डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा


Saturday, 30 May, 2020 9:48 AM
१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।


अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।
डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहो¥याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

अमेरिकाले डब्ल्यूएचओमा केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्ल्यूएचओले नमानेको आरोप ट्रम्पले लगाए । चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।

२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै आएको छ ।

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top