​युएईमा आममाफी सुरु, बस्न चाहनेले काम खोज्न ६ महिनाको भिसा पाउने


Wednesday, 1 Aug, 2018 2:26 PM
१६ साउन, काठमाडौं । युएई सरकारले घोषणा गरेको तीन महिने आममाफी बुधबारदेखि सुरु भएको छ । यो अवधिमा युएई सरकारले तोकेका केन्द्रमा गएर अभिलेखविहीन रहेका आप्रवासी कामदारले दर्ता भएर पुनः वैध हुन अथवा स्वदेश फर्किन पाउने छन् ।

पहिलो दिन नै त्यहाँका केन्द्रहरुमा आप्रवासीहरु दर्ता हुने क्रम सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी अवैधानिक रुपमा बसिरहेका आप्रवासीलाई वैधानिक हुन वा स्वदेश फर्किन युएईका ९ ठाउँमा केन्द्रहरु तोकिएका छन् । ती केन्द्रमा गएर भिषाको म्याद सकिएकाहरु पुनः वैध हुन अथवा जरिवानाबिनै स्वदेश फर्किने कागजात तयार गर्न पाउने छन् । यो प्रक्रियामा सहभागी भएर फर्किनेहरु फेरि युएई जान सक्नेछन् । स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलीपल्टै कागजात प्राप्त गर्ने जनाइएको छ ।

स्वदेश फर्किन चाहनेले २ सय २१ दिराम शुल्क बुझाउनु पर्छ भने, म्याद सहितको पासपोर्ट र स्वदेश फर्किने टिकट पनि हुनुपर्छ । यस्तै हाल भागेर काम गरिरहेकाहरुले ५ सय २१ दिराम तिरेर भगौडाको सूचीबाट नाम हटाउन सक्ने छन् ।

अहिले भिसा सकिएका कामदारले व्यक्तिगत स्पोन्सरसीप ६ महिनाको लागि लिन सक्नेछन् । यो अवधिमा कागजात तयार गरेर उनीहरुले अर्को ठाउँमा रोजगारी खोज्न सक्ने छन् ।

आममाफीको समय सकिएपछि भने अवैधानिक कामदारमाथी धरपकड सुरु हुनेछ । यसरी पक्राउ पर्नेहरुले जरीवाना तिर्नु पर्ने र उनीहरुलाई पुनः युएई जान समेत रोक लगाइने युएई सरकारले चेतावनी दिएको छ ।

प्रक्रियामा सहभागी हुने आप्रवासीले अवुधाविको साहमास्थीत अध्यागमन कार्यालयमा, अल ऐनको अध्यागमन कार्यालय, अल घर्वियाको अध्यागन कार्यालय, दुवईको अल अवीर र ईमिरेट्सहरुका मुख्य अध्यागन कार्यालयहरुमा आवेदन दिन सक्नेछन् । यी कार्यालय बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहनेछन् ।

यस्तै युएई सरकारले त्यहि बसेर रोजगारी खोज्न चाहनेहरुका लागि ६ महिने भिसा दिने घोषणा गरेको छ । यसअघिका आममाफीमा भने युएईले यस्तो व्यवस्था गरेको थिएन । आममाफीको समयमा ६ महिनासम्मको भिसा दिने व्यवस्था गरेको यो नै पहिलो पटक हो । यसरी भिसा पाउनका लागि वैधानिक रुपमा युएई गएको हुनु पर्ने छ । अवैधानिक रुपमा पुगेकाहरु विनाजरिवाना स्वदेश फर्किन पाए पनि उनीहरुलाई दुई वर्ष प्रतिवन्द लाग्ने छ ।

यसअघि अवैधानिक रुपमा कुनै कम्पनीमा काम गरिरहेका हरुले भने त्यहि कम्पनीमा वैध भएर काम गर्ने मौका पाउने छन् ।

६ महिनाको भिसा पाउने आप्रवासीले सरकारी क्षेत्रमा समेत रोजगारी खोज्न सक्ने छन् । तर यो अवधिमा रोजगारी नपाउने आप्रवासी भने आफ्नै देश फर्किनु पर्ने छ ।

राहदानीका लागिः
– पुरानो राहदानीको कपी
– नेपाली नागरिकताको कपी
– पुलिस रिपोर्ट (पुरानो राहदानी हराएको अवस्थामा)
– राहदानीको लागि नियमानुसारको दस्तुर  लाग्ने
– नियमितको लागि दिरहाम २००
– हराएर वा बिग्रिएर राहदानी बनाउनु परेमा  ४०० 
– नाबालको लागि  दिरहाम १००

  ट्राभल डकुमेन्टका लागिः
– पुरानो राहदानीको कपी
– निशुल्क जारी गरिने

अवसरको उपयोग गर्न दूतावासको आग्रह 
१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने यूएइको Federal Authority for Identity and Citizenship (ICA) को “Protect Yourself By Modifying Your Status” कार्यक्रम अन्तर्गत अवैधानिक बनेका आप्रवासीहरुलाई वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था भएकोले यूएईमा गैर(कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध गरिन्छ ।

यस एमनेष्टीका फाइदाहरुः
Immigration को जरिवाना मिनाहा हुने
Ban नलागी यूएई छोड्न पाइने
पुनः यूएई आउनको लागि प्रतिवन्ध (Permanent Ban) नलाग्ने
दिरहाम ५०० सहित आवेदन दिएर नयाँ काम खोजी वैधानिक रुपमा यूएईमा रहन सकिने
Six Month Jobseekers’ भिषाको लागि मानव संशाधन तथा इमिरताइजेसन मन्त्रालयको वेभसाइटमा Virtual Job Market मा दर्ता गर्न सकिने ।

धेरै सोधिएका प्रश्नहरु र तिनको जवाफ

प्रश्न नं १ : आममाफि कसले पाउने ?
उत्तर : भिषाको अवधि सकिएर म्याद भन्दा बढी बसेका  (Overstay)  र कम्पनी छोडेर भागेका (Absconding) ब्यक्तिहरू यस आममाफीबाट लाभान्वित हुन सक्नेछन् ।

प्रश्न नं २ : आममाफीबाट के फाइदा लिन सकिन्छ ?
उत्तर : यस व्यवस्था अन्तर्गत युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्क समेत मिनाहा हुनेछ। भविष्यमा युएइमा आउनको लागि हुने संभावित प्रतिवन्ध वाट समेत छूटकारा पाइने छ । साथै, युएईमै बस्न चाहनेहरूले काम खोज्नको लागि युएई सरकारले तोकेको ५०० दिरहाम शुल्क तिरी ६ महिनाको अस्थायी भिषा प्राप्त गर्न सकिने छ ।

प्रश्न नं ३ : यो आममफिवाट युएइ मै काम खोजी वस्न चाहनेहरूको लागि के के कागजात आवश्यक हुन्छ ?
उत्तर : वैध रुपमा काम गरी बस्नको लागि अवधी बाँकी रहेको राहदानी  (Valid MRP)  आवश्यक हुन्छ ।

प्रश्न नं ४ : राहदानी नभएमा के गर्ने  ?
उत्तर : राहदानी नभएमा यदी नेपाल फर्कने हो भने Travel Document  बनाउन र यूएई मै काम खोजेर बस्न चाहने हो भने राहदानीको लागि आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि र Police Report  लिएर दुतावासमा आउनु पर्ने छ ।

प्रश्न नं ५ : आममाफीको लागि कहाँ कहाँ सम्पर्क गर्ने ?
उत्तर : यसको लागि पछिल्लो भिसा जुन इमिरेट्सवाट जारी भएको छ त्यही इमिरेट्समा रहेको Amnesty Service Centre मा सम्पर्क राख्नु पर्ने हुन्छ ।

अबुधावीको लागि  

Immigration Office in Shahama
Immigration Office in Al Ain
Immigration Office in Al Gharbia in the Western Region of Abu Dhabi

दूवाइको लागि

Immigration Office in Al Aweer
अन्य इमिरेट्सका लागि  भिषा लागेको इमिरेट्सको  Main immigration office मा सम्पर्क राख्नुपर्ने हुन्छ ।
नोटः ६ महिनाको Job Seekers  भिसा अस्थायी भिसा सकिनै लाग्दा समेत काम नपाइएमा उक्त भिसाको अवधि सकिन १० दिन अगावै नेपाल फर्कनु पर्ने हुन्छ ।
अन्य जानकारीको लागिFederal Authority of Identity and Citizenship को Toll Free Hotline 80080 वा दूतावासको फोन नं 026344767 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।


 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top