यसरी चम्किए बंगबन्धु ह्याट्रिकका नेपाली हिरो नवयुग


Wednesday, 20 Jan, 2016 8:36 AM

६,माघ ,काठमाडौं। नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान हो, जहाँ नेपालले पछिल्लो उपाधि ९सन् १९९३ छैटौं दक्षिण एसियाली महासंघीय खेलकुदको स्वर्णपदक जितेको थियो ।
त्यही मैदानमा नवयुग हिरो भएपछि नेपाली टिम आठौं दक्षिण एसियाली महासंघीय खेलकुदको फाइनल खेलेयता पहिलोपल्ट फाइनलमा पुगेको हो । त्यसबेला दशरथ रंगशालामा भएको सेमिफाइनलमा पनि नेपालले माल्दिभ्सलाई हराएको थियो । त्यसयता माल्दिभ्समाथि नेपालको पहिलो जित यही हो । नेपालले बंगबन्धु गोल्डकपको फाइनलमा शुक्रबार बहराइन यू–२३ सँग खेल्नेछ ।
२५ बर्षीय नवयुगले ३१ औं मनिेटमा गोल गर्दै माल्दिभ्सविरुद्ध खाता खोले । १४ भदौमा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका उनको यो पहिलो गोल हो । विशाल राईले ५३ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
विक्रम लामाको पास उपयोग गर्दै नवयुगले ६२ औं मिनेटमा गोल गरेर नेपाललाई ३–० ले अघि बढाए । उनको त्यो गोल स्तरीय थियो । उनले चार मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यसमा पनि उनलाई विक्रमले पास दिएका थिए ।माल्दिभ्सविरुद्ध नवयुगको ह्याट्रिक, नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा नवयुग ह्याट्रिक गर्ने पाँचौं नेपाली फुटबलर हुन् ।
यसअघि गणेश थापा दक्षिण एसियाली खेलकुद १९८७ भुटानविरुद्ध०, नरेश जोशी ९१९९९÷श्रीलंकाविरुद्ध, नीराजन रायमाझी विश्वकप छनोट २००२ रमकाउविरुद्ध भरत खवास एएफसी च्यालेन्ज कप छनोट २०११ नर्थर्न मारिया आइल्यान्डविरुद्ध ले एकै खेलमा तीन गोल गरेका थिए ।
पाँच फिट ६ इन्च अग्ला नवयुग छरिता फुटबलर हुन् । सानो जीउडालका भएकाले पनि उनी निक्कै फास्ट खेल्छन् । उनको स्कोरिङ पनि राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट उनले लोभलाग्दा गोल गर्ने गरेका छन् । राष्ट्रिय लिग २०६८ मा फरवार्डको भूमिका उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन् । उनले राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेका थिए ।
प्रशिक्षक ध्रुव केसीले उनलाई जगजित श्रेष्ठको स्थानमा विङ्सबाट खेलाउँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गराएका थिए । त्यसबेला नवयुगले भनेका थिए, ‘अब चाहि फरवार्डको भूमिकामा राष्ट्रिय टिमबाट खेल्न पाउने आस छ ।’
नेपालको गोलको खडेरी तोड्ने प्रयासमा बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनको खुबी पहिचान गर्दै फरवार्डको भूमिकामा खेलाइहाले । राम्रो प्रदर्शन गरेपनि उनले यसअघिका ६ खेलमा गोल भने गर्न सकेका थिएनन् ।
इलामस्थित मंगलबारेका नवयुगले पोखरा–बुटवलमा २०६८ मा भएको राष्ट्रिय लिगमा सर्बाधिक ७ गोल गरेका थिए । त्यसबेला उनी फरवार्डको भूमिकामा मात्र थिएनन्, आर्मीका प्रशिक्षक योगम्बर सुवालले अट्याकिङ मिडफिल्डरको रुपमा पनि प्रयोग गरेका थिए ।
मिडफिल्डमा पनि राम्रै प्रदर्शन गर्दै आएपनि उनी कहिल्यै राष्ट्रिय टिममा परेका थिएनन् । यसपाली राष्ट्रिय लिगमा गरिएको प्रदर्शनले उनलाई चर्चा दिलाउँदै राष्ट्रिय टिमसम्मै पुर्‍याएको हो । ‘उनमा गजबको स्कोरिङ क्षमता छ, जुन अहिलेका नेपाली फरवार्डमा कमै पाइन्छ,’ आर्मीका प्रशिक्षक मेघराज केसीले  बताए ।
नवयुगले राष्ट्रिय लिगमा पुलिसविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेका थिए । तीनै गोल आकर्षक थिए । पोखरामा चार वर्षअघि भएको राष्ट्रिय लिगमा संगम क्लबलाई ५–१ ले हराउँदा उनी एक्लैले चार गोल गरेका थिए । २०६८ को राष्ट्रिय लिगपछि उनको प्रदर्शन औसत रह्यो ।
उनको भूमिका पनि एउटै थिएन, कहिले अट्याकिङ मिडफिल्डर त कहिले फरवार्ड । दुई वर्षयता बल्ल उनले चर्चित् फरवार्ड भारत खवाससँगै आर्मीको अग्रपंक्तिमा खेल्ने अवसर पाएका हुन् । यसवीच उनी चर्चामा नरहेपनि मैदानमा छाइरहेकै थिए ।
प्रतिद्वन्द्वी डिफेन्समा रोहित चन्दलाई सबभन्दा कठिन मान्ने उनले दुई वर्षयता आर्मीसँगै गणेशमान गोल्डकप ९विराटनगर०, माइभ्याली ९इलाम०, सिमरा ९बारा० र पथरी गोल्डकप ९मोरङ० को उपाधि जितेका छन् ।
उनी सीमरा र पथरीमा सर्बोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । शिक्षकका छोरो नवयुगको फुटबल कौशल घरनजिकका सनराइज एकेडेमी र भानुभक्त उच्चमाविको मैदानबाट फैलिन थालेको थियो ।
राष्ट्रिय टिमबाट खेल्ने सपना
सानैदखि फरवार्डको भूमिकामा खेल्ने उनी २०६०–६१ को जिविस कपमा सहभागि हुन काठमाडौं आएका थिए । त्यसमा उनको टिम इलाम च्याम्पियन नै भयो । ‘त्यसैबेला खेलाडी बन्छु भन्ने लाग्यो,’ उनले भने, ‘एकचोटी न एकचोटी राष्ट्रिय टिमको जर्सी लगाउने सपना पाल्न थाले ।’
उनको खेल यू–१४ जिविस कप जितेपछि राम्रो हुन थालेको थियो । ‘इलाममै दुई साता ट्रेनिङ गरेपछि जिविस कप खेलेका थियौं । यसैले मेरो स्तर बढायो,’ उनले भने । स्थानीय त्रिवेणी युवा क्लबबाट भारतको सीमावर्ती मिरिक र दार्जिलिङमा खेल्दा टिमको सबभन्दा कान्छो खेलाडी उनी नै हुन्थे ।
झापाका फरवार्ड विशाल राई ‘ए’को खुबै प्रशंसा गर्ने उनी प्रवेशिका परीक्षापछि राजधानीको लिग खेल्ने धुनमा उनी क्लबहरु चहार्न थाले । उनले एपीएफमा ४५ दिन ट्रेनिङ गरे ।
‘सी’ डिभिजन खेल्न टोखा क्लबसँग पनि अभ्यास गरे । तर, उनी एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा आफैले भनेपछि ‘बी’ डिभिजन खेल्न पाउने आसमा टोखाबाट नखेल्दै हिमालयन शेर्पा क्लबमा पुगेका थिए ।
हिमालयन शेर्पा ‘बी’ डिभिजन लिग उपविजेता हुदै ‘ए’ डिभिजनमा उक्लियो तर नवयुगले त्यहाँ मैदानमा ओर्लने अवसर नै पाएनन् । उनले खेल्न पाउने आसमा सँधै बेन्चमा बिताए ।
त्यसबेला उनको खेल राम्रो स्तरको पनि थिएन । ‘मभन्दा राम्रा खेलाडीहरु टिममा थिए र उनीहरु खेलेकोमा नै चित्त बुझाउनुपथ्र्यो,’ उनले भने । ‘बी’ डिभिजन सकेपछि उनी घर फर्किए । उनी साथी सरोज श्रेष्ठसँगै नेपाली सेनामा भर्ती हुन धनकुटा पुगे । उनी पास भए, सरोज भएनन् ।
आर्मीमा बनेको करिअर
२०६५ सालमा भर्ती भएपछि दुई नम्बर बाहिनी हिलेमा सैन्य तालिम गर्दागर्दै नवयुगलाई पृतना ट्रफि खेल्न इटहरी पठाइयो । त्यसमा उनको टिम च्याम्पियन भयो । उनले राम्रो खेलेका थिए । त्यसबेला त्रिभुवन आर्मी क्लबले पनि राम्रो खेलाडी खोजीरहेको थियो । त्यसैले उनलाई सैन्य तालिमपछि सीधै क्लबमा काठमाडौं पठाइयो ।
उनी तत्कालीन प्रशिक्षक डम्बरसिंह गुरुङको नजरमा परिहाले । त्यही बेला मिडफिल्डर सन्तोष नेपाली शान्ति सेनामा बिदेश गएका थिए । त्यसैले उनले ‘प्लेइङ सेट’मै रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग २०६६–६७ मा डेब्यू गरे । उनको फुटबल करिअर त्यहीबाट उकालो लागेको हो । सन्तोष फर्केपछि अर्का मिडफिल्डर राजु तामाङ शान्ति सेनामासमावेश भए । त्यसैले नवयुगले निरन्तर पहिलो रोजाइमा मौका पाए । डम्बरसिंहपछि योगम्बर सुवाल हुदै अहिले मेघराज केसी आर्मीको मुख्य प्रशिक्षक छन् । नवयुग उनीहरु सबैको रोजाईमा परे ।
उनलाई राष्ट्रिय टिममा ध्रुव केसीले ‘ब्रेक’ दिए । त्यसपछि प्याट्रिक ओसेम्सले पहिलो रोजाईमा राखे । र, अहिले बालगोपाल महर्जनको पनि भरपर्दा फरवार्ड बने । यही क्रममा पाएका अवसरलाई सही सावित गर्दै उनले ढाकामा ह्याट्रिक गरेका हुन् । कान्तिपुर दैनिकबाट


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top