तरकारीको होइन युवतीको हाटबजार, रकम तिर्नुस् दुलही बनाएर भर्जिन युवती लैजानुस्


Tuesday, 18 Jul, 2017 9:38 AM
संसारका कतिपय स्थानमा यस्ता बजार पनि छन्, जुन अलग विशेषताका कारण चिनिएका छन् । तर, के तपाईले कहिल्यै ब्राइड मार्केका बारेमा सुन्नु वा पढ्नु भएको छ ? जहाँ नवविवाहिता दुलही विक्रीका लागि राखिन्छ र यो बजारमा दुलही विक्री हुन्छन् । 
हो, बुल्गेरियामा स्टारा जागोर नामक स्थानमा हरेक तीन वर्षमा एकपटक बेहुलीको व्यापार हुने गर्दछ । यहाँ आएर बेहुलाले आफूलाई मन परेको बेहुली किनेर उसलाई आफ्नो श्रीमती बनाउन सक्दछ । यो मेला यस्ता गरिब परिवारले लगाउँछन्, जसको आर्थिक अवस्था नाजुक हुन्छ र छोरीको विवाहको खर्च धान्ने अवस्था हुँदैन । 



यो बजारमा भर्जिन टिनएजर्स किशोरीको सबैभन्दा बढी माग रहन्छ । यो ब्राइड मार्केटमा युवाहरु खुलेआम एकसे एक युवतीहरुसँग समय बिताउँछन्, जबसम्म उनीहरु कुनै युवतीको सुन्दरता र खुबीबाट प्रभावित भएर आफ्नो बेहुली बनाउँदैनन् । 
यो ब्राइड मार्केटमा विवाहका लागि ल्याइने युवतीहरुलाई बेहुलीको पहिरनमा सजाएर ल्याइन्छ । आफूप्रति युवक आकर्षित गर्न युवतीहरु भड्किलो पहिरन र मेकअप गरेर पुग्छन् । यहाँ विक्री हुने बेहुलीमा करिब करिब सबै उमेरका युवती र महिला सामेल हुन्छन् । तर, अधिकांश टिनएजर्स युवतीको संख्या हुने गर्दछ ।


बेहुली किन्नका लागि युवकहरुका साथमा परिवारजन पनि सँगै यो बजार पुग्छन् । यो बजारमा केटालाई पहिला आफूलाई मन परेको केटी रोज्ने अवसर दिइन्छ । केटी मन परेपछि उनलाई श्रीमती स्वीकार गरिन्छ र युवतीका परिवारलाई रकम दिइन्छ ।



यो बजारमा पछिल्लो केही समयदेखि टीनएजर युवतीलाई दुलही बनाउनका लागि मानिसहरु बढी रुची देखाउन थालेका छन । यसका पछाडिको कारण कुमारीत्व भएको विश्वास गरिएको छ । यहाँ ल्याइने युवतीको मुल्य दुई लाखदेखि ५ लाखसम्म हुन्छ । यदि कुनै युवतीका लागि एकभन्दा बढी युवकले माग गरे उक्त युवतीको मूल्य पनि स्वतः बढ्ने गर्दछ । 



बेहुली किन्ने चलन गरिब परिवारमा कयौ पुस्तादेखि चलिआएको छ । यसमा कानुनी रोक पनि छैन । गर्मी होस वा जाडो बुल्गेरियाको स्टारा जागोरमा यो बजार लाग्ने गर्दछ ।

यो उत्सव पहिला हाइस्कुल डान्स जसरी सुरु हुन्छ, जहाँ युवायुवती अलग अलग समूह बनाएर डान्स गर्दछन् । त्यसपछि उनीहरु औपचारिक रुपमा हात मिलाउँछन् । यसक्रममा अभिभावक यो ब्याकग्राण्डबाट टाढै रहन्छन्, जहाँ यो आयोजना गरिन्छ । यसपछि स्टेज तयार गरिन्छ, जहाँ दुलही बनेकी युवतीलाई उभ्याइन्छ । त्यहाँ उभ्याइएका युवतीहरुलाई भिडमा रहेका युवकले चुन्छन् । 


यो मेला बुल्गेरियाको कलाइदझी समुदायले  लगाउने गर्दछन् । यही समुदायले बाहेक यहाँ अरुले बेहुली खरिद गर्न भने पाउँदैन । बजारमा त्यही परिवार हुन्छ, जो आफ्नो छोरीको विवाह गर्न आर्थिक रुपमा असक्षम हुन्छ ।



बजारमा युवतीहरु एक्लै आउँदैनन् । उनीहरुका परिवारका कुनै न कुनै सदस्य अवश्य हुन्छन् । नेपाल, भारत लगायतका मुलुकमा केटा पक्षले दाइजो लिने गर्दछन्, तर, यहाँको चलन त्यसको ठिक विपरीत छ । यहाँ केटा पक्षले केटी पक्षलाई रकम दिनुपर्ने हुन्छ । बजारमा केटाले मन पराएको केटीलाई परिवारले पनि बुहारी मान्नैपर्ने हुन्छ । यो नियमको पालना निकै कडाईपूर्वक हुने गर्दछ । एजेन्सी


 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top