भ्वाइस अफ नेपालको कोचबाट पौडेल र सुब्बा आउट, नयाँ कोचमा लामा र राउत अनुबन्ध


Tuesday, 18 Jun, 2019 3:09 PM
गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् । पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । भने , रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ ।

केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् ।  पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । उमेरले ४० वर्ष पुगेका राजु बिगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् । केहि समय अगाडी मात्र उनले सांगीतिक यात्राजी २५ औ वर्षको खुसियाली कन्सर्ट गर्दै साटेका थिए । सन १९९४ मा पहिलो गीतिसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोश्रो गीतिसँग्रह मँगोलिन हार्टको तिमीलाई देखेर हिमाल हाँसेको‘गीत मार्फत राजु श्रोता माँझ परिचित मात्र होइन् , स्थापित नै भएका थिए । उनले व्यान्ड गु्रपसँग मिलेर १० भन्दाबढी गीति संग्रह दर्शक तथा श्रोता माँझ ल्याईसकेका छन् । यसैगरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् ।  संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । साँगीतिक यात्राको क्रममा उनको फिल्म मायाज बारको माया यो माया‘ढुवानी फिल्मको छलक लछक लगायतका गीत अत्यधिक सफल छन् । पप गायन तर्फ आस्थाका चौबन्दीमा पटुका बाँधेको‘, झुम्के बुलाकी‘गीत सर्वा्धिक हिट छन् । पत्रकार सम्मेलनमा प्रायोजकसँग हस्ताक्षर चउको छ ।  आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ् दिएको छ ।  साथै , सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी गु्रप रहेका छन् । यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झैँ लक्षमण पौडेल रहेका छन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

​प्रधानमन्त्रीलाई भेटेलगत्तै शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौँ । 
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । ओली र प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्। ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय 

नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ता हुने

१८ असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक  स्थगित भएको छ । केहीबेर बसेर स्थायी कमिटी बैठक  स्थगित भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको तयारी भएको छ ।  नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

अन्तर्राष्ट्रिय

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

भारतको कानपुरमा प्रहरीको हत्या, १ डिएसपी, ३ इन्सपेक्टर सहित ८ प्रहरी मारिए

१९ असार, काठमाडौं । 
भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको 

टेक्सासमा मास्क अनिवार्य, नलगाउनेलाई जरिवाना

१९ असार, काठमाडौँ ।
अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क अनिवार्य गरेको हो ।  सुरुमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गरेका छन् । 

विचार / ब्लग

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।
Top