वाह कांग्रेसीजन ! गगनलाई हराएर भ्रष्ट्राचारीलाई नम्बर १ बनायौ


Saturday, 12 Mar, 2016 11:55 AM

टिप्पणी/केशवराज जोशी
महामन्त्रीमा पराजीत भएपछि गगन थापाले एक अनलाइनमा अन्तवार्ता दिदै भनेका थिए कांग्रेस महाधिवेशनका कयौ कथाहरु लेखिदै जानेछन् । जे भयो गलत भयो । उनले आफुलाई युवा नेता नभन्न पनि आग्रह गरे । गगनको त्यो आक्रोश थियो या पीडा त्यसको समिक्षा हुनेछ पक्कै पनि  । तर लोकतन्त्र र पाददर्शीताको नारा बोक्ने कांग्रेस र कांग्रेसी कार्यकर्ताको एक निर्णयले पुरै देशले वा राजनीतिले बदनामी खेप्नुपर्र्यो । कुनै दिन भट्राचारी प्रमाणित भएर जेल गएका खुमबहादुर खड्कालाई केन्द्रिय सदस्यमा सवैभन्दा वढी मत दिएर पहिलो वनाए (मतपरिणाम गन्दासम्म ) । हुन न यो कांग्रेसी कार्यकर्ताको अधिकारको कुरा थियो र हो पनि तर यसबाट वुझ्न सकिन्छ कांग्रेस के को राजनीति गर्न चाहन्छ निष्ठा,इमान्दारीता या शक्ति र पैसाको । गगन थापाजस्ता होनहार युवाहरु हार्ने,जसलाई समाजले रुचाउछ तर जो समाजमा बदनाम छन,कलंकीत छन,राज्यको कुनै निकायमा सहभागि हुन पाउदैनन ति खुमबहादुरहरु जित्ने वाह,कांग्रेस ।
 



कति सजिलै विर्सीए कांग्रेसी कार्यकर्ताहरुले हिजोको त्यो दिन जुन दिन खुमबहादुर एक भष्ट्रचारी प्रमाणित भएर जेल गएका थिए । हुन त कांग्रेसको एक हुल वा जत्थाले खुमबहादुर जेलबाट सजाय भोगेर छुट्दा ठुलै माला पहिनाएका थिए । हुन त उनी पछिल्लो समय धर्मका नाममा पाप पखाल्न चाहन्थे । भष्ट्राचार यति धिनलाग्दो अपराध हो कि कतिपय मुलुकमा भष्ट्राचारीलाई किचीकिची मारिन्छ वा फासि दिइन्छ ।
विदेशमा भए भ्रष्टाचारको अभियोगमा जेल परेका व्यक्तिलाई परिवारका सदस्यबाहेक अन्यले शायदै स्वागत गर्ने थिए, पार्टीले पनि त्यस्तो व्यक्तिलाई कारवाही गर्ने थियो । तर, नेपाली कांग्रेसले भने भ्रष्टाचारको अभियोगमा जेल जीवन विताएर बाहिर निस्केलगत्तै कांग्रेस नेता खुमबहादुर खड्कालाई चारतारे झण्डासहित स्वागत गरेर नयाँ परम्पराको थालनी गरेको थियो । 

डिल्लीबजार जेलबाट निस्कँदा हजारौं कार्यकर्ताले १ सय २१ किलोग्रामको माला लगाइदिएका थिए , पञ्जेवाजा बजाएर स्वागत गरे, त्यही बाजाको तालमा कम्मर मर्काएर नाचेका थिए खुमबहादुर । राज्यको कानून मानेर जेल बसेको बताउने खड्काले सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा भाषण पनि ठोके त्यहीबेला  । खुमबहादुर खड्का आस्थाका आधारमा नभएर आर्थिक अनियमितता र भ्रष्टाचारका आधारमा जेल परेका  व्याक्ति थिए । तर विडम्वना कांग्रेसमा जे नहुनुपर्दथ्र्यो त्यही भयो ।  नेपाल मात्रै यस्तो देश हो जहा भष्ट्राचारीलाई पुरस्कार दिइन्छ र इमान्दारलाई दण्ड दिइन्छ । यसैको उदहारण हुन गगन थापा जसले इमान्दार भएवाफत सजाए पाए । 




मानौ खुमबहादुरले नेपाली राजनीतिको शीर उचो पारेका थिए वा कुनै साहसीक जंग अर्थात युद्ध जितेर आएका थिए । लोकतन्त्रको पारदर्शी मैदानबाट खुलेयाम भष्ट्राचारीलाई सघाउने विवेकहिन कांग्रेस कार्यकर्ताको यो निर्णयले कांग्रेसको विगत र भविष्यलाई गिज्याइहेको छ । सधैभरी इमान्दारीताको कमाण्डलु वोक्ने सुशील,समाजवादको सपना देख्ने विपीले अहिले कांग्रेसको रिति थिती देख्दा के सोच्दा हुन् । 
कुनै समय राजतन्त्रको प्रवक्ता मानिएका शसांक महामन्त्री जित्ने र कांग्रेसमा पहिलोपटक गणतन्त्रको नारा वोक्ने नरहरीहरु अस्पतालको वेडमा थन्कीने वाह कांग्रेस गज्जवको इतिहास रच्दैछ । के यहि हो नया“ कांग्रेस । हुन त नेपाली कांग्रेसको इतिहास भनेकै बदनामै बदनामको विरबलको खिचडी नै हो तर इतिहासका कालखण्डमा कुनै–कुनै बेला कांग्रेसले आफुलाई परिवर्तनको पक्षमा जवरजस्ती उभ्याएको पनि हो ।

तर कांग्रेसको राजनीतिमा लागेका खुमबहादुर हुन या कुनै समयका कांग्रेस नेता जेपी गुप्ता सवैले भष्ट्रको विल्ला भीरे । त्यसो त कांग्रेसभित्र भष्ट्राचारका कयौ कथाहरु छन,जो दुनियालाई जगजाहेर नै छ । यसले कांग्रेसको मात्रै बदनाम गरेको छैन वरु नेपालमा यस्ता पनि नेता छन भनेर दुनियामा बदनाम भएको छ । यतिमात्रै होइन नेपाली राजनीतिक दलका कार्यकर्ता यत्तिसम्म विवेकहिन छन कि जीन्दगीभर धृणा गर्नुपर्नेलाई सवैभन्दा वढी मत दिएर नेता स्वीकार गर्छन भन्ने उदहारण दिएको छ । ७० प्रतिशत युवाहरुले किन मतदान गरे खुमबहादुरहरुलाई इतिहासले एकदिन जवाफ माग्नेछ । कांग्रेसीहरुले गुटमा लाग्दाको परिणाम पनि हो यो । जो कांग्रेसको जित पनि थिएन,गुटको जित थियो । कांग्रेसको जित हुन्थ्यो भने गगन थापाजस्ता युवाहरुले मलाई युवा नेता नभन्नुस भनेर आत्मगाल्नी गर्नुपर्ने आउने थिएन । कांग्रेसी कार्यकर्ताले भष्ट्रालाई प्रश्रय दिने कलंकको कालो टिका पोतेका छन आफ्नै र पार्टीको अनुहारमा । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

उहानमा गरिएको एक अध्ययनको डरलाग्दो नतिजा, कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी । 
उहानमा हालै गरिएको एक अध्ययनको नतिजा अत्यासलाग्दो छ । उक्त अध्यननले कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको छ ।  कोरोना भाइरसबाट  निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको छ । निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएको छ ।  उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको 

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top