्फ रु २७ करोड ७१ लाख ५८ हजार, आन्तरिक करतर्फ रु १७ करोड ७२ लाख एक हजार, घरबहाल करबाट रु एक करोड १४ लाख ६९ हजार, अन्तःशुल्कबाट रु चार करोड १९ लाख चार हजार, ब्याजदरतर्फ रु ९४ लाख ८२ हजार, स्वास्थ्य सेवाकर रु १० हजार र शिक्षा सेवा शुल्क रु एक लाख ८७ हजार राजश्व सङ्कलन भएको छ ।
अघिल्लो आव २०७६÷७७ मा करदाता सेवा कार्यालय लम्कीबाट रु तीन करोड ९९ लाख ५५ हजारमात्र राजश्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आव २०७७÷७८ मा करदाता सेवा कार्यालय लम्कीबाट रु ४७ करोड ७४ लाख ५५ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले जानकारी दिए ।
उनले भने, “अघिल्लो वर्षभन्दा यस वर्ष राजश्व सङ्कलनमा सुधार आएको छ ।” कैलाली भन्सार कार्यालयले पनि गएको आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । गत आव २०७७÷७८ मा कैलाली भन्सार कार्यालयलाई रु आठ अर्ब २१ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु आठ अर्ब ८४ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।
“कैलाली भन्सार कार्यालयबाट गत वर्ष पेट्रोलियम पदार्थ, ट्र्याक्टर, खाद्यान्न तथा फलफूलजस्ता वस्तुको आयात धेरै भएको छ”, खतिवडाले भने, “सबैलाई कदरको दायरामा ल्याउन प्रयास निरन्तर गरिरहेका छौँ ।”यता टीकापुरस्थित सत्ती भन्सार कार्यालयले आव २०७७÷७८ मा रु १५ करोड ८५ लाख सात हजार ९७३ राजश्व उठाएको छ । कार्यालयलाई भन्सार विभागले आव २०७७÷७८ मा रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । कार्यालयले लक्ष्यभन्दा बढी राजश्व उठाएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले जानकारी दिए । “अघिल्लो आव २०७६÷७७ मा रु पाँच करोड ८० लाख राजश्व उठेको थियो”, कार्यालय प्रमुख शाहले भने, “अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी राजश्व उठाउन सफल भएका छौँ ।”
भन्सार कार्यालयले आव २०७८÷७९ का लागि रु २० करोड राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको छ । सीमामा हुने चोरी, तस्करी नियन्त्रण र भन्सारमा सामान आयातमा कडाइ गरेमा राजश्व सङ्कलनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । “कोरोना महामारीपछि भारतबाट अवैध बाटो हुँदै सामान भित्र्याउनेहरू नियन्त्रण भए, जसले राजश्व वृद्धिमा सघाएको देखिन्छ”, स्थानीयवासी रमेश ठकुल्ला भन्छन्, “भन्सार कर्मचारी, प्रहरी र स्थानीयवासीको निगरानीसमेत बढेको छ । यस्तै कार्यले अघि बढे राजश्व वृद्धि थप बढ्छ ।” 

मालपोत कार्यालय टीकापुरमा ५८.६ प्रतिशत बढी राजश्व सङ्कलन

कैलालीस्थित मालपोत कार्यालय टीकापुरमा राजश्व सङ्कलन वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा आव २०७७÷७८ मा रु ११ करोड ८५ लाख ५६ हजार ५१७ बढी राजश्व सङ्कलन भएको छ । कार्यालयका अनुसार आव २०७७÷७८ मा २८ करोड ६७ लाख ४० हजार १६६ राजश्व सङ्कलन भएको छ । अघिल्लो आव २०७६÷७७ मा रु १६ करोड ८१ लाख ८३ हजार ६१९ मात्र राजश्व सङ्कलन भएको थियो । यो रकम गत आव २०७६÷७७ भन्दा ५८.६ प्रतिशत बढी भएको कार्यालयका सूचना अधिकारी सर्वानन्द चपाईँले जानकारी दिए ।
“आव २०७७÷७८ मा सबैभन्दा बढी जग्गा रजिष्ट्रेशन शुल्कबाट १९ करोड ६४ लाख २१ हजार ७०८ राजश्व सङ्कलन भएको छ”, चपाईँले भने, “पूँजीगत लाभकरबाट आठ करोड ५३ लाख ७१ हजार ९६५, जग्गा प्रशासनतर्फ रु २५ लाख ९१ हजार ४५७, अग्रिम आयकरबाट रु १६ लाख ९२ हजार ४०६, विविध कर तथा दस्तुरबाट रु छ लाख १२ हजार ६००, भूसेवा दस्तुरबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ ।”

मालपोत कार्यालय टीकापुरबाट आव २०७७÷७८ मा रु ११ हजार २५२ लिखत पारित भएका छन् भने दुई हजार १३३ मिसिल फरफारक भएका छन् । अघिल्लो आवमा सात हजार ३८१ लिखत पारित भएका र एक हजार २७२ मिसिल फरफारक भएको सूचना अधिकारी चपाईँले जानकारी दिए । मालपोत कार्यालयबाट सङ्कलन भएको राजश्वमध्ये पूँजीगत लाभकर, अग्रिम आयकर र सेवा शुल्कको रकम सङ्घीय सरकारमा र अन्य बाँकी राजश्वको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारलाई जाने गरेको सूचना अधिकारी चपाईँले जानकारी दिए ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

​चीनमा भीषण वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु, हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

६ साउन काठमाडौ । भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् । अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको 

अत्याधिक गर्मीका कारण अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडाको जनजीवन प्रभावित

१४ असार काठमाडौ । प्रचण्ड गर्मीका कारण अमेरिकाको प्यासिफिक नर्थवेष्टको ठूलो क्षेत्र तथा क्यानडाको जनजीवन प्रभावित भएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्याधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्गटन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको छ। ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top