norvic
global ime bank

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा


Saturday, 9 Oct, 2021 7:46 AM
पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

आलर्म लगाउन बिर्सेको म मेरी ज्ञानी लक्ष्मी छोरीले उठाउँदा ४:५५ भएको थियो । लामो समयका लागि कर्म देश छोड्न लागेकाले कोठालाई चिरिच्याट्ट पार्दै फ्रेस भएँ । संयोगबश जापानमा आजै ठुलो हावाहुरी चल्ने कारण ट्रेन, बसलगायत यातायात अवरुद्ध हुन सक्ने खबर जापान समाचारका गोकर्ण अधिकारीको पोष्टमा देखेपछि मन आत्तियो ।

साथीहरु रोहित आचार्य सपना घिमिरे र टोपलाल गिरिले ७ बजेतिर स्टेशनसम्म पुर्याउन जाने बाचासहित बेलुकै टुट्टिएका थियौं । ताइफुका कारण छिटो आफ्नो यात्रा तय गर्नुपर्ने भएसॅंगै तीन जनालाई नै फोन गरेँ । २ जना साथीको फोन रिसिफ भो । ६ बजे आइपुग्नु भो । छिटो हिड्नुपर्ने कारण बताएपछि उहाँहरुको सहयोगमा आलोपालो गर्दै सुटकेस लतार्दै टोकियो स्टेशन पुगियो । ट्रेन बन्द हुने हल्लासँगै बसमा नारिता बाट्टिने निधो गरेँ । त्यहाँनेर १५ः२० मिनट जति बस स्टेशन भेट्टाउन अल्लि गाह्रो भएको थियो । त्यतिबेला ७ः१० भैसकेको थियो । ७ः२० का लागि १३०० यनको टिकट काटेर बस चढियो । बसमा क्यास पैसाले काम नगर्दोरहेछ । कि सुईका कि टिकट नै चाहिँदोरहेछ ।

८:२५ मा नारिता टर्मिनल २ पुगियो । कुन गेटबाट छिरियो कुन्नि बस रोकेको सिधै अगाडिबाट छिर्दै गर्दा नेपाल एयरलाइन्स लेखेको, राष्ट्रिय झण्डालगायत वरिपरि सबै प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनी देख्दा बिहानीपखको सपनीमा  आमाले पकाएको कोदोको रोटी र पुदिनाको चटनी फेरि याद आयो ।

परदेश परदेश नै हो । केही दृष्यले मन भक्कानियो । त्यहाँ ४०–४२ वर्षका एक जना हात फ्याक्चर भएकी दिदी , ३०,३५ वर्षको हात फ्याक्चर भएका दाइ र अर्को एक जना नेपालमै गएर मुखको अपरेशन गर्ने भन्दै लाइनमा उभिनु भएका दाजुलाई देखेँ । मनमनै दशैका बेला दशा लागेछ भनेँ । म पनि सामान चेकजाँचका लागि लाइनमै बसेँ ।

बिजनेस क्लासका यात्रुका लागि लाइन बस्नु नपर्ने छुट्टै व्यवस्था रहेछ । नेपाल एयरलाइन्सका लागि बिजनेस क्लासको अनुभव र आरामदायी यात्राका लागि बिजनेस क्लास मेरो पहिलो रोजाई बनेको थियो । सर्विस र यात्रा कस्तो भयो भन्ने बारे अन्तिमसम्म पढ्नु होला ।

८:३५ मै हाम्रो सामान चेकजाँच भैहाल्यो । बच्चासँग ह्यान्ड क्यारी बोकिरहनुको झन्झटले सबै सामान बाल्कुनीका लागि पठायौं । पछिडिपाचर्समा ह्यान्ड क्यारी काण्ड मच्चियो । त्यो के थियो विस्तार उल्लेख गर्दै जानेछु ।

चेकिंगको क्रममा नेपाल एयरलाइन्सको तर्फबाट जापानका लागि आजु लामासॅंग भेट भयो । एउटा फोटो लिन्छु भनेको हतार हतारमा त्यतिबेला बिर्सिए । पछि भेट हुन पाएन ।

आजु लामाजी पनि  भ्याक्सिन पासपोर्ट र पीसीआर रिपोर्ट चेक गर्न अति नै व्यस्त हुनुहुन्थ्यो । त्यो लगत्तै हामी बोडिङ चेकिंगका लागि तैयार भयौं ।


अघिल्लो वर्ष नेपाल जाने क्रममा नारिताको फ्लाइट क्यान्सिल भएको खबर गर्दै  ट्राभल कम्पनीले हानेदा सरेको खबर गरेको थियो । हानेदा जाँदा फ्लाइट छुटेको थियो । त्यतिबेला नारिताका लागि नेपाल एयरलाइन्स अझै सुरु भएको थिएन । अरु कुनै एयरलाइन्स थियो । त्यो घटना नदोहोरियोस भनेर चेकिङका लागि जीवन संगिनी पुनमले ट्वाइलेट जानसम्म दिएकी थिइनन् ।

र, बोडिङ चेकिङका लागि भित्र ठ्याक्क छिर्ने आजुजीको फोन आउने भयो । डिपाचर्स  पछि प्लेनमा नजाँदासम्म कुनै खानेकुराहरु किन्ने खाने ठाउँ नभएको जानकारी गराउनु भएको थियो ।अझै हतारिनु समय छ भन्दा भन्दै पनि पुरानो घटनाले हामीलाई तर्साएकै थियो । भित्र छिर्यौ । बोडिङ चेकिङ पछि इमिग्रेसनमा रि–इन्ट्रीका केही टकुमेन्ट पेस गर्नु पर्ने रहेछ । त्यो काम पछि गेट नं ९३ मा बोर्डिगको लागि पर्खाइमा थियौं । १०ः३० भैसकेको थियो । पोखरेल नारायणको सुटकेसमा एरोप्लेनमा बोक्न नमिल्ने सामान भएकाले ९३ गेटमा तुरुन्त सम्पर्क गर्न अनुरोध छ भन्दै एनाउन्स गरियो ।  आफुले त्यस्तो कुनै सामान नबोकेको भएपनि साथीहरुले के के पो राखिदिए भन्ने डरले भुतुक्कै भएँ । गेटमा पुगेँ । खाबान आउँदासम्म कुर्न भनियो । कुरेँ । डर झनझन बढिरहेको छ ।

एकै छिनमा झोला डिपाचर्समै आयो ।  सुटकेस नै होला भन्ठानेको थिएँ हैन रहेछ । माथिबाट सँगै लाने झन्झटले बाल्कुनी मै पठाएको त्यही ह्याण्ड क्यारीमा मोबाइलको ब्याट्री परेछ । खोलेर झिकेँ । र आफुले आफै यस्तो गर्न हुन्न भन्ने कुरा खुब जानेको जस्तो लाग्थ्यो । एकैछिन लज्जित भएँ । शिर निहुराएरै सुमिमासेन गोमेन्नासाई जापानिज भाषामा भन्दै मज्जाले माफी मागेँ । मेरै कारण कति झन्झट भयो होला भने जस्तो लाग्यो । करण थियो बच्चासँगै ह्याण्ड क्यारी बोक्ने झन्झटले बाल्कोनीमा पठाउनु ।

म यो माथिको सबै कुरा बताउनुको कारण अबको यात्रामा तपाईलाई थप चनाखो हन सहयोग पुगोस् भन्ने हो ।


मैले यो माथिको सबै कुरा बताउनुको कारण अबको यात्रामा तपाईलाई थप चनाखो हुन सहयोग पुगोस् भन्ने हो ।

त्यसै समयमा आजुजीसँगको कुराकानी र आफैले देखेको कुरा यात्रुहरुले कोरोना भ्याक्सिन पासपोर्ट बनाएकाले पनि पीसीआर नगर्नु भएको पाइयो ।  कसैले नबुझाएर होकी भ्याक्सिन नलगाउनु भएकाहरुले होटल बुक नगर्नु भएको केही चेकिङमा परामर्श गर्दैमा ब्यस्त हुनुहुन्थ्यो । त्यसैग्ी भ्याक्सिन पासपोर्ट भएकाहरुले पनि होटल बुक गरेको पनि देखियो। भ्याक्सिन पासपोर्ट बनाएकाहरु नेपालमा सिधै घरमा जान पाइन्छ भन्ने थाहा नभएको प्रष्ट बुझिन्थ्यो ।
त्यसो त टिकट काट्ने ट्राभल्स कम्पनिहरुको लापर्बाही हो कि यात्रुहरुको बुझाई कम हो ? कुन्नि । सबै बुझाई दिनुपर्ने हो ।
तर तपाईले आफ्नो यात्रा गर्दा आफै राम्रोसॅग बुझ्नुहोला।

घडीमा १०:४५ बजिसकेको थियो । बिजनेस क्लास र इकोनोमी क्लास, त्यसैगरी प्राथमिकता दिनुपर्ने यात्रीलाई लाइनमा बस्न भनियो । बिजनेस क्लास र प्राथमिकताका लागि अगाडि बोलाइए पनि कुन लाइनमा को बस्ने छुट्याइएको थिएन । एकैछिन अलमलमा परियो । त्यतिकैमा एक जना जापानिज स्टाफले छुट्ट्टाछुट्टै लाइन मिलाउनुभयो ।

स्क्रिनहरुमा ११:०० बजे नै बोर्डिंग समय तालिका लेखिएको भए पनि ११:०५ मा एयर क्राप्ट सर्बिसका लागि १० मिनट ढिला हुने अनाउन्स भएको थियो । ११:१५ मा  नारिता एयरपोर्ट अन्तरगत नेपाल जानका लागि ९३ नम्बरको गेट खुल्यो । हामी पासपोर्ट र टिकट देखाउँदै भित्र छिर्यौ । सिमसिम पानी परेको थियो । हाम्रो देशको प्लेन देखियो । मनमा हर्ष लाग्यो । टाढाबाट प्लेनसहितको फोटो खिच्नेहरु धेरै हुनुहुन्थ्यो । तर प्यासेन्जर बोर्डिंग ब्रिचको शिशामा पानी परेकाले फोटो प्रष्ट आएका थिएनन् ।

म सबैभन्दा अगाडि अगाडि हिँडेको थिए । प्लेनको ढोकाबाट प्रवेश गर्दा  ११:२० भएको थियो । परिचालिका सिस्टर ढोकामै कक पिट साइडमा उभिएर नमस्कार गर्दै स्वागत गरेको कति राम्रो देखिन्थ्यो ।  

घडिमा ११:३५ बजेको थियो । जुस कुनचाहिँ लिनुहुन्छ भन्दै कति राम्रोसँग स्वागत गर्नु भएको थियो । प्लेन उडानका लागि इन्जिनियर, प्लेनका लागि पानी भर्ने स्टाफ, बोर्डिंग सकिएको नसकिएको जानकारी गराउने स्टाफहरु बेलाबेलामा खै के के चिप प्यासेन्जरसँग साइन गराउन प्लेनको ढोकानेर आइरहनु भएको थियो । ढोका प्रवेश गरिसके पछि अगाडिकै सिटमा हामी भएकाले सबैसंग भेट्न बोल्न पाउदा म दंग थिएँ ।

त्यतिकैमा क्याप्टेन विजय लामा सर आउनुभयो । छोटो कुराकानी भयो । बिहान ल्यान्डिङ्ग गर्दा हावाहुरीका कारण प्लेन हल्लियर समस्या परेको अनुभव सुनाउनुभयो । एयरपोर्टमा प्लेन बसाल्न अप्ठ्यारो परेका कारण झन्डै ओसाका जान लागेको अनुभव बताउनु भएको थियो । परिचय चिनाजानीसॅंगै फोटो खिच्ने काम पनि गर्यौ । त्यसो त विजय सरसँग भर्चुअल माध्यमबाट पहिलेनै चिरपरिचित थियौ । उहाँ आबद्ध संस्था न्यानोपनसँग काम गर्दा लामो समय कुराकानी र सरसल्लाह गरेका थियौ । कोरोना महामारीको बिचमा हेल्पिङ्ग ह्याण्ड जापान टिमसँग एउटा फेसबुक लाइव अनलाइन कार्यक्रम पनि  गरेका थियौ । युट्युबमा अहिले पनि हेर्न सकिन्छ।  त्यो कार्यक्रम गर्दा सरसँग जुम  भिडियोमा लामो समय कुरा भएको भन्दा प्रत्यक्ष भेट्दा अझै मज्जाको हुनुहुँदोरहेछ । संगै बसेर आकाशमा कुरा गर्दै फोटा खिच्दै यात्रा गर्दा खुब आनन्द आयो । क्या मज्जा आयो ।

अं साँच्चि प्लेनले ११:४२ तिर स्पोटबाट तोईंग भयो । स्पोट छोडेको थियो । कति बजे जमिन छोड्छ भनेर घडी हेरेर बसेको थिएँ । ११:४८ मा प्लेनले रन वे छोड्यो । पानी परेको र बादल लागेकाले आकाशबाट टोकियोको दृष्य देख्न पाइएन ।

१२ : १५ मा नै चिकन ,राइस, भेजिटेबल जुस कुनकुन केके लिनुहुन्छ भन्दै सोध्न आउनुभयो । त्यो हाम्रा लागि सेकेण्ड सर्बिस थियो । बच्चाका लागि पनि दुधको व्यवस्था  गरिदिनुभयो । १२ः५५ तिर पहिले अडर लगे अनुसार सबै रेडी बनाएर ल्याइदिनु भयो । अडरमा सोधिएको भन्दा बाहिर चुकन्दर काजु किसमिस त्यसैमाथि केक बिस्कुट, चिकन र फ्राई राइसलाई कति मिठो स्वाद थपेको थियो । प्लेट कप रुमालहरुमा नेपाल एयरलाइन्स लेखेको दृष्यले खानालाई हेर्दा थप आहा बनाएको थियो ।  खाना बिस्तारै नेपाली स्वादमा स्वाद मानीमानी समय लगाएरै खाना खाएँ ।

घडीमा जापानिज समय अनुसार १ बजेर ४० मिनेट गएको थियो  । पुन परिचालिकाले  चिया कफी ग्रिन टी के लिनुहुन्छ भन्दै मेरो सिट नजिकै आउनुभयो । मैले चाँही ग्रिन टी लिएँ ।
 
छोरी प्रिन्सु हाम्रै सिट अगाडि टाँगिएको बेबी बस्नेत्तोमा सजिलोसँग सुतेकी थिइन । उनी सुतेकाले हामीले आन्नदले खाना खान पायौं । सिटलाई बटम दबाएकै भरमा बिस्तारा बनाउन मिल्ने भएकाले म पनि त्यो सुविधा लिँदै सुतेँ।

खासै निन्द्रा नपरेकाले कुनै एउटा मूभि हेर्ने निधो गरेँ । सुतेरै हेर्न मिल्ने भएपछि रोजेर फिल्म र कमेडी हेरेँ तर टिकटक हेर्ने बानी भएर होला लामो समयको भिडियो हेर्ने बानी हराएछ जस्तो लाग्यो । त्यतिकैमा हेर्दाहेर्दै निदाएछु ।

३:१५ तिर बच्चालाई कुन खानाको कोर्ष भएकाले परिचालिकाले खुवाउने कि भन्दै सोध्न आउनुभयो ।

भात खुवाईको औपचारिकता टोकियोमै गरेको भएपनि संयोगबस ६ महिना पुरा पुगेको दिनको अवसर आजै परेकाले साँच्चै भात खान शुरु आकाशमै गर्ने आफ्नै देशको प्लेनमा गर्ने हुटहुटी चलेको थियो । छोरी भाग्यमानी भएर पनि होला । ६ महिना पुरा पुगेको दिन प्लेनमै नेपाल एयरलाइन्सबाट बच्चालाई दिइने लिटोबाट खाना खान शुरु गरिन् । त्यो कुरा पाइलट विजय लामाले भिडियो खिच्नु भएको थियो । सायद युट्युबमा देख्न पाइन्छ होला ।
क्याप्टेन लामाले नेपाल एइरलाइन्स यो जहाज हाम्रो देश हो । भन्दै गर्दा आकाशमै भए पनि आफ्नै देशमा भएको महशुस गरेँ । केही दिन पहिले नेपालमा प्लेनको समाचारको कुराले सबैको मनमा डरको काँडा गाडेको भए पनि पाइलट विजय लामालाई देखेपछि सबै निर्धक्क देखिन्थे । मलाई पनि यात्रा ढुक्क लागेको थियो । त्यसो त चालक दलका सबै जनाप्रति मेरो उत्तिकै सम्मान छ । सबै जना कति मिठो मित्रवत बोल्नु हुँदोरहेछ ।

बिचमा नागोयादेखि बालुवाटारको सिस्टर  ईसा केसीसँग परिचय भयो । उहाँहरु नागोयामा परिवारसॅंगै बिजनेस गर्नु हुन्छ । सायद सबैले चिन्ने बिजनेस म्यान हुनुहुन्छ । उहाँको हस्ब्यान्डको नाम के भन्नु भएको थियो कुन्नि बिर्सिएँ । दोहोर्याएर सोध्न अप्ठ्यारो लाग्यो ।

काठमाडौं पुगेर सिधै चितवन हान्निने निधो गरेकाले अनिदो भइएला भनेर जबरजस्त सुतेँ ।
 
जापानको समय अनुसार ४:४५ मा अर्को सर्बिसमन लागि परिचालिका आउनुभयो । चिया, कफी के लिनुहुन्छ ? भन्दै कति मिठो सौहार्दता कति मिठो बोली । आफ्नै दिदीबहिनीजस्ता । म्याडम खाना लिनुहुन्छ कि । छेउमै मेरी उनी थिइन । पुनः बच्चा खेलिरहेको छ है ।

पुमनः म एकै छिन पछि लिन्छु नानी सुताउछु अनि ।  तर मैले चाहीँ पालो दिनका लागि खाना शुरु गरिसकेको थिएँ ।

त्यतिन्जेल मैले भोजन सकिसकेको थिएँ । घडीमा जापानको समय थियो १७:१० । कतिबेला मातृभूमिको माटो छुन पाइएला भनेर प्लेनभन्दा अगाडि अगाडि मन उडिरहेको थियो । मैले पनि अब कति समय छ नि काठमाडौं पुग्न भनेर  बोल्ने न्यु पारेर सोधिहालेँ । अझै २ घण्टा बाँकी रहेछ । १७ः२५ मा रातो ड्रेसमा विजय सर निस्कनु भयो । फ्लाइटमा सायद पाइलटहरुले आलोपालो ड्रेस चेन्ज गरेर आराम गर्नु हुँदोरहेछ क्यारे । मनमा पाइलट र पाइलटका कामका कुरा सम्बन्धि धेरै जिज्ञासा थिए । तर जसलाई हेर्यो कि आराम गरेर सुतिरहनु भएका कि त ब्यस्त नै हुनुहुन्थ्यो । यसपाली भने विजय सरले भिडियो खिचिरहनु भएको थियो ।  खिच्दै पछाडि एकोनोमी क्लासतिर जानुभयो । सरका भिडियोहरु युट्युबमा धेरै नै हेरेको छु । सायद आज खिचेको पनि युट्युब कै लागि होला जस्तो लाग्यो । फर्केर आउँदा म र छोरीको बारेमा केही सोध्नुभयो । छोटो कुरा पछि सर खै सायद ककपिटतिर जानुभयो ।

१७:४६ मा पुनमका लागि थप सोधपुछ गर्न आउनु भएका स्टाफलाई केही जिज्ञासा राख्न भ्याएँ । योपाली जुस स्यान्डबिच जस्तै देखिने परिकार भित्र चाँही चिकिन र पिरो अचार स्वादिलो मिठो थियो । १८ः५० मा काठमाडौं नजिक आइपुगियो ।

त्यसको केहीबेरपछि  मिठो आवाजमा एनाउन्स भयो कि–नमस्कार नेपाल एयरलायन्समा तपाईलाई स्वागत छ ।

हामी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेका छौ । स्थानीय समय अनुसार दिनको ४ बजेर १० मिनेट गएको छ । र बाहिरको तापक्रम २६ डिग्री सेल्सियस छ । सिटको बेल्ट बाँध्ने बत्ती ननिभेसम्म र जहाज पुरा नरोकिएसम्म सिटमै बसिदिनुहोला । माथिको सामान कक्ष खोल्दा विशेष ध्यान पुर्याउनु हुन अनुरोध गर्दछौ । साथै विद्युतीय उपकरण प्रयोग गर्न सक्ने जानकारी गराउँछौं । विमानबाट प्रस्थान गर्नु अगाडि आफ्नो सम्पूर्ण सामानहरु......भएको सुनिस्थित गर्नुहोला । कप्तान एम डंगोल तथा अन्य उडान कर्मचारीहरु नेपाल वायु सेवाबाट यात्रा गरिदिनु भएकोमा धन्यवाद प्रकट गर्दछौ र भविष्यमा पनि सेवा गर्ने अपेक्षा राख्दछौ । नमस्ते ।
 
यो फ्लाइटमा एनाउन्स गर्ने परिचारिका थोरै चिल्लो काली अनुहार भएकी राम्री हुनुहुन्थ्यो । नेपाल वाबायुसेवाका बारेमा नेपालीले नेपालीमा नेपाली कै लागि सुनाएको यो माथिको भनाइ म पनि आफै प्रत्यक्ष सुन्दै  लुकी लुकी भिडियो गरिरहेको थिए । गल्ती भयो कि भन्ने लागेर कतै पोष्ट त गरेको छैन । तै पनि किन किन रेकर्ड गर्न मन लाग्यो । सायद नेपालीपनले मनदेखि नै हुटहुटी चलेको हुनुपर्छ । सधै अन्य भाषामा सुनिने त्यो भनाइ नेपालकै गौरव नेपाल एयरलाइन्सको जहाजमा सुन्न पाउँदा राष्ट्रियताले पनि मन मुटु भिजेको थियो ।

१९:१९ मा भुई टेकेको जहाज ओपन  स्पोटमा  १९ बजेर २९ मिनेटमा रोकिएको थियो । स्पोट नं ५ मा रोकिएको थियो ।

सबै यात्रु झरिसक्नु भयो तर मेरो मोबाइल सिट मुनि फसेकाले कुर्नु पर्यो । फुटरेस्टमुनिको  भुईमा बिछ्याइएको कार्पेटको पनि मुनिपट्टि पुगेकाले इन्जिनियरले पनि  सिट खोल्ने सामान ल्याउनु पर्ने भएकाले थोरै समय लाग्ने बताउनुभयो । १९ ः ५३ मा प्लेन बाट झरियो ।  नजिकै नेपालको सिमकार्ड बोक्नु भएकी बुटवलकी दिदीसँग फोन मागेर आमालाई फोन गरेँ । काठमाडौं आइपुगेको जानकारीसॅंगै बिहान देखेको सपनाको कोदोको रोटी र पुदिनाको अचार बनाएर राख्न भनेँ । भक्कानिएको आवाजमा ‘आजै आउ है छोरा घरमा’ भन्नुभयो , खुसीले आफ्नै आँखा रसाए फोन काटेँ ।

सेवा सुविधासहितको रमाइलो, आरामदायी यात्राका लागि नेपाल वायुसेवा निगमप्रति धन्यवाद दिन चाहन्छु ।
 
अन्य वायुवेवा निगमबाट यात्रा गर्दा भन्दा नेपाल वायुसेवाबाट यात्रा गर्दा मलाई धेरै नै आनन्द आयो । मैले सोचेको सुनेको भन्दा फरक पाएँ । राम्रो पाएँ । समग्रमा अर्थपूर्ण आरामदायी यात्रा थियो । कमीकमजोरीहरु हुन सक्छन् । केही कमेन्ट गर्नुपर्ने कुराहरु पनि थिए । तर ति कुराहरु म प्लेनभित्रै स्टाफलाई नै अझै यस्तो सुविधा थप्नुपर्छ भनेर सुनाएको थिएँ । हामी नेपालीहरुको कमजोरी सामाजिक संजालमा भाइरल हुन्छन् । तर राम्रा कुरा छायाँमा पर्छन् । त्यसैले मैले पनि जे भोगे त्यो सबै संक्षिप्तमा समय घण्टा मिनेटसंगै लेखेको छु ।

आफ्नो देश र राष्ट्रको कुनै पनि सेवा हामी आफै प्रवर्द्धन र सम्वर्द्धन गरेनौ भने कस्ले गर्छ ?
नारायण पोखरेल, टोकियो, जैसिथोक गुल्मी ।
 जय चन्द्र सुर्य

 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top