norvic
global ime bank

दिनमा पाँच गिलास आफ्नै पिसाब पिउँछिन् यी महिला, आँखा–नाक–कानमा समेत हाल्छिन्


Monday, 22 Nov, 2021 12:22 PM

एजेन्सि। आफ्नो प्यास शान्त र शरीरलाई हाइड्रेट राख्नका लागि मानिसहरु विभिनन प्रकारका पेय पदार्थ पिउन रुचाउँछन् तर तपाईंले कहिल्यै मानिसले आफ्नै पिसाब पिएको देख्नुभएको  छ ? ५३ वर्षकी एक महिलाले उनलाई आफ्नो पिसाब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पिसाब पिउन सजिलो लाग्ने बताएकी छिन् ।

द सनका अनुसारक्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् । यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिलेसम्म करिब ३,४०६ लिटर पिसाब गइसकेको छ । टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन् । क्यारीले भनिन्, ‘पिसाबको गन्ध मेरो खानामा निर्भर हुन्छ । यसको स्वाद पछिल्लो चार वर्षमा मेरा लागि निकै परिवर्तन भएको छ । थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्याम्पेनजस्तो लाग्छ । तपाईं शरीरबाट निस्कने थुप्रै कुराको स्वाद चाख्न सक्नुहुन्छ । यस्ता धेरै कुरा छन् जुन मलाई मनपर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’ महिलाले थपिन्, ‘मलाई कुरिलोलगायतका खानेकुरा निकै मनपर्छन् । तर म अब यो खादिनँ किनभने यसले पिसाबको स्वादलाई बिगारिदिन्छ । ’ चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि  केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको बताइन् । मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्यान्सर हो ।

त्यसपछि क्यारीको जीवनमा पिसाबको प्रयोग बढ्दै गयो । उनले पानी पिउन जारी राखिन् र आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उपयोग पनि गरिन् । क्यारीले भनिन्, ‘म टुथपेस्टको साटो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन् । क्यारीका अनुसार उनी नुहाउने बेला उनको बासी पिसाबले एक उत्कृष्ट लोसनको रुपमा काम गर्छ । यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ? मलाई यो कुराले असाध्यै चिन्तामा पार्ने गर्छ ।’ आफ्नी छोरीको कुरा सुनेर क्यारी डाक्टरलाई भेट्न सहमत पनि भइन् । उनले क्यारीको कम्मरमा भएको एउटा कोठीको विषयमा पनि आफ्नो चिन्त व्यक्त गरिन् । त्यसपछि डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन् । क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पिसाब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ ।

 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top