norvic
global ime bank
अस्वीकार

छलफल सुरु

पालिका अधिवेशन

सुनुवाइ हुँदै

global ime

fonepay

https://www.prabhubank.com/

अर्थ

सुनको मूल्य घट्यो, चाँदीको कति ?

८ असोज, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ ।  तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज
विस्तृतमा पढ्नुस् »

कोविड १९ विशेष

​थप १४७६ जनामा कोरोना संक्रमण पुष्टि

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार ५५० संक्रमित निको भएका छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको

​१ हजार २३९ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

७ असोज, काठमाडौं । बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् । हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त

​उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा

समाचार

८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको गौशाला तिलगंगा एरियाबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना युवक पक्राउ परेका छन् । ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) सहित ललितपुर, ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय

​दशैँमा घर जान खुलेको अग्रिम टिकट बुकिङ गर्न के गर्ने ?

८ असोज, काठमाडौं । सरकारले आगामी सोमबारबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । यससँगै दशैँका लागि उपत्यकाबाहिर जानेहरूले सम्बन्धित बसपार्क तथा टिकट काउन्टरमा भौतिक रुपमा वा अनलाईनबाटै पनि टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवस्था विभागले चाडपर्व लक्षित दशैँ तिहार र छठका लागि यातायात सहजिकरण सम्बन्धि सूचना जारी गरेको छ । –यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशाक्य अनलाईन बुकिङ गराउनुपर्नेछ । जसअन्तर्गत व्यवसायीले छुट र सहुलियत

​ठमेलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला

८ असोज, काठमाडौं ।  ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएका जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेको खुलेको छ ।  ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए । उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको

अन्तरवार्ता

यति बेला संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो यति बेला संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो
कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन्।  महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ। सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले समर्थन गरेका छन्। बाध्यात्मक यस लकडाउनका कारण समग्र आर्थिक गतिविधि र खासगरी ज्यालादारी, श्रमिक र गरिखाने वर्ग समस्यामा परेको छ। 

jme remit

dishhome

classictech

मनोरन्जन

​हेलिकोप्टरबाट ओर्लिएपछि इन्दिरा जोशीलाई प्रेमीको विवाह प्रस्ताव

८ असोज, काठमाडौं ।  गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।  इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी
विस्तृतमा पढ्नुस् »

थप समाचार

रमाइलो पेज

छट्टु बच्चा र घन्टी

काठमाडौं । (एउटा बच्चा धेरैबेर देखि एउटा ढोका बाहिरको घण्टीको बटन थिच्ने कोसिस गर्दै थियो तर सकि रहेको थिएन, एउटा बूढो मान्छे त्यो देखेर बच्चाको अगाडी आएर सोधेछ )

शेरे र थर्मस

(एक दिन शेरे घुम्नको  लागि बजार गएछ । बजारम हिन्दै गर्दा उसको आँखा थर्मसमा पुगेछ । उ त्यो थमर्स देखेर अचम्म मान्दै पसले साहु नजिक पुगेछ अनि उसले सोधेछ ) शेरेः साहुजी त्यो के हो ? साहुजिः त्यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ , चिसो चिज राखे चिसै रहन्छ ।

स्वास्थ्य / जीवनशैली

​सुख्खा नरिवल खाँदा महिलालाई यति धेरै फाइदा

काठमाडौं । नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल, जटा भएको नरिवल र सुख्खा नरिवल । विभिन्न प्रकारका नरिवल स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक मानिन्छ । नरिवल स्वादिष्ट हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । त्यसैले धेरै मानिसहरुले यसलाई आफ्नो खानामा समावेश गर्छन् । नरिवलको सेवन सबै उमेरका मानिसहरुका लागि आवश्यक हुन्छ । विशेषगरी महिलाले सुख्खा नरिवल किन खानुपर्छ भनेर यहाँ जानकारी दिइँदैछ 
विस्तृतमा पढ्नुस् »

खेल

आईपीएलमा आज बैंगलोर र चेन्नईबीच प्रतिस्पर्धा हुने

८ असोज, दुबई । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज रोयल च्यालेन्जर बैंगलोर र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको सारजाहा क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ८ बजेबाट खेल सुरु हुनेछ । गएराति भएको खेलमा भने कोलकोत्ताले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र कोलकाताबीच प्रतिस्पर्धा हुने

७ असोज, दुबई । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको शेख जायद अन्तर्राष्ट्रिय खेल मैदान मा नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट खेल सुरु हुनेछ । गएराति भएको खेलमा भने दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

विज्ञान/प्रविधि

​सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई यसरी नियन्त्रण गर्नुहोस्

८ असोज, काठमाडौं । जसरी सामाजिक सञ्जालको प्रयोग तिव्र रुपमा फैलिरहेको छ यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालकै प्रयोगबाट कतिपय अपराध हुदैँ आएका छन् । यस्तोमा सबैले समयमै सचेत र सामाजिक सञ्जालको प्रयोग बारे जानकार हुन आवश्यक छ ।सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय छ । तर यसको सबैभन्दा ठुलो नकारात्मक पाटो भनेको यसमा गरीने खराब कमेन्टहरु हुन् ।जसका कारण पोष्ट गर्ने व्यक्ति निकै तनावमा पर्ने 

​गुगल सर्चलाई एप्पल डिभाइसमा राख्न गुगलले एप्पललाई दिनेछ १७ खर्ब

एजेन्सी । गुगल सर्चलाई एप्पल डिभाइसमा राख्नका लागि गुगलले खर्बौं रुपैयाँ दिने गरेकोबारे थाहा छ ? हरेक वर्ष सम्झौता अनुरुप गुगलले एप्पललाई पैसा दिन्छ । यसपटक पनि यस्तै हुँदैछ ।  बर्नस्टीनका एनालिस्टलाई उद्धृत गर्दै दिइएको खबरमा गुगलले सन् २०२१ का लागि एप्पललाई १५ बिलियन डलर (१७ खर्ब रुपैयाँ) दिने भएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यो १० बिलियन डलर थियो । अर्थात् अब ५ बिलियन डलर वृद्धि भएको छ ।  गुगलले एप्पललाई किन दिन्छ 

इन्टरनेट प्रयोग गर्दा डाटा चोरीने डर, यसरी हुन सकिन्छ सुरक्षित

काठमाडौं । इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना मानिसको दैनिकीमा नै प्रभाव पार्न थालेको छ । आजको समयमा इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । विश्वमा साइबर सुरक्षालाई लिएर विभिन्न नीति बनाइएका छन् । हामीले प्रयोग गर्ने मोबाइल तथा ग्याजेटबाट डाटा चोरी हुने सम्भावना हुन्छ । यस्ता चुनौतीलाई हामीले सामना भने गर्न सकिन्छ । तपाईं अनलाइन आउँदा, मोबाइल प्रयोग गर्दा, तस्वीरहरु खिच्दा, कुनै चीज सर्च गर्दा पनि डाटा चोरी भइरहेको हुनसक्छ ।त्यसैले गुगल या अन्य ब्राउजरमा केही खोजी गर्दै हुनुहुन्छ भने सुरक्षित रहन पनि सकिन्छ । डाटा चोरी हुन नदिनबाट कसरी जोगिने ?ब्राउजिङ

क्या अचम्म !

कोरोनाबाट बच्न भन्दै विषालु सर्प खाएपछि.............

एजेन्सी । कोरोनाको संक्रमणबाट बच्न मानिस मास्क, स्यानिटाइजर प्रयोग गरीरहेका छन् । तातो र झोलीलो पोषणयुक्त खानेकुरा खाने र रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय अपनाउँदै आएका छन् । तर भारतका एक व्यक्ति भने अनौठो हर्कतबाट चर्चामा आएका छन् । भारत तमिलनाडुको मदुरै जिल्ला निवासी एक व्यक्तिले कोरोनाबाट बच्न सबै हद पार गरेका छन् । ५० बर्षिय वादिवेलु पेशाले किसान हुन् । उनी बिषालु सर्प खाएमा कोरोना संक्रमणबा

​एउटा स्याउ बराबर तौल भएकी ‘विश्वकै सानो’ शिशु १३ महिनापछि घर फर्किइन्

एजेन्सि । जन्मिँदा विश्वकै सानो भनिएकी एक शिशु १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि घर फर्किएकी छन् । क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् । उनको उचाइ मात्र २४ सेन्टिमिटर थियो । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो । टाइनिएस्ट बेबी रजिस्ट्रीअनुसार यसअघि सन् २०१८ मा अमेरिकामा २४५ ग्राम तौल भएकी शिशुको जन्म भएको थियो । आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट

​श्रीमतीलाई बिना मेकअप देखेपछि बिहेको भोलीपल्ट श्रीमानले दिए उजुरी....

एजेन्सी । विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घटना हो अल्जेरियाको एक युवले बिहे त गरे तर उनले नसोचेको घटना भयो ।बिहेको भोलिपल्ट उनको लागि कालो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलिपल्ट भने रुप नै फेरीएको देखे । एक्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पत्नी

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

प्रवास

​मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो

७ असोज, काठमाडौं । नेपालीमाथि मलेसियाले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो । अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् । मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले 

विजयमान सिंहको अध्यक्ष्तामा नेवाः गुठी न्यूयोर्कको नयाँ कार्यसमिति निर्वाचित

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ । न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा  भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो । नयाँ कार्यसमितिमा राजेन्द्र महर्जन बरिष्ठ उपाध्यक्ष, राजन कर्माचार्य उपाध्यक्ष र सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ ।

निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग

२९ भदौ, बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।   जर्मनीस्थित रासस प्रतिनिधि दीपक धितालसँग कुराकानी  गर्दै  उहाँले  वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिनुभयो ।  

अन्तर्राष्ट्रिय

अमेरिकाका उपराष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

८ असोज, न्युयोर्क । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो ।

आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने चीनको घोषणा

७ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

वायु प्रदुषण खतरनाक बन्दै गएको डब्लुएचओको चेतावनी

७ असोज, न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको   तथ्याङ्क सार्वजनिक गरेको छ ।

इतिहास /अध्यात्म

पुग्नैपर्ने पर्वतः आकाशमा उड्नेदेखि पानीमा गुड्नेसम्म

पर्वत ।
नेपालको चौंथो सानो जिल्ला भइकन पनि पर्वत पर्यटकका लागि उपार छ। पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रूपमा चिनिन्छ। उचाईका हिसावले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ।

यी हुन् गुल्मीका घुम्नै पर्ने ठाउँहरू

संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिन्छ । सामरिक महत्व बोकेको हालको गुल्मी जिल्लामा लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । गुल्मी जिल्ला नेपालको पर्यटकीय क्षेत्रको रूपमा अत्यन्त्यै सम्भावना बोकेको जिल्ला हो ।

सुन्दर सुदुरका सानहरू

३ माघ, काठमाडौँ ।
पर्यटनका हिसाबले सुदूरका जिल्लामा थुप्रै धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन्। शुक्लाफाँटा र खप्तड पर्यटकहरूको रोजाईमा पर्न थालेको छ। अपि बेस क्याम्प, बडिमालिका र रामारोशन पनि उत्तिकै मनमोहक छ। कलकल बग्ने कर्णाली , महाकाली नदि , घोडा घोडी ताल , सुर्मा ताल र विभिन्न झरनाहरु सुदुरका सानहरू हुन् ।

हामी

सूचना विभाग दर्ता नं. ३४१/०७३–०७४

सम्पादक : विष्णु पोखरेल
डेस्क : डिबि निर्दोष, पुजा पराजुली ,  तुलसी बोगटी
संवाददाता : मोहन बेल्वासे, रामचन्द्र पोखरेल, कुमार गौतम, दिपक लामा 
प्रदेश १ संयोजक : कमल भट्टराई 
प्रदेश २ संयोजक :  राकेश यादव 
प्रदेश ४ संयोजक : सृजना पन्थी 
प्रदेश ५ संयोजक : जफर अली
प्रदेश ६ संयोजक : रामचन्द्र न्यौपाने
प्रदेश ७ : टेक सोडारी 
हुमाकान्त पोखरेल (गुल्मी )लक्ष्मी प्रसाद पौडेल (अमेरिका)  पूर्णिमा न्यौपाने (कतार) 
क्यामेरापर्सन : विजय भण्डारी 
मार्केटिङ म्यानेजर : शारदा पौड्याल (९८६१८१८८९९)
कर्पोरेट कार्यालय : तीनकुने काठमाडौ । 
सम्पर्क : ०१५१९२०३२,९८५११९४८७०
ईमेल : [email protected]
             [email protected]
Top